• २३ माघ २०८१, बुधबार

गुल्मी–अर्घाखाँची सडक बन्द हुने

blog

तम्घास समाचारदाता

तम्घास, माघ २३ गते । गुल्मीको रिडीदेखि अर्घाखाँचीको बलकोट सडकखण्ड करिब एक महिना पूर्ण रूपमा बन्द रहने भएको छ । 

उक्त सडकखण्डको साँखरा क्षेत्रमा भिर काट्ने, सडक चौडा गर्ने र ग्रेड मिलाउने कामका लागि यही माघ २५ देखि फागुन २० सम्म सडक बन्द गर्न लागिएको मदन भण्डारी राजमार्ग, योजना कार्यालय तम्घास गुल्मीका इन्जिनियर हुमानाथ पौडेलले जानकारी दिनुभयो । उक्त समय अवधिमा सडक पूर्ण रूपमा बन्द गर्न लागिएकाले वैकल्पिक सडक प्रयोग गरेर निर्माण कार्यमा सहजीकरण गरिदिन कार्यालयले अनुरोध गरेको छ । 

निर्माणको समयमा सातमुरेदेखि शृङ्गा–टक्सार–रिडी, सातमुरेदेखि सिजीको बाटो हुँदै हार्थोक सडक र सातमुरेदेखि रह, ठाडोखोला सडक हुँदै रिडीको वैकल्पिक बाटो प्रयोग गर्न कार्यालयले आग्रह गरेको छ । कार्यालयले जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, रुरुक्षेत्र र छत्रकोट गाउँपालिकालाई पनि बोधार्थसहित पत्र पठाउनुका साथै छिमेकी जिल्ला अर्घाखाँचीका कार्यालय र प्रशासनलाई आवश्यक सहयोग गरिदिनका लागि आग्रह गरेको छ ।