• २८ माघ २०८१, सोमबार

उत्कृष्ट कृषकलाई सम्मान तथा पुरस्कार

blog

कृषकहरुलाई पुरस्कृत गरिँदै । तस्बिर : इमान सिं राना

इमान सिं राना

रामपुर (पाल्पा), माघ २७ गते । रामपुरमा कृषि तथा पशुपंक्षी प्रदर्शनी उत्कृष्ट कृषकलाई पुरस्कृत तथा सम्मान गरिएको छ । रामपुर उद्योग वाणिज्य सङ्घले चौथो रामपुर रामपुर महोत्सव, कृषि प्रदर्शनी एवम् व्यापार मेलाको अवसरमा भएको प्रदर्शनीमा उत्कृष्ट हुन सफल कृषकलाई पुरस्कार र व्यावसायिक रुपमा सक्रिय कृषकलाई सम्मान प्रदान गरेको हो ।

प्रदर्शनीमा राखिएका कृषि उपज र नगरभित्रका पशुपंक्षी फर्मको मूल्याङ्कन गरी कृषकलाई पुरस्कृत गरिएको सङ्घले जनाएको छ । प्रदर्शनीमा विधागत रुपमा पुरस्कृत गरिएको थियो । 

पशुतर्फ गाईभैँसी पालनमा प्रथम रामपुर–६ का मीना अर्याल, द्वितीय रामपुर ५ का दीपक ढकाल, तृतीय रामपुर ७ का नारायणप्रसाद भट्टराई हुनुभएको छ । बङ्गुरपालनमा प्रथम रामपुर–१० का नमनाथ कुमाल, द्वितीय रामपुर–४ का गोविन्दबहादुर कामी, तृतीय रामपुर ७ का अनिता हमाल, बाख्रापालनतर्फ प्रथम रामपुर ५ का नारायणप्रसाद भण्डारी, द्वितीय रामपुर ४ का तुलबहादुर मल्ल, तृतीय रामपुर ४ का लीलाबहादुर श्रेष्ठ, सान्त्वना रामपुर ७ का मुकुन्दराज पोखरेल हुनुभएको छ ।

पंक्षीपालनमा रामपुर ७ का तुलबहादुर थापा उत्कृष्ट हुनुभएको छ । पशु तथा पंक्षीपालनमा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेलाई नगद तीन हजार एक सय, दुई हजार एक सय, एक हजार पाँच सय र एक हजार रुपियाँसहित प्रमाणपत्र प्रदान गरिएको छ । उत्कृष्ट कृषकलाई दुई हजार पाँच सय सहित पुरस्कृत गरिएको रामपुर उद्योग वाणिज्य सङ्घका सल्लाहकार लेखनाथ शर्मा मरासिनीले जानकारी दिनुभयो ।

कृषितर्फ फलफूल तथा नर्सरी विधामा रामपुर ४ का दिलबहादुर थापा उत्कृष्ट हुनुभएको छ । तरकारी बालीमा निस्दी २ का यमबहादुर मश्राङ्गीले उत्पादन गर्नुभएको गोलभेँडा प्रथम, रामपुर ६ का शिव बस्यालले उत्पादन गर्नुभएको मुला द्वितीय, रामपुर ५ का दासीकुमारी सुनारीले उत्पादन गरेको कृषि उपज तृतीय र रामपुर ७ का गीता भट्टराई, रामपुर ६ का चित्रा देवकोटा, रामपुर ६ का सावित्रा पंगेनी, रामपुर ६ का सुन्दरप्रसाद देवकोटाले उत्पादन गर्नुभएको उपज सान्त्वना पुरस्कार प्राप्त गरेकाे सङ्घका सल्लाहकार लेखनाथ शर्मा मरासिनीले जानकारी दिनुभयो ।

मसला बालीतर्फ प्रथम रामपुर ४ का जिता देवी नेपालीले उत्पादन गरेको बेसार, द्वितीय रामपुर ६ का मणिराम अधिकारीले उत्पादन गरेको धनियाँ र तृतीय रामपुर ६ गङ्गा बस्याल उत्पादन गर्नुभएको सोँफ भएको छ । गानो तथा आलुबालीमा प्रथम रामपुर ६ का दिल्ली मायाँ पोखरेलले उत्पादन गर्नुभएको तरुल, द्वितीय निस्दी–१ बाकामलाङ्ग दान हादुर रजालीले ल्याउनुभएको पिँडालु, तृतीय रामपुर ६ का कमला रेग्मी जनकदेव आलु, सान्त्वना रामपुर ६ नन्दबहादुर कुमालको चुल्ठे तरुल र रामपुर ८ का सीता भट्टराईको पिँडालु र रामपुर ६ का घनश्याम बस्यालले ल्याउनुभएको कृषि उपज भएको छ ।

फलफूलतर्फ प्रथम रामपुर ६ का भीमा ढकालले उत्पादन गर्नुभएको केरा, द्वितीय रामपुर ६ पशुपति रेग्मीले उत्पादन गर्नुभएको रुख बयर, तृतीय रामपुर ६ का सिजन रेग्मीले ल्याउनुभएको इमिली, सान्त्वना रामपुर ८ का खड्गबहादुर साठीघरले ल्याउनुभएको सुन्तला, रामपुर ६ का गीता खनालले ल्याउनुभएको उखु र रामपुर ७ विष्णुमाया ढकालले प्रदर्शनीमा ल्याउनुभएको केरा भएको छ ।

कृषितर्फ उत्कृष्टलाई नगद दुई हजार पाँच सय, प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेलाई क्रमशः नगद दुई हजार पाँच सय, २ हजार एक सय, १ हजार ५ सय र एक हजार रुपियाँ नगद र प्रमाणपत्र पुरस्कार प्रदान गरिएको थियो । रामपुर उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष रुद्रनारायण श्रेष्ठले कृषकहरुलाई पुरस्कृत गर्नुभएको थियो ।

यसपटक रामपुर नगरका प्रत्येक वडाका ३र३ जना गरी ३० जना कृषकहरुलाई सम्मान गरिएको थियो । फर्म दर्ता नगरे पनि निरन्तर व्यावसायिक कृषिमा लागेका कृषकहरुलाई छनाेट गरी एक हजार रुपियाँसहित सम्मान पत्रमार्फत सम्मान गरिएको कृषि, पशुपंक्षी तथा स्थानीय उत्पादन प्रवर्द्धन उपसमितिका संयोजक सूर्यप्रसाद रेग्मीले बताउनुभयो । प्रदर्शनीमा सहभागी भएका कृषक मात्र नभै निरन्तर रुपमा व्यावसायिक कृषिमा लाग्दै आएका कृषकलाई प्रोत्साहन प्रदान गर्न जनप्रतिनिधिको सिफारिसमा ३० जनालाई सम्मान गरिएको बताउनुभयो ।

रामपुर नगरपालिका कृषि शाखा प्रमुख नारायणप्रसाद गैरेले कृषि उपजको महोत्सव स्थलबाटै र पशुपंक्षीतर्फ फर्महरुमै पुगेर मूल्याङ्कन गरी उत्कृष्टलाई पुरस्कार प्रदान गरेको बताउनुभयो ।