सामाजिक सञ्जाल मर्यादित भए अपराध कम हुन्छ : महासचिव पोखरेल
नेपका (एमाले) का महासचिव शङ्कर पोखरेलले सामाजिक सञ्जालमा तथ्य र सत्यका पक्षमा लेख्न आग्रह गर्नुभएको छ । उहाँले बुधबार सामाजिक सञ्जालमार्फत सो आग्रह गर्नुभएको हो ।
बाँकेका तीन पालिकामा १४औं पटक हात्तीपाइले रोगविरुद्धको औषधी खुवाइने
बाँकेका तीन पालिकामा १३ पटकसम्म लगातार औषधी खुवाउँदा पनि हात्तीपाइले रोगका संक्रमित भेटिएपछि १४ औं पटक औषधी खुवाउने अभियान सुरु गर्न लागिएको छ।
अपाङ्गता भएकालाई सहायता सामग्री
पूर्ण अपाङ्गता भएका नागरिकलाई सहायता सामग्री प्रदान गरिएको छ ।
छ महिनामा ४७२ उजुरी
बाँके, बर्दिया, दाङ र रोल्पा गरेर चार जिल्ला हेर्ने गरी नेपालगन्जमा स्थापना गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सम्पर्क कार्यालयमा छ महिनामा ४७२ वटा अनियमितताका उजुरी परेका छन् ।
लुम्बिनी प्रादेशिक अस्पतालमा फार्मेसी सेवा विस्तार
लुम्बिनी प्रादेशिक अस्पताल बुटवलले स्वास्थ्य बिमा कार्यक्रम अन्तर्गत उपचार गराउन आउने सेवाग्राहीका लागि छुट्टै फार्मेसी कक्ष स्थापना गरेको छ ।
सिक्टा नहर
बाँके, माघ ३० गते । राप्तिसोनारी गाउँपालिका ३ बैसाको सिक्टा नहर अन्तर्गत पूर्वी नहरमा बगेको पानी । ५३ किलोमिटर लम्बाइ भएको पूर्वी नहरको पानीले यो क्षेत्रमा नौ हजार हेक्टर जमिन सिँचाइ गर्दछ । तस्बिरः रासस
आहारा खाेज्दै हुटिट्याउँ
दाङको घोराही उपमहानगरपालिका १६ स्थित मघै गाउँको खेतमा आहारा कुरेर बसेको हुटिट्याउँ चरा ।
गाउँबाट लोप हुँदै देशबन्ध्या गुरुवा
‘देशबन्ध्या गुरुवा’ भन्ने शब्द धेरैलाई अपरिचित लाग्न सक्छ । यो शब्द थारु समुदायमा प्रचलित शब्द हो । थारु गाउँको मात्र नभइए एउटा प्रगन्ना पूरै रेखदेख गर्ने, पूजापाठ सञ्चालन गर्ने तथा तान्त्रिक विद्या जान्ने व्यक्तिलाई त्यस बेला देश बन्ध्या गुरुवा भनिन्थ्यो ।
डेढ सय वर्ष पुरानो धार्मिक मेला सुरु
हिन्दु मुस्लिम एकता र नेपाल–भारतका नागरिकबिच सम्बन्ध प्रगाढ गर्ने प्रतीकका रूपमा बाँकेको नरैनापुरमा १५० वर्षदेखि हरेक वर्ष लाग्दै आएको प्रसिद्ध धार्मिक मेला सुरु भएको छ ।
प्रेस चौतारी नवलपुरको अध्यक्षमा डुम्रे चयन
प्रेस चौतारी नेपाल नवलपुरको अध्यक्षमा तीर्थराज डुम्रे चयन हुनु भएको छ । चौतारीको सातौँ जिल्ला अधिवेशनले डुम्रेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।
आगो ताप्दा जलेर एक वृद्धको मृत्यु
गुल्मी, माघ ३० गते । गुल्मीमा आगो ताप्ने क्रममा जलेर एक जना वृद्धको मृत्यु भएको छ। यस जिल्लाको धुर्कोट गाउँपालिका वडा नम्बर ७ वाग्लाका ८० वर्षीय ईन्द्रलाल गिरीको आगोमा जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।मङ्गलबार राती करिब ९ः३० बजेको समयमा आफ्नै घरमा आगो ताप्ने क्रममा गिरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक चिरञ्जीवी दाहालले जानकारी दिनुभयो। घटनाबारे थप अनुसन्धान भई रहेको जनाएको छ । अविवाहित रहेका मृतक गिरीको परिवारमा भाई मात्र रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।
रघुगंगा गाउँपालिका ११ स्वर्णसहित पहिलो
बेनीमा मङ्गलबार सम्पन्न प्रतियोगितामा रघुगंगा गाउँपालिकाले ११ स्वर्णपदक सहित जिल्ला स्तरीय रनिङ शिल्ड चुमेको हो ।
दुई जनाको हत्यापछि आत्महत्या
रुकुमपूर्व भूमे गाउँपालिका-४ मा एक व्यक्तिले दुई जनाको हत्यापछि आफूले पनि आत्महत्या गरेको खुलेको छ। मङ्गलबार दिउँसो ३ बजेको समयमा भूमे-४ काँडा साकिमका अन्दाजी ६० वर्षीया ढाटी बुढा र नाती आठ महिनाको समिर बुढाको शव फेला परेको थियो।
अटो दुर्घटनामा एकको मृत्यु
रोल्पामा अटो दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।
रमेश र टेकबहादुर जोडीलाई भेट्रान कपको उपाधि
नेपालगन्ज उपमहानगरपालिका वडा –१ स्थित धम्बोझी ब्याडमिन्टन प्रशिक्षण केन्द्रमा आयोजित प्रथम आन्तरिक भेट्रान ब्याडमिन्टन प्रतियोगिताको उपाधि रमेश श्रेष्ठ र टेकबहादुर गुरुङको जोडीले जित्न सफल भएको छ ।
लुम्बिनी प्रादेशिक अस्पताल निर्माणबारे मुख्यमन्त्रीको चासो
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी प्रादेशिक अस्पताल भवन निर्माणाधीन स्थलको अनुगमन गर्नुभएको छ। मङ्गलबार आयोजना स्थलमा पुग्नुभएका मुख्यमन्त्री आचार्यले कामको प्रगतिबारे जानकारी लिनुभयो।
मुस्लिम बालिकाले लगाए एचपिभी खोप
पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप अभियान सुरु हुनुअघि सो अभियानमा संलग्न स्वास्थ्य कार्यालय बाँकेका अधिकांश कर्मचारीलाई यो अभियान मुस्लिम र मधेशी समुदायमा कसरी सफल पार्ने भन्ने चिन्ता थियो ।
सार्वजनिक स्थानमा फोहोर फाल्ने सुनगाभा स्वास्थ्य सरोकार केन्द्रलाई जरिवाना
नेपालगन्ज उपमहानगरपालिकाले पछिल्लो समय सार्वजनिक स्थानमा फोहोर फाल्ने पसल, फर्म, संस्था र व्यक्तिमाथि कडा निगरानी गर्दै आएको छ । उपमहानगरपालिकाले नगरका कुनैपनि सार्वजनिक स्थानमा कुनै प्रकारको फोहोर फाल्नेहरुमाथि कडाई गर्दै जरिवाना गरेको हो।
थारू भाषा-संस्कृति संरक्षणमा घोराही उपमहानगर
घोराही उपमहानगरपालिकाले थारू भाषा, साहित्य तथा कला संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यले थारू सङ्घसंस्थासँग समन्वय गर्दै थारू भाषाका दर्जनौं पुस्तक प्रकाशन गरेको छ ।
भौगोलिक र विकट क्षेत्रबाट सेवा लिनै समस्या
सदरमुकाम तम्घासदेखि भौगोलिक हिसावले टाढा रहेका स्थानीयहरुलाई प्रशासननबाट सहज रुपमा सेवा लिन समस्या हुने गरेको छ ।
विद्यार्थीलाई आत्महत्या रोकथामसम्बन्धी सचेतना
कपिलवस्तुमा विद्यार्थीलाई आत्महत्या रोकथामसम्बन्धी सचेतना मूलक कार्यक्रम सम्पन्न गरिएको छ । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले कपिलवस्तु नगरपालिका ७ स्थित श्री राष्ट्रिय जनहित माध्यमिक विद्यालय धरमपनियामा सो कार्यक्रमको आयोजना गरेको हो ।
जलेर महिलाको मृत्यु
घटना लगत्तै तुलसीपुरस्थित चिनारी अस्पतालमा सामान्य उपचारपछि उहाँलाई थप उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल रेफर गरिएकोमा त्यहाँपनि उपचार हुन नसकेपछि कीर्तिपुर अस्पताल काठमाडौं पठाइएको थियो ।
रुपन्देहीबाट ५ अर्ब राजस्व सङ्कलन
आन्तरिक राजस्व कार्यालय भैरहवाले आर्थिक वर्षको ६ महिनामा गत वर्षको भन्दा ७७ करोड बढी राजस्व सङ्कलन गरेको छ ।
भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भ्रष्टाचार नियन्त्रणका लागि प्रदेश सरकारले शून्य सहनशीलताको नीति अवलम्बन गरेको बताउनुभएको छ ।