• ८ फागुन २०८१, बिहिबार

जनसभा सकिएपछि एमाले कार्यकर्ताले गरे सरसफाइ

blog

जनसभा स्थलमा सरसफाइ गर्दै एमालेका नेता तथा कार्यकर्ताहरु । तस्बिरः सन्तोष दहित

सन्तोष दहित

दाङ, फागुन ५ गते । नेकपा (एमाले) दाङले आज घोराहीमा आयोजना गरेको जनसभा कार्यक्रम सम्पन्न भएपछि कार्यक्रम स्थलमा कार्यकर्ताले सरसफाई गरेका छन् ।

प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेललगायत नेताहरुले जनसभालाई सम्बोधन गर्नुभएको थियो । कार्यक्रम स्थल सरसफाइका लागि एमालेले कार्यकर्ता परिचालन गरेको थियो ।  


जनसभा सम्पन्न पश्चात् एमाले पोलिटब्यूरो सदस्य एवं घोराही उपमहानगरपालिकाका मेयरको नेतृत्वमा एमाले केन्द्रीय सदस्य जीवन गौतमसहित नेता कार्यकर्ताहरुले कार्यक्रम स्थलको सरसफाइ गर्नुभयो । 

त्यसैगरी घोराही बजारको विभिन्न ठाउँ र सूर्य अंकित भएको झण्डा समेत बजार क्षेत्रबाट उठाएको एमाले दाङका जिल्ला सचिवालय सदस्य बिबेक श्रेष्ठले गोरखापत्रलाई जानकारी दिनुभयो ।