दुई कृतिमाथि विमर्श
साहित्यकार वनमाली निराकारका दुई कृतिमाथि धवल पुस्तकालय पाल्पा तानसेनमा छलफल गरिएको छ । साहित्यकार निराकारले लेख्नुभएको लघुकथा सङ्ग्रह ‘नयाँ सालिकको जन्म’ र कविता सङ्ग्रह ‘मान्छेका रङहरू’ माथि विमर्श गरिएको हो । कार्यक्रममा साहित्यकार रुद्र ज्ञवालीले वनमाली निराकार कथाकारका रूपमा सुपरिचित नाम भएको बताउनुभयो ।
बुटवलमा श्रमाधान रोजगार मेलाको तयारी
बुटवलमा दुई दिन श्रमाधान रोजगार मेला हुने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय लुम्बिनी प्रदेश, श्रम तथा रोजगार कार्यालय बुटवल र बुटवल उपमहानगरपालिकाको संयुक्त आयोजनामा मेला हुन लागेको हो ।
लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम सार्वजनिक
लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०८१-०८२ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।
पाल्पाका स्थानीय तहलाई चार अर्ब ५७ करोड बजेट
पाल्पाका १० स्थानीय तहलाई सङ्घीय सरकारले चार अर्ब ५७ करोड बढी बजेट विनियोजन गरेको छ । आगामी आर्थिक वर्ष २०८१/८२ का लागि दुई नगरपालिकालाई एक अर्ब ४८ करोड ७३ हजार र आठ गाउँपालिकालाई तीन अर्ब नौ करोड १२ लाख गरी चार अर्ब ५७ करोड ८५ लाख विनियोजन भएको हो ।
सुन्तला बगैँचामा औँसा किराको प्रकोप
गुल्मीका किसानको सुन्तला बगैँचामा औँसा किराको प्रकोप देखिएको छ । आफूहरूले लगाएको सुन्तला बगैँचामा औँसा किराको प्रकोप देखा परेपछि भाडगाउँका किसान चिन्तित बनेका छन् ।
आत्मनिर्भर बनाउन प्रविधिसहितको तालिम
बाँकेका विभिन्न पालिकाका महिलाहरु तथा बेरोजगार युवाहरुलाई आत्मनिर्भर बनाउनका लागि सिप प्रदान गर्ने उद्देश्यले प्रविधिसहितको विभिन्न तालिम सञ्चालन गरिएको छ ।
चोयामा सीप भरेर आत्मनिर्भर बनेका घोराहीका ढाटु चौधरी
घोराही उपमहानगरपालिका-७ सौडियारका ढाटु चौधरी बाँसका चोयाबाट विभिन्न सामाग्री बुनेर स्वरोजगार बन्नुभएको छ । बुबा-बाजेबाट सिकेको सीपबाट बाँसका सामग्री बनाएर जीवीको चलाउन सहज भएको उहाँले बताउनुभयो ।
आयुर्वेद उपचार सेवा लिने सेवाग्राही बढे
कपिलवस्तुको विजयनगर गाउँपालिकामा रहेको गणेशपुर आयुर्वेद औषधालयमा स्वास्थ्य सेवा लिनेको सङ्ख्या बढेको छ । गाउँपालिकाको वडा ७ प्रसोहियामा रहेको औषधालयमा कृष्णनगर र भारतबाट स्वास्थ्य सेवा लिन आएपछि सेवा लिनेको सङ्ख्यामा वृद्धि भएको हो ।
स्मार्ट कृषि भिलेजले दिएको ज्ञानले आत्मनिर्भर बनेका किसान
आर्थिक वर्ष २०७५/०७६ तिर बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नं. ७ लाई लुम्बिनी प्रदेश सरकारले स्मार्ट कृषि भिलेज कार्यक्रम सञ्चालन गर्नका लागि स्थान छनोट गर्यो ।
गुल्मीमा जिप दुर्घटना : एक जनाको मृत्यु, सात घाइते
गुल्मीमा जिप दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने सातजना घाइते भएका छन् । मृत्यु हुनेमा सत्यवती गाउँपालिका वडानम्बर–८ भार्से निवासी ३२ वर्षीया कमला बुढाथोकी रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डिएसपी) शंकर पोखरेलले जानकारी दिनुभयो ।
गुल्मीका स्थानीय तहलाई साढे चार अर्बभन्दा बढी बजेट
गुल्मीका स्थानीय तहलाई साढे चार अर्बभन्दा बढी रुपियाँ बजेट विनियोजन भएको छ । अर्थ मन्त्रालयले सार्वजनिक गरेको अन्तर सरकारी वित्तीय हस्तान्तरण विवरण अनुसार आगामी आर्थिक वर्ष २०८१/०८२ मा यस जिल्लाका स्थानीय तहले चार अर्ब ७० करोड २७ लाख रुपियाँ बजेट विनियोजन भएको हो ।
तीन दिनदेखि विद्युत सेवा अवरुद्ध हुँदा प्युठानको जनजीवन प्रभावित
तीन दिनदेखि प्युठानमा विद्युत अवरुद्ध हुँदा जनजीवन प्रभावित भएको छ । लमहीबाट झिम्रुक पावर हाउस आउने १३२ केभीको लाइन दाङको अर्जुनखोलाबाट उत्तरतर्फको भित्री घना जङ्गल चक्लिघाट भन्ने स्थानको भिरमा मुख्य लाइनको एउटा फेज तार जेठ १९ गते राति आएको हावाहुरीका कारण तार चुडिएपछि विद्युत् सेवा अवरुद्ध भएको हो
प्रतिनिधि सभा बैठक (प्रत्यक्ष प्रसारण)
ङ्घीय संसदअन्तर्गतको प्रतिनिधि सभा बैठक सुरु भएको छ । सोमबार बिहान ११ बजेबाट सुरु भएको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको संविधानको धारा ५३ बमोजिमको “नेपाल सरकारको वार्षिक प्रतिवेदन, आ.व. २०७९/८०” पेश गर्नुहुने कार्यक्रम रहेको छ ।
सुनसान गुल्मीकोे ट्रि–हाउस
पर्यटकीय रुपमा विकास गर्ने उद्देश्यले निर्माण गरिएको ट्रि–हाउस सुरुमा चर्चामा रहे पनि अहिले सुनसान बन्न थालेको छ ।
सिद्धार्थ राजमार्ग निर्माणमा ढिलाइ
सिद्धार्थ राजमार्गको चौडा गरिएको क्षेत्रको निर्माणमा ढिलाइ भएको छ । गत वर्षदेखि नै सडक निर्माणको काम सुरु भए पनि निर्माण व्यवसायीका कारण सडक निर्माणमा ढिलाइ भएको छ । सडक समयमै बन्न नसक्दा दुर्घटना हुने जोखिम बढेको छ ।
रामसीता मन्दिरलाई ब्रदर्स कपको उपाधि
प्रथम ब्रदर्स कपको उपाधि रामसीता मन्दिरले उचालेको छ । ब्रदर्स युथ सोसाइटी क्लब तम्घासको आयोजनामा सञ्चालित प्रथम ब्रदर्स कप राष्ट्रियस्तरको खुल्ला पुरुष फूटबल प्रतियोगितामा उपाधि प्राप्तिका लागि कोब्रा ग्रूप तम्घास र रामसीता मन्दिर गौंडाकोटबीच प्रतिस्पर्धा भएको हो ।
पाल्पाका स्थानीय तहलाई चार अर्ब ५७ करोड बजेट
आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि पाल्पाका दश स्थानीय तहहरूका लागि एक अर्ब ९८ लाख र शसर्त अनुदानतर्फ तीन अर्ब ३९ करोड ८२ लाख, विशेष अनुदानतर्फ सात करोड ८५ लाख र समपुरक अनुदानतर्फ नौ करोड २० लाख रुपियाँ विनियोजन गरिएको छ ।
एफसी संघारी र न्यू दर्पण सेमिफाइनलमा प्रवेश
एफसी संघारी नेपालगन्ज र न्यू दर्पण युवा स्पोर्ट्स क्लब खजुरा बाँके जिल्ला व्यापी नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् ।
लोकतान्त्रिक आदिवासी जनजाति महासंघ लुम्बिनी प्रदेश गठन
लुम्बिनी प्रदेश सभा सदस्य माया पुनको अध्यक्षतामा नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघ लुम्बिनी प्रदेश गठन गरिएको छ ।
करिब तीन लाख क्युफिट काठ कटान हुने
दाङमा यस वर्ष करिब तीन लाख क्युफिट काठ कटान हुने भएको छ । डिभिजन वन कार्यालय घोराही र लमही अन्तर्गत जिल्लाका ८२ वटा सामुदायिक वन समूहबाट यस वर्ष करिब दुई लाख ९४ हजार दुई सय क्युफिट काठ कटान गरी सङ्कलन गरिने भएको छ । वन संवर्धन प्रणालीमा आधारित दिगो वन व्यवस्थापन कार्यक्रम अन्तर्गत डिभिजन वन कार्यालय घोराही अन्तर्गत पर्ने ३६३ सामुदायिक वनमध्ये १९ वटा सामुदायिक वनबाट करिब एक लाख ५० हजार क्युफिट काठ र चार सय चट्टा दाउरा कटानका लागि सामुदायिक वन उपभोक्ता समूहले कटान गर्न आदेश लिएको डिभिजन वन कार्यालय घोराहीका वरिष्ठ वन अधिकृत मदन सापकोटाले जानकारी दिनुभयो ।
आज लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम सार्वजनिक हुँदै
लुम्बिनी प्रदेशको आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि नीति तथा कार्यक्रम आज प्रदेशसभामा प्रस्तुत हुने भएको छ । लुम्बिनी प्रदेशसभा सचिव दुर्लभकुमार पुनका अनुसार प्रदेश प्रमुख अमिक शेरचनले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम तय भएको छ ।
लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्षद्वारा शपथ
लुम्बिनी प्रदेश योजना आयोगको उपाध्यक्षमा सरोज खनालले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । आज मुख्यमन्त्री जोखबहादुर महराले शपथ गराउनुभएको हो ।
एकसय २६ ले लिनुभयो निःशुल्क स्वास्थ्य परीक्षण
तानसेन नगरपालिका–४ को आयोजनामा भएको निःशुल्क स्वास्थ्य परीक्षण शिविरमा १२६ जनाले सेवा लिएका छन् ।
पर्यटन प्रवर्द्धनका लागि दाङमा चलचित्र बहस
चलचित्र पत्रकार सङ्घ दाङले पश्चिम दाङको शान्तिनगर-३ सुकेकोटमा शनिबार ‘पर्यटन प्रवर्द्धनका लागि चलचित्र बहस’ गरेको छ ।