बम विस्फोट हुँदा बालक घाइते
मल्लरानी गाउँपालिका वडा नम्बर ३ धरमपानीमा सुतली बम विस्फोट हुँदा एक जना बालक घाइते भएका छन् ।
‘लोकतन्त्रको रक्षा गर्न बरघर प्रथालाई कानुनी मान्यता देऊ’
मटावाँ (बरघर–भलमन्सा), ककन्डर्वाहरूले लोकतन्त्रको रक्षा गर्न बरघर (मटावाँ) प्रथालाई कानुनी मान्यता दिन माग गरेका छन् ।
पक्की पुल बनेपछि यात्रा सहज
प्युठानका गाउँगाउँका सडकलाई अहिले पक्की पुलले जोडेको छ । ६४ वटा वडा रहेको प्युठानका धेरै सडकमा पर्ने नदीमा पक्की पुल बनेपछि गाउँमा बाह्रै महिना गाडी चल्ने भएका छन् ।
नरैनापुर अध्यक्ष कप तथा रनिङ शिल्डको उपाधि महेन्द्र माविलाई
बाँकेको नरैनापुर गाउँपालिकाको आयोजनामा भएको छैठौं अध्यक्ष कप तथा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा महेन्द्र माध्यमिक विद्यालय मटेहिया प्रथम भएको छ ।
उत्कृष्ट कृषकलाई सम्मान तथा पुरस्कार
रामपुरमा कृषि तथा पशुपंक्षी प्रदर्शनी उत्कृष्ट कृषकलाई पुरस्कृत तथा सम्मान गरिएको छ ।
विश्वशान्तिका लागि त्रिपिटक वाचन
गुरुङडाँडा व्यवस्थापन समिति बुटवलको आयोजनामा विश्वशान्तिको कामना गर्दै काङ्ग्युर (त्रिपिटक) पाठवाचन अनुष्ठान शुभारम्भ भएको छ ।
भाषणले देश बन्दैन : नेता भण्डारी
नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीले भाषणले देश नबन्ने बताउनुभएको छ । तम्घासमा नेपाली कांग्रेस रेसुङ्गा नगर कार्यसमितिद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेता भण्डारीले सो कुरा बताउनुभएको हो ।
मोटरसाइकल चोरी गर्ने गिरोह पक्राउ
इलाका प्रहरी कार्यालय बुटवलले लामो समयदेखि मोटरसाइकल चोरीमा संलग्न गिरोहलाई पक्राउ गरेको छ ।
जनताको काम सकेर कृषिमा
यहाँका एक वडाध्यक्ष जनताको सेवाका साथै कृषि पेसामा रमाउँदै आउनुभएको छ ।
३४ हजारको आँखा उपचार
नेपाल नेत्रज्योति संघ जिल्ला शाखा गुल्मीले वार्षिक करिब ३४ हजार नागरिकको आँखा उपचार र पाँच सयभन्दा बढीको शल्यक्रिया गरेको छ।
सहिद उमेशचन्द्र थापाको योगदानको सम्झना
नेकपा (एमाले)का केन्द्रीय पोलिटब्युरो सदस्य नरुलाल चौधरीले जनतालाई सार्वभौम बनाउन सहिद उमेशचन्द्र थापाको योगदान अतुलनीय रहेको बताउनुभएको छ।
पुलिस क्लबलाई भलिबल उपाधि
पाल्पामा भएको रामपुर महोत्सव कप क्लबस्तरीय भलिबलको उपाधि नेपाल पुलिस क्लबले जितेको छ ।
थारू संस्कृतिलाई आयआर्जनसँग जोड्नुपर्छ : मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले परम्परागत मौलिक कला संस्कृति संरक्षण गर्दै त्यसलाई समुदायको आयआर्जनसँग जोड्नुपर्ने बताउनुभएको छ । अन्तरप्रदेश स्तरीय थारू सांस्कृतिक सम्मेलनको दाङ चखौरामा आयोजित उद्घाटन समारोहलाई आज सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभयो ।
थारू सीप र संस्कृतिको प्रवर्धन गरौँ : सभापति देउवा
पूर्व प्रधानमन्त्री एवम् नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले थारू कला, सीप र संस्कृतिको प्रवर्धन गर्नुपर्ने बताउनुभएको छ । अन्तर प्रदेशस्तरीय सांस्कृतिक सम्मेलन एवम् मटावाँ बरघर भलमन्सा अधिवेशनको शनिबार उदघाटन गर्दै पूर्व प्रधानमन्त्री देउवाले सो कुरा बताउनुभयो ।
व्यक्तिगत स्वार्थमा लाग्दा जनताबाट नेता बाहिरिए : चन्द्र भण्डारी
नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीले नेता व्यक्तिगत स्वार्थमा लाग्दा जनताको विश्वासबाट टाढा पुगेको बताउनुभएको छ।
पर्यटन प्रवर्धनका लागि नेपालगन्जबाट साइकल यात्रा
नेपालगन्ज साइक्लिङ क्लबले आयोजना गरेको टुर दि ठाकुरद्वारा साइकल यात्राको सातौं संस्करण नेपालगन्जबाट सुरु भएर बर्दिया राष्ट्रिय निकुञ्ज रहेको ठाकुरद्वारामा पुगेको छ।
ट्याक खुलेको ३२ वर्षपछि कालोपत्र गरिँदै
ट्याक खुलेको ३२ वर्षपछि जिल्लाको दक्षिणी भेगलाई स्याङ्जासँग जोड्ने वालिङ-हुवास सडक कालोपत्र हुने भएको छ । वि.सं.२०४९ मा ट्याक खोलिएको भए पनि हालसम्म उक्त सडक कच्ची छ ।
दाइले खेलाएको भरुवा बन्दुक पड्केर भाइको मृत्यु
दाङमा गोली लागेर एक बालकको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका–३ ठुलासम्वामा बरुवा बन्दुकको गोली लागेर आठ वर्षीय बालक भुवन केसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
सरकारको नीति कार्यान्वयन हुने गरी काम हुनुपर्छ : नेता भण्डारी
नेपाली कांग्रेसका प्रवाभशाली नेता डा. चन्द्र भण्डारीले देशमा सरकारको नीति अनुसार विकास निर्माणका काम हुनुपर्ने बताउनुभएको छ ।
कांग्रेस सभापति देउवा दाङमा
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा दाङ आइपुग्नुभएको छ । पूर्व प्रधानमन्त्री समेत रहनुभएको सभापति देउवाले मटावाँ, बरघर, भलमन्सा संघले दंगीशरण गाउँपालिका–३ स्थित चखौरामा आयोजना गर्ने भेलालाई सम्बोधन गर्न यहाँ आइपुग्नुभएको हो ।
लुम्बिनी प्रदेशमा सिविआर कार्यक्रम कार्यान्वयनमा ढिलाइ
मल्लरानी गाउँपालिका–४ खलङ्काकी सपना पोख्रेल शारिरीक रूपमा अपाङ्ग हुनुहुन्छ । पोख्रेललाई जिविकोपार्जनको रूपमा अघि बढाउन समुदायमा आधारित पुनर्स्थापना कार्यक्रमले सहयोग पुर्याएको छ ।
अध्यादेशबाट शासन गर्न खोज्नु गलत : नेता श्रेष्ठ
नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले अध्यादेशबाट शासन गर्न खोज्नु गलत भएको बताउनुभएको छ । प्रेस सेन्टर नेपाल पाल्पाले शनिबार तानसेनमा गरेको पत्रकार भेटघाटमा बोल्नुहुँदै उहाँले सदन नबसेका कारणले देशमा तत्काल देखा परेको समस्या समाधान गर्न अध्यादेश ल्याउने संसदीय अभ्यास भए पनि सरकारले त्यसलाई कुल्चेको आरोप उहाँले लगाउनुभयो ।
भेरी अस्पतालका २८ वटा स्वास्थ्य उपकरण राष्ट्रिय आविष्कारद्वारा मर्मत
भेरी अस्पतालमा बिग्रिएर थन्किएका २८ वटा स्वास्थ्य उपकरणलाई राष्ट्रिय आविष्कार केन्द्रबाट खटिएको स्वास्थ्य विज्ञ प्राविधिकको टोलीले मर्मत गरी पुनः प्रयोग गर्न मिल्ने बनाएको छ ।
गुल्मीमा ९५ प्रतिशतले लगाए एचपिभी खोप
गुल्मीमा पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप ९५ दशमलव ६० प्रतिशतले लगाएका छन् । यस जिल्लामा माघ २२ गतेदेखि सबै स्थानीय तहमा एचपिभी खोप अभियान सुरु भएको स्वास्थ्य कार्यालय गुल्मीका जनस्वास्थ्य अधिकृत पशुपति आचार्यले जानकारी दिनुभयो ।