• ३ फागुन २०८१, शनिबार

रुपन्देहीमा छोराले गरे आमाको हत्या

blog

छविलाल पाण्डे 

बुटवल, फागुन २ गते । रुपन्देही जिल्लाको कञ्चन गाउँपालिका वडा नंं १ सुन्दरनगरस्थित रातो डाँडामा २१ वर्षीय युवक सरोज परियारले आफ्नै आमा अन्दाजी ४६ वर्षीया पार्वती परियारको हत्या गरेका छन् । 

इलाका प्रहरी कार्यालय बुटवलका अनुसार आमाको हत्या गरेपछि सरोजले स्थानीय छिमेकीसँग आमाको आँखा फुटालेको बताएका थिए । छिमेकीका अनुसार सरोज पहिलेदेखि नै आपराधिक गतिविधिमा संलग्न रहेको र प्रहरीले समेत उनलाई पटक पटक पक्राउ गर्दै छोडदै आएको थियो । 

स्थानीय छिमेकीहरुले समेत सरोजबाट आफूहरू सुरक्षित नरहेको महसुस बेलाबेलामा गर्दै आएको सुनाएका छन् । इलाका प्रहरी कार्यालय रुद्रपुरले घटनास्थलमा पुगेर हत्याको मुचुल्का तयार गरी स्थानीयसँग घटनाको विषयमा सोधपुछ गरेको थियो । 

स्थानीय बासिन्दाले सरोज मानसिक रोगीसमेत रहेको र धेरै पहिलेदेखि दुर्व्यसनमा  संलग्न रहेको बताएका छन् । प्रहरीले घटनामा संलग्न सरोजलाई पक्राउ गरी आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । 

घरमा आमा छोरा मात्रै बस्दै आएका थिए । अर्को छोरा भने भारतमा रहेको बताइएको छ ।