• ४ फागुन २०८१, आइतबार

ब्राइटल्यान्ड मेयर कप फुटबलको फाइनलमा

blog

प्लेयर अफ दी म्याचलाई पुरस्कार प्रदान गरिँदै ।

कमल खत्री

धम्बोझी, फागुन ३ गते । ब्राइटल्यान्ड स्कुल मेयर कप अन्तर विद्यालय छात्र फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

नेपालगन्ज रङ्गशालामा शनिबार भएको सेमिफाइनलमा ब्राइटल्यान्डले मनकामना मावि नेपालगन्जलाई पेनाल्टी सुटआउटमा ४–२ गोलले पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ ।

निर्धारित समय गोलरहित बराबरीमा खेल सकिएको थियो । पेनाल्टी सुटआउटमा ब्राइटल्यान्डको लागि अनमोल गुरुङ, निशान्त बुढामगर, जोन थारु, श्रीरिस रावतले गोल गर्नुभयो । मनकामनाको तर्फबाट विशाल बम र रोशन महताराले गोल गर्नुभएको थियो । 

अब ब्राइटल्यान्डले प्रतियोगिताको फाइनल खेलमा आइतबार ग्रीनपीस मावि कोहलपुरसँग प्रतिस्पर्धा गर्नेछ । छात्रतर्फको फाइनलमा नेपालगन्ज सेन्ट जेभियर्स र आदर्श मावि नेपालगन्जले फाइनलमा प्रतिस्पर्धा गर्नेछन् । 

बाँके जिल्ला फुटबल सङ्घको आयोजनामा सुरु भएको प्रतियोगिताको छात्रतर्फ २१ टिम र छात्रातर्फ ६ टिमको सहभागिता रहेको छ । प्रतियोगितामा छात्रतर्फ २१ टिम र छात्रतर्फ ६ टिमको सहभागिता रहेको थियो ।