• २५ माघ २०८१, शुक्रबार

करेन्ट लागेर विद्युत् कर्मचारीको मृत्यु

blog

बोमलाल गिरी

नवलपुर, माघ २५ गते । विद्युत् लाइन मर्मतका क्रममा करेन्ट लागेर नवलपुरको गैँडाकोटमा विद्युत् कर्मचारीको मृत्यु छ । 

पोलमा चढेर विद्युत् मर्मत गर्ने क्रममा जाजरकोटको भेरी नगरपालिका घर भएका ३३ वर्षीय आर्यनसिंह ठकुरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक जेसी शाहले जानकारी दिनुभयो । गैँडाकोट नगरपालिका वडा नं. ५ कालिका चोकमा पुरानो पोलबाट नयाँ पोलमा बिजुलीको लाइन सार्ने क्रममा बिहीबार बेलुकी साढे ६ बजे ठकुरीलाई करेन्ट लागेको शाहले जानकारी दिनुभयो ।

एक्कासि करेन्ट लागेपछि उहाँको पोलमै मृत्यु भएको थियो । पोलमा झुन्डिएको अवस्थाको प्रहरीको सहयोगमा शव तल झारिएको थियो ।