नेपालगन्जको सरसफाइमा समस्या
पश्चिम नेपालकै प्रमुख सहर नेपालगन्जको फोहोर व्यवस्थापन हुन नसक्दा नगरको सरसफाइमा समस्या उत्पन्न भएको छ । जनप्रतिनिधि, सामाजिक अगुवा, सरसफाइकर्मी र सरकारी कार्यालयका प्रतिनिधिको सहभागितामा यहाँ आयोजना गरिएको सार्वजनिक निजी साझेदारी मञ्चको बैठकका सहभागीले सो कुरामा जोड दिएका हुन् ।
बसले किचेर बालिकाको मृत्यु
प्युठानको बाग्दुलामा बसले किचेर एक जना बालिकाको मृत्यु भएको छ ।
बिरामी बोक्ने एम्बुलेन्स आफैँ बिरामी
गुल्मीमा बिरामी बोक्ने १८ वटा एम्बुलेन्स आफैँ बिरामी भई थलिएर बसेका छन् । त्यी मध्येको एउटा उदाहरण हो भारतीय भूपू सैनिक कल्याणकारी समिति तम्घासद्ेवारा सञ्चालित लु १ च ३३६१ नम्बरको एम्बुलेन्स ।
पूर्वखोलामा प्रथम लोकतान्त्रिक महोत्सव
पाल्पाको पूर्वखोलामा प्रथम लोकतान्त्रिक महोत्सव २०८१ भएको छ । प्रजातन्त्रलाई विकाससँग जोड्ने ध्येयका साथ नेपाली कांग्रेस पूर्वखोला गाउँ कार्य समितिले महोत्सवको थालनी गरेको हो ।
गाउँपालिकाको बेवास्ताले बेवारिसे बन्यो सभाहल
यहाँस्थित बढैयाताल गाउँपालिकाको एक मात्र सभाहल उपयोगमा चासो नदिँदा निर्माण सम्पन्न नहुँदै जीर्ण र बेवारिसे बनेको छ । बढैयाताल गाउँपालिका–८ पशुपतिनगरमा रहेको उक्त सभाहल रु ७० लाख २६ हजारमा निमार्ण गरिएको थियो ।
‘खेललाई विकाससँग जोड्नुपर्छ’
जिल्ला समन्वय समिति गुल्मीका प्रमुख द्रोण खत्रीले खेललाई विकाससँग जोड्न आवश्यक रहेको बताउनुभएको छ । गुल्मीको मदाने गाउँपालिकको आयोजनामा भएको तेस्रो अध्यक्ष कपको उद्घाटन गर्नुहुँदै उहाँले खेलको माध्यमबाट खेलाडीलाई सबल र सक्षम बनाउन सबैको भूमिका महत्त्वपूर्ण रहेको बताउनुभएको हो ।
कालो गरुड
दाङ, फागुन ८ गते । दाङको घोराही उपमहानगरपालिका–१७ स्थित कर्जाही जलाशयमा देखिएका हिउँद छल्न बेँसी झरेका नेपालको संरक्षित चरा ‘कालो गरुड’ । तस्बिरः रासस
पाल्पाका नागरिकलाई घरआँगनमै सेवा
राज्यका विभिन्न निकायबाट प्रवाह हुने सेवा रामपुर नगरपालिको अगुवाइमा घुम्ती शिविर सञ्चालन गरेर गाउँगाउँमा प्रवाह भएको छ । आफ्नो घरआँगनमै सेवा पाएर सेवाग्राही मक्ख परेका छन् ।
बारीमा आलु सङ्कलन गर्दै किसान
नवलपरासी, फागुन ८ गते । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को मध्यबिन्दु नगरपालिका–२ सेहरीमा व्यावसायिकरुपमा समूहमार्फत गरिएको खेतीमा आलु सङ्कलन गर्दै किसान । आलु चिप्स कम्पनीलाई बिक्री गर्ने गरी जिल्लामा ३८ वटा समूहमार्फत एक सय ११ हेक्टर क्षेत्रमा व्यावसायिक आलुखेती गरिएको छ । तस्बिरः रासस
बिक्री भएन ऊन, विस्थापित हुने जोखिममा ‘भेडिहार’
कोटहीमाई गाउँपालिका– ५ देवनबक्सापुरका रामायन पालले विगत २० वर्षदेखि भेडा पालन गर्दै आउनुभएका छ । उहाँको अधिकांश समय घर बाहिर नै बित्ने गरेको छ ।
प्रकृति लम्सालको स्वर्गद्वारी घाटमा अन्त्येष्टि, ७६ वर्षीय हजुरबुबाद्वारा दागबत्ती
बुधवार राति नेपाल ल्याइएकी प्रकृति लम्सालको बिहीबार अन्त्येष्टि गरिएको छ । भारतमा मृत्यु भएकी भैरहवाकी विद्यार्थी प्रकृतिको शव बुधवार राति ११ बजे गृह जिल्ला रुपन्देही ल्याइएको थियो । उहाँको शव सिद्धार्थनगर नगरपालिका–८ स्थित बैंक कोलोनी घरमा रातभर राखेर बिहान स्वर्गद्वारी घाटमा लगेर अन्त्येष्टि गरिएको हो ।
दृष्टिविहीन इन्द्रलाई शिक्षाको ज्योति छर्ने अवसर
सरुमारानी गाउँपालिका–४, बैकेका २६ वर्षीय इन्द्रबहादुर थापामगर चार वर्षको उमेरमा ज्वरो र झाडापखालाले ग्रस्त हुनुभयो ।
भैरहवा ल्याइयो प्रकृतिको पार्थिव शरीर
रुपन्देही, फागुन ८ गते । भारतको कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी) मा मृत्यु भएकी नेपाली विद्यार्थी प्रकृति लम्सालको शव भैरहवा ल्याइएको छ ।लम्सालको शवपरीक्षणपछि लम्सालको पार्थिव शरीर हवाई मार्ग हुँदै भारतको गोरखपुर र त्यहाँदेखि सडकमार्गबाट बेलहिया नाका हुँदै आज साँझ यहाँ ल्याइएको हो ।सिद्धार्थनगर नगरपालिका–८ घर भएका लम्साल परिवारका केही सदस्य आउन ढिलाइ भएका कारण शवलाइ भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजमा राखिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुरज कार्कीले जानकारी दिनुभयो ।
राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानको लागि साढे दुई अर्ब बजेट स्वीकृत
राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानको लागि नेपाल सरकारले साढे दुर्इ अर्ब बजेट स्वीकृत गरेको छ । प्रतिष्ठानको रजिष्टार श्याम लम्सालले विज्ञप्ति जारी गरेर प्रतिष्ठानको लागि चालु आर्थिक बर्षका लागि साढे दुर्इ अर्ब बजेट स्वीकृत भएको बताउनुभयो ।
८४ हजार पशुमा कृत्रिम गर्भाधान
प्युठान नगरपालिका –१ खैराका भोजबहादुर बस्नेतले विगत तीन वर्षदेखि व्यावसायिक रुपमा गाई तथा भैसीपालन गर्दै आउनुभएको छ । गाउँमै गाई फार्म सञ्चालन गर्नुभएका बस्नेतले गाईमा कृत्रिम गर्भाधान गराउने गरेको बताउनुहुन्छ । उहाँले सहज भएकाले गाईमा कृत्रिम गर्भाधान गर्ने गरेको बताउनुभयो ।
भारतबाट ११ जना विद्यार्थी घर फर्किए : प्रकृति लम्सालको शव ल्याइँदै
भारतको कलिंगा इन्स्टिच्यूट अफ् इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा अध्ययनरत् ११ जना विद्यार्थी बेलहिया नाका हुँदै नेपाल फर्किएका छन्।
बाँकेमा शत प्रतिशतलाई एचपिभी खोप
बाँके जिल्लामा लक्षित समुहका शतप्रतिशत बालिका र किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपिभी खोप लगाइएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।
राजनीतिक स्थायीत्वका लागि वर्तमान सरकार : उपप्रधानमन्त्री सिंह
उपप्रधान एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले अस्थिर सरकारबाट आजित भएका नेपाली जनतालाई राहत दिनका लागि दुई ठुला दलको सरकार बनेको बताउनुभएको छ ।
चितुवाको आक्रमणमा ज्यान गुमाएकी बालिकाको परिवारलाई दस लाख राहत
बाँके र बर्दिया राष्ट्रिय निकुञ्जका चितुवा र बाघले पछिल्लो समय निकुञ्ज वरिपरिको गाउँबस्तीमा पसेर स्थानीयलाई आक्रमण गर्ने क्रम बढेको छ।
सामुदायिक वनमा जङ्गली हात्ती मृत फेला
भाले जङ्गली हात्ती मृत फेला परेको छ । एक साताअघि पनि एक अर्को भाले हात्ती मृत फेला परेको छ ।
ओडिसा घटनाको सत्यतथ्य पत्ता लगाउन छानबिन भइरहेको छ : मन्त्री सिंह
उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले भारतको ओडिसा घटनाको सत्यतथ्य पत्ता लगाउन दिल्लीस्थित नेपाली राजदूतावासबाट दुई जना कर्मचारी खटाइएको बताउनुभएको छ । घटनाको सत्यतथ्य पत्ता लागेपछि मात्र नेपाल सरकारले एक्सन दिने उहाँले बताउनुभयो ।
आजदेखि मदानेमा तेस्रो अध्यक्ष कप
गुल्मीको मदाने गाउँपालिकाले भनभनेको कुडापानी खेलमैदानमा आयोजना गर्न लागेको ‘तेस्रो अध्यक्ष कप’ भलिबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा गरी बुधबारदेखि सुरु हुँदैछ ।
सामुदायिक विद्यालयका शिक्षकलाई प्रविधिमा दक्ष बनाइँदै
सूचना एवं प्रविधिमा दक्ष बनाउन शिक्षकलाई सूचना, सञ्चार तथा प्रविधिसम्बन्धी ज्ञान सीप सिकाइएको छ ।
अबको कार्यभार राजनीति स्थिरताको जगमा आर्थिक क्रान्ति : उपप्रधानमन्त्री सिंह
उपप्रधान एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले अबको कार्यभार राजनीतिक स्थीरताबो जगमा आर्थिक क्रान्ति गर्नु रहेको बताउनुभएको छ ।