दाङमा लुम्बिनी प्रदेशस्तरीय पुरुष बास्केटबल सुरु
लुम्बिनी प्रदेश खेलकुद परिषद्को आयोजनामा बिहीबारदेखि दाङको घोराही प्रदेश स्तरीय पुरुष बास्केटबल प्रतियोगिता सुरु भएको छ ।
मुस्लिम सङ्घ लुम्बिनी प्रदेशको अधिवेशन स्थगित
नेपाल मुस्लिम सङ्घ लुम्बिनी प्रदेशको प्रथम अधिवेशन विवादका कारण स्थगित भएको छ । नेपाली कांग्रेसको भातृसङ्गठन मुस्लिम सङ्घको बुधबार नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले उद्घाटन गर्नुभएको थियो ।
रुकुमपूर्वको कार्य सम्पादनमा भूमे पहिलो
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/८१ को कार्यसम्पादन मूल्याङ्कनमा रुकुमपूर्वमा भूमे गाउँपालिका पहिलो भएको छ ।
फोनिज दाङको अध्यक्षमा दिप्तीशिखा
आदिवासी जनजाति पत्रकार महासंघ दाङको अध्यक्षमा दिप्तीशिखा चौधरी सर्वसहमत निर्वाचित हुनुभएको छ । बिहीबार तुलसिपुरमा भएको दशौँ अधिवेशनबाट चौधरीको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरिएको हो ।
संस्थागत क्षमता स्वमूल्याङ्कनमा राप्ती गाउँपालिका प्रथम
स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनले प्रकाशन गरेको आर्थिक वर्ष २०८०/०८१ मा दाङको १० स्थानिय तहमा राप्ती गाउँपालिका प्रथम भएको छ ।
बाँकेमा दोस्रो चरणको एचपिभी खोप अभियान सुरु
बाँकेमा दोस्रो चरणको एचपिभी खोप अभियान पनि सुरु भएको छ । दोस्रो चरणमा जिल्लाको राप्तीसोनारी गाउँपालिका, डुडुवा गाउँपालिका, नरैनापुर गाउँपालिका र बैजनाथ गाउँपालिकामा मुखको क्यान्सरविरुद्धको एचपिभी खोप अभियान सुरु गरिएको स्वास्थ्य कार्यालय बाँकेका खोप फोकलपर्सन नरेश श्रेष्ठले बताउनुभयो ।
कार्यसम्पादन मूल्याङ्कनमा परिवर्तन गाउँपालिका उत्कृष्ट
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/०८१ को कार्यसम्पादन मूल्याङ्कन अनुसार रोल्पाको परिवर्तन गाउँपालिका उत्कृष्ट देखिएको छ ।
फरक क्षमता भएका व्यक्तिलाई सहायता सामग्री उपलब्ध
रामपुर नगरपालिकामा फरक क्षमता भएका व्यक्तिलाई सहायता सामग्री उपलब्ध गराइएको छ । यहाँको रामपुर–७ मा बसोबास गर्ने फरक क्षमता भएका नौ जनालाई सहायता सामग्री (ह्विलचियर) सहयोग गरिएको हो ।
अध्यक्ष प्रचण्डद्वारा गुल्मीमा हेलीप्याड र पिस पार्कको उद्घाटन
नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हेलीप्याड तथा मालिका पिस पार्कको उद्घाटन गर्नुभएको छ ।
भिड नियन्त्रण सम्बन्धी संयुक्त अभ्यास
जिल्ला प्रहरी कार्यालय कपिलबस्तु र सशस्त्र प्रहरी बल नेपाल नं. २८ गण हे. क्वा कपिलवस्तुको सहकार्यमा भिड नियन्त्रण सम्बन्धी संयुक्त अभ्यास तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
घोराही–तुलसीपुर चार लेन सडकको ठेक्का आह्वान
दाङको घोराही–तुलसीपुर चार लेन सडक विस्तारका लागि ठेक्का आह्वान भएको छ । सडक विभागअन्तर्गतको मदन भण्डारी राजमार्ग आयोजना निर्देशनालयले विहीबार सार्वजनिक सूचना जारी गर्दै घोराही–तुलसीपुर सडक विस्तारका लागि तीन अर्ब ९९ करोड रुपियाँको ठेक्का आह्वान गरेको हो ।
तीनमुखे झोलुङ्गे पुल
गुल्मी, फागुन १ गते । गुल्मी, पाल्पा र स्याङ्जा जिल्लाको सङ्गमस्थल रिडीस्थित कालीगण्डकी नदीमा निर्माण गरिएको तीनमुखे झोलुङ्गे पुल । तस्बिरः रासस
गोही प्रजनन केन्द्र
बर्दिया राष्ट्रिय निकुञ्जको गोही प्रजनन केन्द्रमा रहेका घडियाल गोही बिहानको समयमा घाम ताप्दै ।
दुई प्रदेश सरकारबिच साझा प्रतिबद्धता
लुम्बिनी र गण्डकी प्रदेशको रणनीतिक विकासका लागि २१ बुँदे साझा प्रतिबद्धता गरिएको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य र गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले दुई प्रदेशको रणनीतिक विकासका लागि २१ बुँदे साझा प्रतिबद्धतामा हस्ताक्षर गर्नुभएको हो ।
स्थानीय तहका अस्पताल अन्योलमै
गुल्मीदरबार गाउँपालिकाले जिल्लामै पहिलो पटक १५ शय्याको अस्पताल निर्माण सम्पन्न गरी बिहीबार (फागुन १ गते) देखि सञ्चालनमा ल्याइने भएको छ ।
चार वटा पुलको निर्माण प्रारम्भ
बुटवल–गोरुसिङ्गे ५० किलोमिटर सडक स्तरोन्नतिको काम पुल निर्माणको चरणबाट सुरु भएको छ । पहिलो चरणमा सो सडकखण्डमा निर्माण हुने ३० वटा पक्की पुलमध्ये चार वटा पुलको एकैसाथ निर्माण सुरु गरिएको छ । सो सडकखण्डको यही माघ ११ गते प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट शिलान्यास गर्नुभएको थियो ।
छोरीको शव ल्याउन भौँतारिरहेकी ७० वर्षीया आमा
नवलपरासी, फागुन १ गते । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को कावासोती नगरपालिका–४ की ७० वर्षीया धनमाया सार्कीको आँखा विगत १० महिनादेखि ओभानो भएको छैन । रोजगारीका लागि मलेसिया गएकी छोरीको हत्या भएको खबर सुनेदेखि धनमायाको आँखाबाट आँसु रोकिएको छैन । गत वैशाख २६ गते मातातीर्थ औँसीको दिन आमाको मुख हेर्ने भन्दै मलेसियाबाट छोरी तिलमाया सार्कीले गरेको फोन नै अन्तिम फोन थियो । त्यसको एक हप्तापछि अर्को फोन आयो र थाहा भयो २५ वर्षीया छोरी तिलमायाको हत्या भयो भनेर । त्यसयता उहाँ बेचैन हुनुहुन्छ । श्रीमान्सँग सम्बन्धविच्छेदपछि छ वर्षीया छोरी आमाको जिम्मा लगाएर मलेसिया उडेकी तिलमायाको हत्या भएको १० महिना बितिसकेको छ तर हालुम्म न शव आएको छ, न त राहत रकम नै । लामो समयसम्म अनेक प्रयास गर्दा पनि शव नेपाल ल्याउन नसक्दा वृद्धा आमा र नाबालिग छोरी बेचैनी थप बढेको छ । छोरीको शव ल्याउन आमा धनमाया १० महिनादेखि वडा कार्यालय र नगरपालिका धाइरहनुभएको छ । शव झिकाउन सबै कागजी प्रक्रिया पूरा गरेर मलेसिया पठाए पनि कुनै सुनुवाइ नभएको उहाँको गुनासो छ । “शव आउला भन्ने आश गर्दागर्दै १० महिना बितिसक्यो तर न शव देख्न पाइयो, न राहत रकम नै हात प¥यो”, उहाँले भन्नुभयो, “म यो नातिनी लिएर अझै कहाँ कहाँ धाउनुपर्ने हो, मेसो पाउन सकेको छैन ।”तिलमायाको हत्या भएको खबरलगत्तै सम्पूर्ण कागजात मिलाएर आप्रवासन केन्द्रमा शव झिकाउनका लागि आग्रह गर्दा पनि अहिलेसम्म सुनुवाइ नभएको तिलमायाकी दिदी नीलमाया सार्कीले बताउनुभयो । “समयमै शव वा कागजात नआउँदा राज्यबाट प्राप्त हुने राहत नै पाइँदैन कि भन्ने चिन्ता पनि थपिएको छ”, उहाँले भन्नुभयो, “जे हुने भई हाल्यो, केही राहत पाए त यो छोरीको लालनपालनमा सहयोग हुने थियो ।”सुरक्षित आप्रवासन केन्द्र [सामी परियोजना] की परामर्शदाता रञ्जना लम्सालले मृत्युको खबर आउनेबित्तिकै नाता प्रमाणित गरी आवश्यक कागजपत्र मलेसिया पठाइए पनि अझै शव नेपाल ल्याउन नसकिएको बताउनुभयो । “मलेसियन दूतावासका अनुसार अनुसन्धानले अन्तिम टुङ्गो नलागी शव नेपाल पठाउँदा मुद्दा किनारा लाग्न समस्या हुन्छ भनेर नपठाएको जानकारी पाएका छौँ । मुद्दा किनारा लाग्न ढिलो हुँदा नाबालिकाले पाउने राहत गुम्ला कि भन्ने चिन्ता छ”, उहाँले भन्नुभयो । वैदेशिक रोजगार बोर्डको नियमानुसार मृत्यु भएको मितिले एक वर्षभित्रमा आर्थिक सहायताका लागि निवेदन पेस गरिसक्नुपर्छ । तिलमायाको हत्या आरोपमा एक पाकिस्तानी युवामाथि मुद्दा चलेको र शवलाई पनि अनुसन्धान गर्नुपर्ने भएकाले शव आउन ढिला भएको वैदेशिक रोजगार बोर्डका प्रवक्ता टीकाराम ढकालले बताउनुभयो । “शव परिचालनमा नै लामो समय लागेको दूतावासले जानकारी गराएको थियो”, उहाँले भन्नुभयो, “शव पहिचान भएपछि नेपाल ल्याउन पहल गर्दा पनि शव अस्पतालमै रहेको र अस्पतालले मृत्यु प्रमाणपत्र प्रमाणित पनि नगरेको जानकारी पाएका छौँ ।”सुरक्षित आप्रवासन केन्द्रको तथ्याङ्कअनुसार नवलपरासी [बर्दघाट सुस्तापूर्व] बाट वैदेशिक रोजगारीमा गएकामध्ये चालु आर्थिक वर्षको माघ मसान्तसम्म १८ जनाको मृत्यु भएको छ । यो अवधिमा मृत्यु भएकामध्ये तीन जनाको शव नेपाल आउन बाँकी छ ।
आगलागी हुँदा चार पसलमा क्षति
घोराहीमा आगलागीबाट चार वटा पसलमा क्षति पुगेको छ । बुधवार साँझ करिव साढे ८ बजेतिर आगलागी हुँदा घोराही उपमहानगरपालिका –१५ ट्राफिक चोकमा रहेका चार वटा किराना तथा तरकारी पसलमा क्षति पुगेको हो ।
यो सरकारलाई असफल हुने छुट छैन : महामन्त्री थापा
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले दुई ठुला दल नेपाली काँग्रेस र नेकपा (एमाले) को संयुक्त यो सरकारलाई असफल हुने छुट नभएको बताउनुभएको छ ।
जमुनाह नाका भएर ठुलो सङ्ख्यामा नेपाली महाकुम्भमा जाँदै
पश्चिम नेपालको प्रमुख नाका मानिने जमुनाहबाट भारतको उत्तरप्रदेशको प्रयागराजमा सञ्चालन भइरहेको हिन्दु धर्मावलम्बीको महाकुम्भ मेलामा ठूलो संख्यामा तिर्थयात्रु जाने गरेका छन्।
‘भ्रातृ संस्थामा आवधिक निर्वाचन नहुँदा पार्टीमा असर पुग्यो’
नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले पार्टीका भ्रातृ र शुभेच्छुक संस्थाको विधानअनुसार नियमित महाधिवेशन हुन आवश्यक रहेको बताउनुभएको छ । नेपाल मुस्लिम संघ लुम्बिनी प्रदेशको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै नेता महरले लामो समय प्रमुख भातृ संस्थाको अधिवेशन हुन नसक्दा नेतृत्व हस्तान्तरणका साथै पार्टीको आन्तरिक जीवनमा असर पुगेको बताउनुभएको हो ।
प्रदेश सरकारले गर्दैछ क्यान्सर बिरामीको उपचारमा सहयोग
ऐरावती गाउँपालिका –३ थारदमार प्युठानकी सुस्मिता थापालाई ब्लड क्यान्सर छ । १३ वर्षीया थापाको अहिले कान्ति वाल अस्पाताल महाराजगञ्ज काठमाडौंमा उपचार भइरहेको छ । क्यान्सरका विरामीका लागि संघीय सरकारले एक लाख रुपियाँ उपचार खर्च दिने जानकारी पाएपछि बुवा लोकबहादुर थापा ऐरावती गाउँपालिकामा सिफारिसका लागि पुग्नुभयो ।
भूमि बैङ्कमार्फत किसानलाई प्रोत्साहन गर्दै स्थानीय सरकार
तुलसीपुर उपमहानगरपालिका–१५ का मदन चौधरीले व्यावसायिक रूपमा तरकारी खेती गर्दै आउनुभएको छ । पालिकाबाट किसान परिचयपत्र पाएपछि उहाँलाई आफूले उत्पादन गरेको तरकारी बिक्रीमा कुनै समस्या छैन । सोही परिचयपत्र र तरकारी लिएर हरेक बिहान तुलसीपुर बजारमा तरकारी बिक्री गर्न जाने गर्नुहुन्छ ।
आठ हजार बढी विद्यार्थीहरुको मुटु जाँच
गुल्मीमा आठ हजार बढी विद्यार्थीहरुको मुटु जाँच गरिएको छ ।