• ९ फागुन २०८१, शुक्रबार

राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानको लागि साढे दुई अर्ब बजेट स्वीकृत

blog

राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानको बैठक । तस्बिरः लीलाधर वली

सन्तोष दहित

दाङ, फागुन ७ गते । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानको लागि नेपाल सरकारले साढे दुर्इ अर्ब बजेट स्वीकृत गरेको छ । प्रतिष्ठानको रजिष्टार श्याम लम्सालले विज्ञप्ति जारी गरेर प्रतिष्ठानको लागि चालु आर्थिक बर्षका लागि साढे दुर्इ अर्ब बजेट स्वीकृत भएको बताउनुभयो । 

उहाँका अनुसार प्रतिष्ठानको सिनेट सभाबाट २०८१८२ को लागि दुर्इ अर्ब ४३ करोड २५ लाख १२ हजार ९ सय ६७ बजेट तथा कार्यक्रम स्वीकृत भएको जनाउनुभएको हो । प्रतिष्ठानका कुलपति समेत रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षता र स्वास्थ्यमन्त्री प्रदीप पौडलसहितको उपस्थितिमा यो कार्यक्रम स्वीकृत भएको रजिष्टार लम्सालले बताउनुभयो । 

त्यसैगरी सिनेट सभाले दाङका पाँच जनालाई सिनेट सदस्यमा नियुक्त गर्ने निर्णय भएको उहाँले जानकारी दिनुभयो । उहाँको अनुसार सिनेट सदस्यमा नेकपा एमालेबाट बलिभद्र राना र यमुना थापा, नेपाली  काँग्रेसबाट प्रकाश श्रेष्ठ र पत्रकार सुदिप गौतम नियुक्त हुनुभएको छ । त्यस्तै नेकपा (माओबादी केन्द्र) बाट अधिवक्ता सुशिला चौधरी सिनेट सदस्यमा नियुक्त हुनुभएको छ ।

त्यस्तै, सिनेट सभाले नवलपुरको जग्गालाई क्याविनेटबाट अनुमति दिएको र चारसय बेडको कार्ययोजना पास भएको जानकारी दिनुभयो ।  साथै जग्गा प्राप्तीपछि बस्ने सिनेट बैठकबाट सेवा आयोगको अध्यक्षसहितले पुर्णता पाउने पनि उहाँले जानकारी दिनुभयो ।