• २३ माघ २०८१, बुधबार

प्रेस सेन्टर गुल्मीमा पोखरेल सर्वसम्मत

blog

प्रेस सेन्टर नेपाल, गुल्मी शाखाको चौथो अधिवेशनबाट चयन हुनुभएको हुमाकान्त पोखरेल । तस्बिर : रमेश विश्वकर्मा

रमेश विश्वकर्मा
गुल्मी, माघ २३ गते ।
प्रेस सेन्टर नेपाल, गुल्मीमा नयाँ नेतृत्व सर्वसम्मत चयन भएको छ । सदरमुकाम तम्घासमा सम्पन्न प्रेस सेन्टर नेपाल, गुल्मी शाखाको चौथो अधिवेशनबाट नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको हो ।

तेस्रो अधिवेशनबाट सचिवमा सर्वसम्मत निर्वाचित हुनुभएका पत्रकार हुमाकान्त पोखरेल अहिले प्रेस सेन्टर नेपाल, गुल्मी शाखाको अध्यक्षमा पदमा पनि सर्वसम्मत निर्वाचित हुनुभएको छ । जसको उपाध्यक्षमा खुमानन्द फुल्देल (लक्ष्मण) र वासुदेव पोखरेल, सचिवमा अमृता सेन्चुरी निर्वाचित हुनुभएको हो ।

सहसचिवमा पुष्कर वली र प्रियङ्का पन्थी, कोषाध्यक्षमा मन्दिरा विश्वकर्मा निर्वाचित हुनुभयो । पदाधिकारीसहित २१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन भएको निर्वाचन समितिका संयोजक कृष्ण पाण्डेले जानकारी दिनुभयो ।

अधिवेशनमा नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य वीरबहादुर कार्की, माओवादी नेता बुद्धि जिसी, तेजेन्द्र सलामी, प्रेस सेन्टर नेपालका केन्द्रीय सचिव प्रेम सुनार, केन्द्रीय सदस्य भरत पाण्डेलगायतको उपस्थिति रहेको थियो ।

नव निर्वाचित अध्यक्ष पोखरेलले अधिवेशनबाट सर्वसम्मत रुपमा नयाँ नेतृत्व चयन गरेको भन्दै आफू पत्रकारका हक, अधिकार एवम् नागरिकका आवाज बुलन्द गर्ने विषयमा सधैँ अग्रस्थानमा रहने बताउनुभयो । उहाँले तीन वर्षे कार्यकालको अवधिमा सबैको अमूल्य साथ र सहयोगको अपेक्षा बताउनुभयो ।