• २१ असार २०८२, शनिबार

बाल्टीमा डुबेर बालिकाको मृत्यु

blog

भवानीदत्त भट्ट

कञ्चनपुर, असार २० गते । कञ्चनपुरमा बाल्टीमा डुबेर एक बालिकाको मृत्यु भएको छ । जिल्लाको भीमदत्त नगरपालिका–८ तिलाचौडमा सुरज सिंहका डेढ वर्षीया बालिकाको मृत्यु भएको हो । 

आज (शुक्रवार) दिउँसो स्नान गृहमा रहेको बाल्टीको पानीमा डुबेर गम्भीर घाइते भएका बालिकाको महाकाली प्रादेशिक अस्पतालमा उपचारका क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । घटनाको विषयमा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डिएसपी) सागर बोहराले बताउनुभयो ।