सन्तोष दहित
दाङ, फागुन ४ गते । लुम्बिनी प्रदेश सभाको नवौं बैठक आज बस्दैछ । दिउँसो १ बजे बस्ने बैठकमा विभिन्न महत्वपूर्ण विषयहरूमा छलफल तथा कार्यसूची पेशगर्ने तयारी रहेको प्रदेश सभाका सविच दुर्लभकुमार पुनमगरले जानकारी दिनुभयो ।
उहाँको अनुसार बैठकको सुरुवातमा सभामुख तुलाराम घर्तीमगरले कार्यव्यवस्था परामर्श समितिमा सदस्यहरूको नाम हेरफेरसम्बन्धी जानकारी सभालाई गराउनु हुने कार्यसूची छ । त्यसपछि समसामयिक विषयमा छलफलका लागि करिब डेढ घण्टा प्रदेशसभा सदस्यहरूका लागि समय छुट्याइएको उहाँले जानकारी दिनुभयो।
त्यस्तै, आज बस्ने वैठकमा लुम्बिनी अनुसन्धानसम्बन्धी प्रतिवेदनसहितको विधेयक पेश र प्रदेश आर्थिक कार्यविधिसम्बन्धी प्रतिवेदनसहितको विधेयकसम्बन्धि समितिका सभापतिले प्रदेश सभामा विधेयक पेश गर्ने कार्यसूची रहेको सचिव पुनमगरले जानकारी दिनुभयो ।