• ८ वैशाख २०८२, सोमबार

भूमिसम्बन्धी विधेयकसहित सबै विधेयक पारित हुन्छ : महासचिव पोखरेल

blog

कार्यक्रममा सम्बोधन गर्नुहुँदै नेकपा (एमाले) का महासचिव शंकर पारखेल । तस्बिरः सन्तोष दहित

सन्तोष दहित

दाङ, फागुन ५ गते । सत्तारुढ दलको नेता एवं नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले भूमिसम्बन्धी विधेयकसहित सबै विधेयक संसद् बैठकबाट पारित हुने बताउनुभएको छ । एमाले दाङले दाङको घोराहीमा आयोजना गरेको जनसभालाई आज यहाँ सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो । 


भूमिसम्बन्धी विधेयक संसदबाट पास गरेर सुकुम्बासी, भूमहिन तथा दलितको समस्या समाधान गर्ने उहाँले प्रष्ट पार्नुभयो । सबै दलले सुकुम्बासी, भूमहिन तथा दलितलाई भूमि उपलब्ध गराउने प्रतिबद्धता गरेकाले कुनै पनि हालतमा भूमिसम्वन्धि विधेयक पास गर्नुपर्ने बाध्यता भएको उहाँको भनाइ छ । त्यसैगरी महासचिव पोखरेलले मुक्त कमैया, कमलरीको समस्या सम्बोधन गरेर उचित न्याय गर्ने तयारीमा सरकार रहेको बताउनुभयो । 


यसैगरी अहिलेको सरकारले दाङको समग्र विकासलाई अगाडि बढाउने महासचिव पोख्रेलले बताउनुभयो । उहाँले दाङको समग्र विकास र समृद्धिका लागि गुरु योजना बनाएर अगाडि बढिरहेको जोड दिनुभयो । दाङको घोराही तुलसीपुरको फोर लेनको सडक निर्माणको काम पनि अघि बढिसकेकाले अबको केही वर्षमा दाङले विकासको मुहार फेरेको देख्ने विश्वास दिलाउनुभयो । सभालाई प्रधानमन्त्री केपी शर्मा ओलीले केही बेरमा सम्बोधन गर्ने कार्यक्रम रहेको एमाले दाङले जनाएको छ ।