डोजरले पल्टाएको ढुङ्गा लागेर बालिकाको मृत्यु
गुल्मीमा डोजरले बाटो खन्दैगर्दा माथिबाट खसेको ढुङ्गा लागेर गम्भीर घाइते भएकी बालिकाको मृत्यु भएको छ । जिल्लाको इश्मा गाउँपालिका –२ हस्तिचौर जाने भित्री सडक खन्दै गरेको श्रेष्ठ कन्ट्रक्सनको डोजरले पल्टाएको ढुङगा लागेर स्कुल हिँडेकी आठ वर्षीया बालिका विष्णु कुमाल गम्भीर घाइते भएकी थिइन् ।
अध्यादेश सबै पास हुन्छ : मन्त्री अधिकारी
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले सरकारले ल्याएका अध्यादेश जसरी भएपनि पास गरिने बताउनुभएको छ ।
लुम्बिनी प्रदेश सभाको बैठक बस्दै
लुम्बिनी प्रदेश सभाको नवौं बैठक आज बस्दैछ । दिउँसो १ बजे बस्ने बैठकमा विभिन्न महत्वपूर्ण विषयहरूमा छलफल तथा कार्यसूची पेशगर्ने तयारी रहेको प्रदेश सभाका सविच दुर्लभकुमार पुनमगरले जानकारी दिनुभयो ।
शान्ति उद्यानमा पर्यटक आकर्षण बढ्दाे
तुलसीपुर उपमहानगरपालिका–७ स्थित राप्ती शान्ति उद्यानमा संरचना थपिएसँगै पर्यटक आकर्षण बढेको छ । एक वर्षको अवधिमा दुई लाख ३९ हजार बढीले शान्ति उद्यानको अवलोकन गरेका छन् ।
आहाराको प्रतीक्षामा भद्राई
दाङ, फागुन ४ गते । दाङको घोराही उपमहानगरपालिका–१६ स्थित मघै गाउँको तोरी बारीमा आहाराको प्रतीक्षामा बसेको भद्राई चरा । तस्बिरः रासस
डढेलो नियन्त्रण गर्न विशेष अभियान
अर्घाखाँचीमा डढेलो रोकथामका लागि विशेष अभियान सञ्चालन भएको छ । सुक्खा मौसमसँगै हावाहुरी चल्ने भएकाले अधिकांश वन डढेलोको उच्च जोखिममा रहेको भन्दै विशेष अभियान सञ्चालन गरिएको हो ।
‘शिक्षाबिनाको मान्छे सुगन्धबिनाको फूल’
प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा रानामगरले शिक्षाबिनाको मान्छे सुगन्धबिनाको फूल जस्तै हुने टिप्पणी गर्नुभएको छ ।
दैनिक पाँच हजार नेपाली महाकुम्भ जाँदै
पश्चिम नेपालको प्रमुख नाका मानिने जमुनाहबाट भारतको उत्तरप्रदेशको प्रयागराजमा सञ्चालन भइरहेको महाकुम्भ मेलामा ठुलो सङ्ख्यामा तीर्थयात्री जाने गरेका छन् ।
लुम्बिनीमा दुई ठुला धार्मिक कार्यक्रम हुँदै
बुद्ध जन्मस्थल लुम्बिनीमा फागुन दोस्रो सातादेखि दुई ठुला कार्यक्रम आयोजना हुने भएका छन् । प्रत्येक वर्ष हुने कुलपुत्र प्रवज्या (अल्पकालीन भिक्षु) कार्यक्रम र चौथो लुम्बिनी अन्तर्राष्ट्रिय त्रिपिटक पाठ समारोह हुने बताइएको छ ।
रम्भाका चौध घरमा सामुदायिक घरवास सञ्चालन
पाल्पाको रम्भा गाउँपालिकामा सामुदायिक घरवास सञ्चालनमा आएको छ । यहाँको वडा नं २ फोक्सिङकोटमा पहिलो पटक रानीवास सामुदायिक घरवास कार्यक्रम सुरु भएको हो ।
चितुवाको आक्रमणबाट आँगनमा खेलिरहेको बालकको मृत्यु
गए राती घरको आँगनमा खेली रहेका दुई वर्षीय वालकलाई चितुवाले आक्रमण गर्दा मृत्यु भएको छ । मधुवन नगरपालिका वडा न ७ भाट चोकमा शनिवार साँझ करिब आठ बजेको समयमा आँगनमा खेलिरहेको बच्चालाई चितुवाले आक्रमण गरेको थियो ।
अवैध माछाले बजारीकरणमा समस्या
भारतीय बजारबाट अवैध रूपमा भित्रिएका माछाका कारण रुपन्देहीका कृषक समस्यामा परेका छन् । अवैध माछाका कारण स्थानीय कृषकले बजारीकरणको समस्या भोग्नु परेको हो ।
दोस्रो आवधिक योजना विकास परिषदबाट पारित
लुम्बिनी प्रदेश योजना आयोगले प्रदेश विकास परिषद्को बैठकमार्फत दोस्रो आवधिक योजना पारित गरेको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा योजना आयोगका अध्यक्ष चेतनारायण आचार्यको अध्यक्षतामा सम्पन्न बैठकले दोस्रो आवधिक योजना पारित गर्ने निर्णय गरेको योजना आयोगका उपाध्यक्ष डा. डिल्लिराज अर्यालले जानकारी दिनुभयो ।
रुरुक्षेत्रले आफ्नै गान बनाउने
गुल्मीको रुरुक्षेत्र गाउँपालिकाले आफ्नै पालिका गान तयार गर्ने भएको छ। पालिका गान तयार गर्नका लागि गाउँपालिकाले प्रक्रिया थालेको छ। गाउँपालिकाले इच्छुक नेपाली नागरिकको लागि पालिकाको गान तयार गर्न सार्वजनिक सूचना जारी गरेको प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले जानकारी दिनुभयो।
बाँकेमा ३० हजारभन्दा बढी बालिकाले लगाए एचपिभी खोप लगाए
बाँके जिल्लामा ३० हजारभन्दा बढी बालिकालाई एचपिभी खोप लगाइएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ । स्वास्थ्य कार्यालय बाँकेका खोप फोकल पर्सन नरेश श्रेष्ठका अनुसार जिल्लाका आठ वटा पालिकामा सुरु गरिएको खोप कार्यक्रम अनुसार १२ दिनमा ३० हजार तीन सय जना बालिकालाई एचपिभी खोप लगाइएको हो ।
मौरीले डस्दा पाँच घाइते
तुलसीपुर उपमहानगरपालिका –४ खाद्रेमा जङ्गली मौरीले डस्दा पाँच जना घाइते भएका छन् । मौरीले डस्दा बिरामी हुनेमा तुलसीपुर–४ खाद्रे निवासी २३ बर्षीय भिमा बुढा, ११ बर्षीय विवश बुढा, सोही ठाउँकै २८ बर्षीया सिता गिरी, उहाँकी ९ बर्षीया छोरी आयुसा गिरी र ५ बर्षीय छोरा आयुस गिरी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी तथा प्रहरी निरीक्षक सूर्य रानाले जानकारी दिनुभयो ।
ब्राइटल्यान्ड मेयर कप फुटबलको फाइनलमा
ब्राइटल्यान्ड स्कुल मेयर कप अन्तर विद्यालय छात्र फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
तीनै तहका सरकारलाई अधिकारसम्पन्न बनाउन सरकार लागिरहेको छ : उपप्रधानमन्त्री सिंह
उपप्रधान एवम् सहरी विकास मन्त्री प्रकाशमान सिंहले सङ्घीयताको मूल भावना अनुसार सङ्घ, प्रदेश र स्थानीय तीनै तहको सरकारलाई पूर्ण अधिकार सम्पन्न बनाउन सरकार लागिरहेको बताउनुभएको छ ।
अर्ब लगानीमा सिटी प्यालेस
नेपालगन्जमा सञ्चालनमा रहेको होटल सिटी प्यालेसले सेवा विस्तार गर्दै एक अर्ब बढीको लगानी गरेको छ । नेपाली र भारतीय पाहुनालाई लक्षित गरी सेवा बिस्तार गरिएको सञ्चालक लोकेन्द्र अर्यालले जानकारी दिनुभयो ।
रामपुर महोत्सवमा आठ करोडको कारोबार
पाल्पामा भएको चौथो रामपुर महोत्सव तथा व्यापार मेलामा आठ करोड रुपियाँको कारोबार भएको छ । रामपुरमा १३ दिनसम्म सञ्चालन भएको महोत्सव अवधि भरमा ८ करोड रुपियाँ बराबरको कारोबार भएको संघले जनाएको छ ।
संस्थागत क्षमता स्वमूल्याङ्कनमा रोल्पा नगरपालिका पहिलो
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सार्वजनिक गरेको स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा रोल्पा नगरपालिका प्रथम भएको छ । रोल्पाका १० स्थानीय तहमध्ये आथिर्क वर्ष २०८०/०८१ मा स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (लिजा)को रिपोर्टमा रोल्पा नगरपालिकाले ९५ अङ्क लिएर पहिलो भएको हो ।
रूपन्देहीको प्रादेशिक इन्धन डिपोको डिपिआर अन्तिम चरणमा
रूपन्देहीको रोहिणी खोला किनारमा निर्णाण गर्न लागिएको नेपाल आयल निगमको प्रादेशिक इन्धन डिपोको डिपिआर अन्तिम चरणमा पुगेको छ ।
जङ्गली हात्ती मृत फेला
बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नम्बर ४ खैलार गाउँमा जङ्गली हात्ती मृत फेला परेको छ । खैलार गाउँको प्राथमिक विद्यालय नजिक गहुँ खेतमा भाले हात्ती मृत फेला परेको हो ।
सीमा गाउँ
रुकुम पूर्व, फागुन ३ गते । रुकुम पूर्वको भुमे गाउँपालिका ३ स्थित सीमा गाउँ । तस्बिरः रासस