रेखीराम राना
तानसेन, माघ २२ गते । पाल्पामा एक पुरुष मृत फेला परेका छन् । जिल्लाको रामपुर–३, चनौली घर भइ हाल बगनासकाली–२, पोखराथोकमा बस्दै आउनुभएका ५६ वर्षका रेमबहादुर सुर्यबंशी मृत फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
मङ्गलबार बेलुकी साढे ४ बजेतिर सुर्यबंशी आफू बसेको घरदेखि तीनसय मिटर टाढा रहेको गोरेटोबाटोदेखि २० मिटर तल खरबारीमा मृत फेला परेको पाल्पाका प्रहरी नायव उपरीक्षक सुनिल मल्लले जानकारी दिनुभयो ।
मृतकको शव पोष्टमार्टमका लागि तानसेनस्थित पाल्पा अस्पतालमा पठाइएको मल्लले बताउनुभयो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।