• २८ फागुन २०८१, बुधबार

चुनारालाई डान्सिङ उपाधि

blog

नेपालगन्ज, माघ २५ गते । इन्टर स्कुल डान्सिङ स्टार २०८१ को उपाधि नेपालगन्जको सगरमाथा बोर्डिङ स्कुलका दिलीप चुनाराले जित्नुभएको छ । नेपालगन्ज उद्योग वाणिज्य सङ्घले प्रादेशिक महोत्सव २०८१ मा आयोजना गरेको एकल नृत्य प्रतियोगितामा ३४ प्रतिस्पर्धीलाई पछि पार्दै चुनाराले उपाधि जित्नुभएको हो ।

प्रतियोगितामा नेपालगन्जको युनाइटेड एजुकेसनल एकेडेमीका सुदीप परियार दोस्रो, गोर्खा युनाइटेड पब्लिक हाइस्कुलका धर्ती विष्टमगर र जेनिथ एकेडेमी खजुराकी प्राप्ति गुरुङ तेस्रो हुनुभयो ।