• २ फागुन २०८१, शुक्रबार

ट्रान्सपरेन्सी रिपोर्ट प्रचण्ड नेतृत्व सरकारको हो : महासचिव पोखरेल

blog

नेकपा (एमाले) महासचिव शंकर पोखरेल । फाइल तस्विर

सन्तोष दहित 

दाङ, फागुन १ गते । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले ट्रान्सपरेन्सी रिपोर्ट अहिलेको नभइ नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारको पालाको भएको बताउनुभएको छ । 

ट्रान्सपरेन्सी इन्टरनेशनलले भ्रस्टाचारको सूचकमा नेपालको अवस्था १ अंक तल झरेर अझ कमजोर भएको रिपोर्ट सार्वजनिक भएपछि उहाँले सामाजिक संजालमार्फत बिहीवार राति यस्तो धारणा राख्नुभएको हो । 

भ्रस्टाचारको सूचकमा नेपालको अवस्था १ अंक तल झरेर अझ कमजोर भएको रिपोर्ट सन् २०२४ को हो, महासचिव पोखरेलले भन्नुभयो, जुन वर्षको आधिभन्दा वढी समय माओवादी नेतृत्वको सरकार नै थियो । त्यसमाथि यसै वर्ष सुशासनको सन्दर्भमा प्रकाशित ६ वटा रिपोर्टमध्ये तीनवटा रिपोर्टमा नेपालको अवस्था खस्किएको देखाइएको छ । 

ुविश्ववैंक लगायत तीन वटाको रिपोर्टमा भने नेपालको अवस्थामा सुधार भएको देखिन्छ, उहाले भन्नुभएको छ, त्यस अर्थमा नेपालको सन्दर्भमा कुन रिपोर्ट भरपर्दो भन्ने कुरा आफ्नो ठाउँमा छ । तर विग्रिएको तथ्यलाई नै आधार बनाउने हो भने पनि ठुलो हिस्सा पूर्ववर्ति सरकार र त्यसको नेतृत्वलाई जान्छ । 

विगत सरकारको काम ठिक नभएको र मुलुक संकटग्रस्त वन्न पुगेको निष्कर्षका आधारमा वर्तमान सरकार गठन भएको महासचिव पोख्रेलले स्पष्ट पार्नुभयो । त्यस आधारमा दुई दलबिचमा भएको ७ वुँदे सहमतिमा नै उक्त कुरा उल्लेख भएको उहाँले बताउनुभयो । 

वर्तमान सरकार गठन भएपछि कानुनी, संरचनागत र कार्यशैलीमा सुधार गरेर सुशासन र सेवा प्रवाहमा जोड़ दिने काम भएसँगै आर्थिक सुधारमा जोड दिइएको उहाँको दाबी छ । यसको प्रभाव र परिणामका लागि अर्को वर्षको रिपोर्ट पर्खनु पर्ने महासचिव पोख्रेलको भनाइ छ ।