सन्तोष दहित
दाङ, फागुन ५ गते । प्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने जनसभाको र्याली घोराहीमा सुरु भएको छ । जनसभामा सहभागी हुने आएका एमालेका नेता तथा कार्यकर्ता र दंगाली जनता घोराही बजारमा विभिन्न बाजागाजासहित बजारपरिकर्मा गर्दै कार्यक्रम स्थलतर्फ गइरहेका छन् ।
जनसभालाई सम्बोधन गर्नका लागि प्रधानमन्त्री ओली दाङ आइसक्नुभएको छ । जिल्ला समन्वय समितिको सहिद मञ्चमा आयोजना गरेको जनसभालाई सोमबार दिउँसो ३ बजे सम्बोधन गर्ने कार्यक्रम रहेको एमाले दाङका अध्यक्ष शिवकुमार आचार्यले जानकारी दिनुभयो । उहाँले सभामा ५० हजार जनताको उपस्थिति रहने बताउनुभएको छ ।