• ५ वैशाख २०८३, शनिबार

इरानी हवाइ क्षेत्र आंशिकरूपमा खुला : उड्डयन प्राधिकरण

blog

तेहरान, वैशाख ५ गते । इरानले आफ्नो आंशिक हवाई क्षेत्र र केही एयरपोर्ट शनिबारदेखि आंशिक रूपमा पुनः खोलेको इरानी नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । इरानको पूर्वी क्षेत्रको हवाई क्षेत्र, केही एयरपोर्ट र हवाई मार्ग अन्तर्राष्ट्रिय उडानका लागि पुनः खोलिएको प्राधिकरणले विज्ञप्ति जारी गर्दै पुष्टि गरेको छ ।

देशको सैन्य र नागरिक अधिकारीले प्राविधिक र परिचालन तयारी पूरा गरेपछि इरानी एयरपोर्टमा उडान सञ्चालन विस्तारै सामान्य हुन जनाइएको छ । गत फेब्रुअरी-२८ मा अमेरिका र इजरायलले संयुक्त आक्रमण गरेपछि इरानले आफ्नो हवाई क्षेत्र बन्द गरेको थियो । रासस/सिन्ह्वा