रेखीराम राना
तानसेन, माघ २२ गते । प्रेस चौतारी नेपाल पाल्पाको नवौँ अधिवेशनले कृष्ण कार्कीलाई पुन अध्यक्षतामा निर्वाचित गरेको छ । कार्की यसअघिको समितिमा पनि अध्यक्षमा चयन हुनुभएको थियो । समितिको उपाध्यक्षमा शोभाकान्त पाठक र रीमा सोमै, सचिवमा दयाराज न्यौपाने, सहसचिवमा भुवन रायमाझी र कोषाध्यक्षमा नेत्र गैरे चयन हुनुभएको छ ।
यस्तै, सदस्यहरूमा खुमबहादुर पौडेल, प्रेम बाकाबल, खेमराज पाण्डे, जनकराज भट्टराई, गुणवती केशी, सुमित्रा कँडेल र हरिबहादुर विक चयन हुनुभएको छ । अधिवेशनले बन्दना पोखरेल, टीकाराम बस्याल र सन्तोष बस्याललाई केन्द्रीय प्रतिनिधिमा चयन गरेको छ भने नवराज ज्ञवाली, सन्तोष ज्ञवाली र गीता ज्ञवालीलाई प्रदेश प्रतिनिधिमा चयन गरेको प्रेम चौतारी नेपालका केन्द्रीय सदस्य नरभूपाल विश्वकर्माले जानकारी दिनुभयो ।
सामाजिक सञ्जाल विद्ययेक पत्रकारकै हितमा : अध्यक्ष बस्नेत
अधिवेशनको उद्घाटन गर्नुहुँदै प्रेम चौताी नेपालका केन्द्रीय अध्यक्ष गणेश बस्नेतले सरकारले ल्याएको सामाजिक सञ्जाल सम्बन्धी विद्ययेकले पत्रकारिता क्षेत्रलाई थप मजबुत बनाउने दाबी गर्नुभयो । सामाजिक सञ्जाल व्यवस्थित र मर्यादित बनाउन ल्याएको विद्ययेकले पत्रकारिता क्षेत्र र अभिव्यक्ति स्वतन्त्रतालाई कुन्ठित नगर्ने भन्दै उहाँले पत्रकार महासङ्घलाई हतारमा नदिन आग्रह गर्नुभयो ।
उहाँले उक्त विद्ययेकबारे सञ्चार सम्बद्ध संस्थाहरूसँग छलफल हुनुपर्नेमा त्यस्तो हुन नसकेको उल्लेख गर्नुभयो । सरकारले पत्रकारितामाथि हस्तक्षेप हुने गरी विधेयक ल्याएको खण्डमा प्रेस चौतारी नै आन्दोलनमा उत्रने उहाँले जानकारी दिनुभयो । अध्यक्ष बस्नेतले सामाजिक सञ्जालका कारण आम जनताले भ्रमपूर्ण सूचना पाइरहेको सन्दर्भमा मर्यादित र जनपक्षीय पत्रकारिता गर्नु आजको आवश्यकता हो भन्नुभयो ।
कार्यक्रममा प्रतिनिधिसभाका सदस्य ठाकुर गैरे, नेकपा (एमाले)का प्रदेश अध्यक्ष राधाकृष्ण कँडेल, जिल्ला अध्यक्ष ओमबहादुर घर्तीमगर, वरिष्ठ पत्रकार मेघराज शर्माले सञ्चार क्षेत्रलाई बलियो बनाउन सत्यतथ्य सूचना सम्प्रेषण गर्नुपर्नेमा जोड दिनुभयो ।