प्राविधिक शिक्षामा लगानी बढाउनुपर्छ : महासचिव पोखरेल
नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले नेपालमा प्राविधिक शिक्षामा लगानी वृद्धि गर्नुपर्ने बताउनुभएको छ। मंगलबार तुलसीपुर उपमहानगरपालिकाले सञ्चालनमा ल्याएको बहुप्राविधिक शिक्षालय मेट्रो कलेजमा निर्माण सुरु गरिएको सभा हलको शिलान्यास गर्दै उहाँले प्राविधिक शिक्षाले मुलुकको समृद्धिमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।
मह आयात रोक्न माग
महले बजार पाउन नसकेपछि मौरी पालेर जीविका चलाउँदै आएका किसान समस्यामा पर्न थालेका छन् । नेपाल मौरीपालक सङ्घ दाङका अध्यक्ष दिनेश ओलीले बजारीकरणको मुख्य समस्याले गर्दा यसमा लागेका किसान घट्दै जान थालेको बताउनुभयो ।
फोनिज गुल्मी अध्यक्षमा पुनः छन्त्याल निर्वाचित
नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) को नयाँ नेतृत्व सर्वसम्मत चयन भएको छ। सदरमुकाम तम्घासमा भएको फोनिज गुल्मीको पाँचौं अधिवेशनले नयाँ कार्यसमितिलाई सर्वसम्मत चयन गरेको निर्वाचन मण्डलका संयोजक रेशम कुँवरले जानकारी दिनुभयो।
प्रभावकारी बन्दै छोरीलक्षित कार्यक्रम
बर्दियाको गेरुवा गाउँपालिकाले सञ्चालन गरेको ‘छोरी बचाऊँ, छोरी बनाऊँ’ कार्यक्रम प्रभावकारी बन्दै गएको छ ।
आशा जगाउने काम गर्न आग्रह
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले निराशाको खेती गर्न छाडेर आशा जगाउने काम गर्न आग्रह गर्नुभएको छ ।
‘भूमिसम्बन्धी समस्या अब अन्त्य हुन्छ’
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सरकारले ल्याएको अध्यादेश पारित हुने बताउनुभएको छ ।
युवालाई व्यवसायमा खुड्किलो चढ्ने माध्यम बन्यो ‘ब्याज अनुदान’
स्वदेशमै बसेर केही गर्छु भन्ने मनसाय बोकेका युवालाई ब्याज अनुदान कार्यक्रम एउटा खुड्किलो चढ्ने माध्यम बनेको बताउनुहुन्छ, युवा व्यवसायी विनोद श्रेष्ठ । रामपुर नगरपालिकामार्फत सञ्चालित युवा स्वरोजगार कार्यक्रमअन्तर्गत ब्याज अनुदानमा सिफारिस भई उहाँले व्यवसाय चलाउनुभएको छ ।
बाघको आहारा प्रजातिबारे अध्ययन
बाँकेमा पछिल्लो समय मानिसमाथि वन्यजन्तुको आक्रमण बढेपछि उनीहरूको विचरणका बारेमा अनुसन्धानका लागि वनजङ्गल आसपासका क्षेत्रमा बाघ तथा आहारा प्रजातिका वन्यजन्तुको अध्ययन अनुगमन सुरु गरिएको छ ।
वन्यजन्तुबाट क्षति व्यहोरेका ३७ परिवारलाई राहत वितरण
जिल्लामा वन्यजन्तुबाट मानवीय तथा पशुधनको क्षति व्यहोरेका ३७ परिवारलाई राहत प्रदान गरिएको छ । लुम्बिनी प्रदेश सरकारले उपलब्ध गराएको रकम जिल्लाको एउटा नगरपालिका र तीन वटा गाउँपालिकाका ३७ परिवारलाई राहतस्वरुप प्रदान गरिएको हो ।
अवैध भारतीय कुखुरा आयत रोकिएन, प्रशासन मुखदर्शक
प्रहरी प्रशासनकै अगाडीबाट अवैध मानिएको भारतीय कुखुरा भित्रिने क्रम बढ्दै गए पनि यसको नियन्त्रण हुन सकेको छैन । विना जाँच भारी मात्रमा भित्रिने यस्ता कुखुराले पक्षीजन्य रोग फैलने खतरा समेत बढ्दै गएको हो ।
साना उद्योगमा साढे आठ अर्ब लगानी
लुम्बिनी प्रदेशमा चालु आर्थिक वर्षको छ महिनामा साना उद्योग तथा वाणिज्य फर्मको साढे आठ अर्ब लगानी थपिएको छ ।
जनसभा सकिएपछि एमाले कार्यकर्ताले गरे सरसफाइ
नेकपा (एमाले) दाङले आज घोराहीमा आयोजना गरेको जनसभा कार्यक्रम सम्पन्न भएपछि कार्यक्रम स्थलमा कार्यकर्ताले सरसफाई गरेका छन् ।
बृहत् यौनिकता शिक्षालाई पाठ्यक्रममा समावेश गर्ने प्रतिबद्धता
बृहत् यौनिकता शिक्षालाई स्थानीय पाठ्यक्रममा समावेश गर्ने सरोकारवालाहरुले प्रतिबद्धता जनाएका छन् ।
टरिगाउँ धावनमार्ग विस्तारमा प्रतिबद्ध छौं : प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले तुलसीपुर उपमहानगरपालिका वडा १२ स्थित टरिगाउँ धावनमार्ग विस्तारका लागि आफू प्रतिवद्ध रहेको बताउनुभएको छ ।
मुक्त कमलहरीहरूद्वारा प्रधानमन्त्रीको ध्यानाकर्षण
मुक्त कमलहरीहरूले सरकारसँग भएको १० बुँदे सहमति कार्यान्वयनको माग गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गराएका छन् । एमालेले दाङले आयोजना गरेको जनसभा कार्यक्रमस्थल पुगेर ध्यानाकर्षण गराएका हुन् ।
गुल्मीमा ३२ वर्षीय युवा मृत फेला
गुल्मीमा ३२ वर्षीय युवा मृत फेला परेका छन् ।
युवा खेलाडी विदेश पलायनप्रति खेलकुद मन्त्रीको चिन्ता
सङ्घीय युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले युवा खेलाडीहरू विदेश पलायन भइरहको अवस्थाप्रति चिन्ता व्यक्त गर्नुभएको छ ।
बाँकेमा १४औं पटक हात्तीपाइले रोगविरुद्धको अभियान सुरु
१३ पटकसम्म औषधी खुवाउने कार्यक्रम चलाउँदा पनि सफल हुन नसकेपछि बाँकेमा सोेमबारदेखि हात्तीपाइले रोग विरुद्धको आम औषधी सेवन कार्यक्रम फेरी सुरु गरिएको छ ।
प्रधानमन्त्रीद्वारा सङ्घीयता, सहकार्य र कानुनी समन्वयमा जोड
प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार लुम्बिनी प्रदेशसभा बैठकलाई सम्बोधन गर्नुहुँदै सङ्घीयताले विकासको ढोका खोलेको र तीनै तहका सरकारबीच सहकार्य आवश्यक रहेकोमा जोड दिनु भएको छ ।
भारतमा कार दुर्घटना : रूपन्देहीका तीन जनाको मृत्यु
भारतको प्रयागराजमा लागेको महाकुम्भमा सहभागी हुन गएका नेपाली नागरिक सवार कार भारतमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।
भूमिसम्बन्धी विधेयकसहित सबै विधेयक पारित हुन्छ : महासचिव पोखरेल
सत्तारुढ दलको नेता एवं नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले भूमिसम्बन्धी विधेयकसहित सबै विधेयक संसद बैठकबाट पारित हुने बताउनुभएको छ । एमाले दाङले दाङको घोराहीमा आयोजना गरेको जनसभालाई आज यहाँ सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।
हुलाक टिकटमा भित्रीकोट दरबार
आजदेखि प्युठान जिल्लाको ऐतिहासिक भित्रीकोट दरबार हुलाक टिकटमा अंकित भएको छ ।
एमाले दाङको जनसभाको र्याली घोराहीमा सुरु
प्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने जनसभाको र्याली घोराहीमा सुरु भएको छ ।
वन पैदावारबाट सात करोडभन्दा बढी राजस्व सङ्कलन
दाङमा चालु आर्थिक वर्षको छ महिनामा वन पैदावारबाट साढे सात करोडभनदा बढी राजस्व सङ्कलन भएको छ ।