तम्घास समाचारदाता
तम्घास, माघ २२ गते । गुल्मीमा ११ हजारभन्दा बढी किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध एचपिभी खोप लगाइने भएको छ । जसको सबै तयारी पूरा भएको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ । माघ २२ देखि फागुन ६ सम्म सञ्चालन हुने अभियानमार्फत जिल्लाका १० देखि १४ वर्ष उमेर समूहका ११ हजार ४८८ जना किशोरीलाई एचपिभी खोप लगाउने स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ ।