• २५ माघ २०८१, शुक्रबार

डोल्पामा ८९ प्रतिशतले लगाए एचपिभी खोप

blog

पहलमान घर्ती
रोल्पा, माघ २५ ।
रोल्पामा पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप ८९ दशमलव ४३ प्रतिशतले लगाएको स्वास्थ्य कार्यालय रोल्पाले जनाएको छ । रोल्पाका सबै स्थानीय तहमा खोप अभियान सञ्चालन भइरहेको छ ।

जसमध्ये थबाङ गाउँपालिकामा ९८ प्रतिशत, परिवर्तन गाउँपालिकामा ८६ दशमलव २६ प्रतिशत, गंगादेव गाउँपालिकामा ९३ दशमलव १६ प्रतिशत, माडी गाउँपालिकामा ९१ दशमलव ०७ प्रतिशत, त्रिवेणी गाउँपालिकामा ९३ दशमलव ६९ प्रतिशतले खोप लगाएका छन् ।

यस्तै रुन्टीगढी गाउँपालिकामा ९५ दशमलव ५७ प्रतिशत, रोल्पा नगरपालिकामा ९४ दशमलप ५५ प्रतिशत, सुनिलस्मृति गाउँपालिकामा ७५ दशमलव ५५ प्रतिशत र लुंग्री गाउँपालिकामा ८२ दशमलव २१ प्रतिशतले खोप लगाएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

रोल्पामा माघ २८ गतेसम्म खोप अभियान सञ्चालन हुने जनाइएको छ । जिल्लामा १३ हजार चार जना विद्यालयमा अध्ययनरत र विद्यालय नजाने किशोरीहरुले खोप लगाउने योजना रहेको छ ।

माघ २२ गते पाँच हजार दुई सय २०, २३ गते तीन हजार चार सय ६२ र २४ गते दुई हजार नौ सय ४८ जनालाई खोप लगाईएको स्वास्थ्य कार्यालय रोल्पाका फोकल पर्सन माधव रावतले जानकारी दिनुभयो ।