शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौँ, चैत १ गते । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसम्पादन समितिको बैठक बसेको छ । बैठक पार्टीको धुम्बाराहीस्थित केन्द्रीय कार्यालयमा केहीबेर अघि सुरु भएको हो ।
बैठकले समानुपातिकतर्फका प्रतिनिधिसभा सदस्यको नाम टुङ्गो लगाउने छ । निर्वाचनको अन्तिम परिणाम सार्वजनिक भइसकेपछि दलले समानुपातिकतर्फका सांसदको नाम निर्वाचन आयोगमा बुझाउनुपर्ने भएकाले राप्रपाले आजै नाम टुङ्गो लगाउने तयारी गरेको हो । प्रतिनिधिसभा निर्वाचनमा राप्रपाले समानुपातिकतर्फ चार सिट पाएको छ ।