यज्ञप्रसाद सापकोटा
गुलरिया(बर्दिया) असार २९ गते । बर्दियाको गुलरियामा मोटरसाइकल दुर्घटना हुँदा एक भारतीय नागरीकको मृत्यु भएको छ । मृत्यु हुनेमा बहराईच जिल्ला मिहिपुरवाका ६५ वर्षीय गुरमुख सिंह रहनु भएको छ ।
गुलरिया नगरपालिका वडा नं ५ स्थित सुहेलवाबाट गुलरिया बजारतर्फ जाँदै गर्दा मोटरसाइकल अनियन्त्रित भएर बिजुलीको पोलमा ठोकिँदा मोटरसाइकल दुर्घटना भएको हो । सिंहको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरीक्षक चक्रबहादुर डम्मरपालले बताउनुभयो ।
मृतक सिंहले गुलरिया नगरपालिका–८ कोठियामा पन्जाब डिजल वर्कसप सञ्चालन गर्दै आउनुभएको थियो ।