• १ चैत २०८१, शुक्रबार

ट्रकको ठक्करबाट एकको मृत्यु

blog

गोकर्ण पौडेल

तुलसीपुर, माघ २७ गते । तुलसीपुरको हात्तीखौवा चोकनजिक ट्रकको ठक्करबाट एक जनाको घटनास्थलमै मृत्यु भएको छ । मृतक तुलसीपुर उपमहानगरपालिका ७ का ५६ वर्षीय जंगबहादुर चौधरी रहेको प्रहरीले जनाएको छ ।

घोराही–तुलसीपुर सडकखण्डको तुलसीपुर –६ हात्तीखौवा चोकनजिक आइतबार दिउँसो ३ बजेतिर घोराहीतर्फ जाँदै गरेको ना ६ ख ५९२२ नम्बरको ट्रकले लु.प्र.०२–००१ प २८६८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा चौधरीको घटनास्थलमै मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक सूर्य रानाका अनुसार ट्रकको ठक्करबाट मोटरसाइकल पछाडि बसेका चौधरीको घटनास्थलमै मृत्यु भएकोे छ । दुर्घटनामा मोटरसाइकल चालक तुलसीपुर–७ का ४७ वर्षीय तीर्थबहादुर खत्री गम्भीर घाइते हुनुभएको छ । 

उहाँको राप्ती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । ट्रक चालक बाराको जितपुर सिमरा उपमहानगरपालिका –१६ का ४५ वर्षीय जयराम अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । ठक्कर दिने ट्रक तराई यातायात व्यवसायी सङ्घको रहेको प्रहरीले जनाएको छ ।