• २६ माघ २०८१, शनिबार

सहिद उमेशचन्द्र थापाको योगदानको सम्झना

blog

सन्तोष दहित

दाङ (घोराही), माघ २६ गते। नेकपा (एमाले)का केन्द्रीय पोलिटब्युरो सदस्य नरुलाल चौधरीले जनतालाई सार्वभौम बनाउन सहिद  उमेशचन्द्र थापाको योगदान अतुलनीय रहेको बताउनुभएको छ। 

नेकपा (एमाले) दाङ  ३ नम्बर क्षेत्रीय समन्वय कमिटीको बैठक तथा लोकतान्त्रिक आन्दोलनका प्रथम सहिद उमेशचन्द्र थापाको १९ औं स्मृति दिवसका अवसरमा तुलसीपुरमा आयोजना गरिएको कार्यक्रममा बोल्दै चौधरीले यस्तो बताउनुभएको हो। 

समन्वय कमिटीका संयोजक  मेघराज भुसालको अध्यक्षता एवम् पोलिट्ब्युरो सदस्य नरुलाल चौधरीको प्रमुख आतिथ्यतामा बैठक सम्पन्न भएको हो।  सो अवसरमा केन्द्रीय सदस्य एवम् क्षेत्रीय इञ्चार्ज कोमल वलीलेसमेत धारणा राख्नुभयो।

बैठकमा बोल्दै  जिल्ला अध्यक्ष  शिवकुमार आचार्यले नेकपा एमालेका केन्द्रीय अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली दाङ आउनुलाई उपलब्धिका रुपमा लिनुपर्नेमा जोड दिनुभयो। त्यसैगरी उपाध्यक्ष  मनोहर बुढाथोकीले एमालेका सम्पूर्ण नेता कार्यकर्तालाई फागुन ५ मा केन्द्रित भएर लाग्न आग्रह गर्नुभयो।

वैठकमा केन्द्रीय सल्लाहकार सदस्य ढुण्डिराज लामिछाने, स्थानीय विभागका सदस्य विकिरण गौतम, प्रदेश कमिटी सदस्य रामजी चौधरी, कृष्णप्रसाद भुसाल , सिमा न्यौपाने, जिल्ला सचिव स्याम डाँगी, तुलसीपुर उपमहानगरपालीकाका उपप्रमुख स्यानी चौधरीलगायत नेताको सहभागिता थियो।