• २० असार २०८२, शुक्रबार

थारू भाषाको पाठ्यपुस्तक निर्माण

blog

घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीलाई पाठ्यक्रम हस्तान्तरण । तस्बिर : सन्तोष दहित

सन्तोष दहित

दाङ, असार २० गते  । घोराही उपमहानगरपालिकाले कक्षा तीनको लागि थारू भाषा पाठ्यक्रम निर्माण गरेको छ । थारु कल्याणकारिणी सभा दाङको सहायताले तयार परिएको पाठ्य पुस्तकको लेखन शिक्षक माधव चौधरी, विष्णुराज चौधरी, विकास चौधरी, लक्ष्मीमान चौधरी र पूर्णा चौधरी गर्नुभएको थियो ।

थारू भाषालाई सरकारी कामकाजी भाषाकारुपमा निर्णय गरेपछि विगत तीनवर्षदेखि घोराहीमा कक्षा १ बाट थारू भाषाको पाठ्यपुस्तकनै तयार पारेर घोराहीको बेलुवा बञ्जाडीमा पढाउन सुरु गरिँदै आएको छ । त्यसैलाई निरन्तरता दिँदै कक्षा तीनको लागि घोराही उपमहानगरले पाठ्यक्रम तयार गरेको हो। 

यसैबिच थारू कल्याणकारिणी सभा दाङ र थारू भाषाको पाठ्यक्रम लेखन मण्डलले तयार पारेको तीन कक्षाको पाठ्यपुस्तक घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीलाई हस्तान्तरण गरेको छ । सोही अवसरमा घोराही  अवसरमा बोल्दै घोराहीका नगरप्रमुख नरुलाल चौधरीले थारू भाषाको पढाइले थारू समुदायका बालकहरुलाई क्षमतावान बनाउन सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो । 

यसैगरी उपप्रमुख हुमा डिसीले थारू भाषामा पढाइ हुनु सुखद कुरा भएको बताउनुभयो । त्यस्तै नेपाल पत्रकार महासङ्घका केन्द्रीय सचिव सविन प्रियासन, विभिन्न वडाका अध्यक्षहरु, सरोकारवाला निकायहरुको सहभागिता थियो । कार्यक्रममा पुस्तक लेखन कार्यसम्पादन मण्डलका संयोजक माधव चौधरीले पुस्तकको बारेमा जानकारी गराउनुभएको थियो । कार्यक्रमको सहजीकरण विपना बर्तौलाले गर्नुभएको थियो ।