बैरी बज्यै लोक सेवामा जागिर चाहियो !
जय सत्यवती बज्यै ! भाकल लिएर आएको छु, चिनिदिनु होला । जय बैरी माता !
भूमिहीन दलितका लागि राज्यले नै जमिन उपलब्ध गराउनु पर्ने वाध्यात्मक: महासचिव पोख्रेल
नेकपा एमालेका महासचिव शङ्कर पोख्रेलले भूमिहीन दलितका लागि राज्यले नै जमिन उपलब्ध गराउनु पर्ने वाध्यात्मक भएको बताउनु भएको छ ।
पालिकाबाट सदरमुकाम पुग्नै एक दिन : तीन दिनसम्म पालो कुर्नुपर्ने
सदरमुकाम तम्घासदेखि भौगोलिक हिसाबले टाढा रहेका स्थानीयलाई प्रशासनबाट सहज रूपमा सेवा लिन समस्या हुने गरेको छ । जिल्लाको कालीगण्डकी गाउँपालिकाबाट सदरमुकाम जान झन्डै छदेखि आठ घण्टा लाग्ने गर्छ ।
बढ्दै मधुमेह र उच्च रक्तचापका बिरामी
रुपन्देहीको ग्रामीण क्षेत्रमा आयोजना गरिएको स्वास्थ्य शिविरमा उपचारका लागि आएका बिरामीमा मधुमेह र उच्च रक्तचापको समस्या बढी देखिएको छ ।
‘उहिलेको नेपाल’ नामक फोटो प्रदर्शनी
रुपन्देहीको रुद्रपुर माध्यमिक विद्यालयको आयोजनामा टोनी हेगन फाउन्डेसन नेपालको सहयोगमा टोनी हेगनको ‘उहिलेको नेपाल’ नामक फोटो प्रदर्शनी गरिएको छ ।
घरबासमार्फत पर्यटक आकर्षित गर्ने योजना
रुपन्देहीको सबैभन्दा ठुलो गैडहवा तालमा घरबास कार्यक्रम सञ्चालन गरी लुम्बिनी घुम्न आउने पर्यटक आकर्षित गर्ने योजना अनुसार तयारी सुरु भएको छ ।
पत्रकारलाई पुँजीबजारसम्बन्धी तालिम
लुम्बिनी प्रदेशका पत्रकारलाई पुँजीबजारसम्बन्धी एक दिने तालिम दिइएको छ । नेपाल धितोपत्र बोर्डको आयोजना एवम् नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिको सहकार्यमा लुम्बिनी प्रदेशका पत्रकारलाई आर्थिक पत्रकारका लागि एक दिवसीय पुँजीबजारसम्बन्धी अन्तरक्रिया तथा प्रशिक्षण दिइएको समितिका महासचिव पाण्डव शर्माले जानकारी दिनुभयो ।
ट्वाइलेट, बाथरुम क्लिनर बनाउने तालिम
कपिलवस्तुको शिवराज नगरपालिकाका गृहिणीले ट्वाइलेट बाथरुम क्लिनर बनाउने तालिम लिएका छन् । नगरपालिकाको वडा ३ को आर्थिक सहयोगमा सहकारीमा आबद्ध २५ जना महिलालाई ट्वाइलेट क्लिनर, फिनेल र टायल क्लिनर बनाउने तालिम प्रदान गरिएको हो ।
कार्यसम्पादनमा धुर्कोट गाउँपालिका उत्कृष्ट
गुल्मीको धुर्कोट गाउँपालिका कार्यसम्पादन मूल्याङ्कनमा उत्कृष्ट बनेको छ। राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको प्रारम्भिक नतिजा अनुसार यस जिल्लाका दुई नगरपालिका र १० गाउँपालिका गरी १२ स्थानीय तहमध्ये धुर्कोट गाउँपालिका उत्कृष्ट बनेको हो।
भेरी अस्पतालको फार्मेसीलाई व्यवस्थित गरिएपछि औषधी बिक्री दोब्बर बढ्यो
नेपालगन्जस्थित भेरी अस्पतालको फार्मेसीलाई गत केही महिनादेखि व्यवस्थित गर्दै विभिन्न प्रकारका सुधारसमेत गरिएपछि हाल आएर औषधी बिक्री बढेकोले आम्दानी दोब्बर भएको छ।
फोनिज बाँकेको अध्यक्षमा थापा
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) बाँकेको अध्यक्षमा अशोक थापा निर्वाचित हुनुभएको छ । शुक्रबार नेपालगन्जमा सम्पन्न भएको जिल्लाको सातौँ अधिवेशनबाट थापा अध्यक्षमा सर्वसम्मत रुपमा निर्वाचित हुनुभएको हो ।
सहिद लखन थापा मगरलाई राष्ट्रिय विभूति घोषणा गर्न माग
नेपालका प्रथम सहिद लखन थापा मगरलाई राष्ट्रिय विभूति घोषणा गर्न माग गरिएको छ । प्रथम सहिद लखन थापा मगरको १४८ औं स्मृति दिवसको अवसरमा शुक्रबार बुटवलमा आयोजित कार्यक्रममा बोल्ने वक्ताहरुले प्रथम सहिद थापा मगरलाई सम्मानका लागि राष्ट्रिय विभूति घोषणा गर्न माग गरिएको हो ।
शिक्षा बिनाको मान्छे सुगन्ध बिनाको फूल जस्तै : उपसभामुख राना
प्रतिनिधिसभाका उपसभामुख इन्दिरा राना मगरले शिक्षा बिनाको मान्छे सुगन्ध बिनाको फूल जस्तै हुने टिप्पणी गर्नुभएको छ । उहाँले समय सापेक्ष डिजिटल शिक्षामा अघि बढेर युग सुहाउँदो शिक्षा आर्जन गर्न विद्यार्थीहरुलाई आग्रह गर्नुभयो ।
रोगले सुकेर उजाडिए सुन्तला बगैँचा
सुन्तलाखेतीबाट राम्रो उत्पादन लिइरहेका समाचार यत्रतत्र सुनिन्छन् । पाखो तथा बाँझो जमिनलाई सदुपयोग गर्दै सुन्तला फलाएर यसैबाट धेरैले आयआर्जनको बलियो माध्यम बनाइरहेका छन् । पाल्पामा पनि यस वर्ष सुन्तलाको उत्पादन बढेको छ ।
घोराही होलेरी सडक पुन: निर्माण अनिश्चित
सहिदमार्ग सडक खण्ड अन्तर्गत दाङको घोराहीबाट रोल्पाको होलेरी जाने सडक कालोपत्रे गरेको ६ वर्ष भयो ।
लागुऔषधविरुद्ध प्रहरीको विशेष अभियान
कपिलबस्तुको इलाका प्रहरी कार्यालय कृष्णनगरले लागुऔषध नियन्त्रण अभियानलाई थप कडा बनाएको छ ।
आज रानीमहल पुग्दै प्रेमिल जोडी
आज ‘भ्यालेन्टाइन डे’ अर्थात् प्रणय दिवस नेपालसहित विश्वभर एकअर्काप्रति प्रेम साटासाट गरी मनाइँदैछ । हरेक वर्ष फेब्रुअरी १४ मा यो दिवस मनाउने गरिन्छ ।
विद्युतीय चिकित्सा अभिलेख (ईएमआर) प्रणाली सुरु
गुल्मी अस्पतालमा विद्युतीय चिकित्सा अभिलेख (ईएमआर) प्रणाली सुरु भएको छ । अभिलेख प्रणालीको उपकरण विश्व स्वास्थ्य संगठन नेपालका डा. एलीसन गोकोटना, लुम्बिनी प्रदेश सरकारका स्वास्थ्यमन्त्री खेमबहादुर सारुले एक कार्यक्रमबिच गुल्मी अस्पताल विकास समितिका अध्यक्ष गोपाल पाण्डेसहित अस्पतालका निमित्त प्रमुख बैभव बस्याललाई हस्तारतण गर्नुभयो ।
वैदेशिक रोजगारलाई सुरक्षित बनाउन सचेतना कार्यक्रम
बाँकेको कोहलपुर नगरपालिकाभित्र विभिन्न टोल र गाउँबस्तीका स्थानीय बासीहरुलाई सुरक्षित वैदेशिक रोजगार सम्बन्धि आवश्यक सूचना तथा जानकारी प्रदान गर्ने कार्यलाई अहिले तीव्र पारिएको छ ।
जनताको त्याग र बलिदानबाट परिवर्तन सम्भव : अध्यक्ष प्रचण्ड
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनताको त्याग र बलिदानबाट देशमा परिवर्तन सम्भव भएको बताउनुभएको छ ।
रुपन्देहीमा छोराले गरे आमाको हत्या
रुपन्देही जिल्लाको कञ्चन गाउँपालिका वडा नंं १ सुन्दरनगरस्थित रातो डाँडामा २१ वर्षीय युवक सरोज परियारले आफ्नै आमा अन्दाजी ४६ बर्षीया पार्वती परियारको हत्या गरेका छन् ।
रोहिणी गाउँपालिकाको गाडीमा तोडफोड
रुपन्देहीको रोहिणी गाउँपालिकाका अध्यक्ष चढ्ने गाडीमा तोडफोड गरिएको छ । अज्ञात व्यक्तिले बिहीबार राती करिब ११ः३० बजे पालिका अध्यक्ष विद्या प्रसाद यादव चढ्ने गाडीमा तोडफोड गरिएको प्रहरीले जनाएको छ ।
लागुऔषधसहित चौँतिस जना पक्राउ
जिल्ला प्रहरी कार्यालय बाँकेले लागुऔषध ओसारपसारविरुद्ध योजनाबद्ध रूपमा प्रहरी परिचालन गरेको छ ।
करेन्ट लागेर एकको मृत्यु
दाङमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सल्यानको कपुरकोट गाउँपालिका –१ लाकु निवासी २१ बर्षीय समिर घर्तीमगर रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी तथा प्रहरी निरीक्षक सूर्य रानाले जानकारी दिनुभयो ।