• ५ असार २०८२, बिहिबार

गुल्मीमा ३२ वर्षीय युवा मृत फेला

blog

तिलाचन पाण्डे

तम्घास, फागुन ५ गते । गुल्मीमा ३२ वर्षीय युवा मृत फेला परेका छन् ।

जिल्लाको कालीगण्डकी गाउँपालिका वडा नम्बर–४ जोखुम बस्ने अन्दाजी ३२ वर्षीय ओमबहादुर राना भुतेगैरामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक चिरञ्जिवी दाहालले जानकारी दिनुभयो ।

आइतबार साँझ घरबाट कसैलाई जानकारी नगराइ घरबाट हिँडेका राना सोमबार मृत फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । घटनाको बारेमा थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।