घरमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण
ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकाले घर आँगनमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालेको छ । गाउँपालिकाले लाभग्राही अर्थात् ज्येष्ठ नागरिक, अपाङ्ग तथा एकल महिलालाई घर आँगनमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालेको हो ।
वृद्धभत्ता पाँच हजार रुपियाँ बनाउँछौं : नेता पोखरेल
नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री ईश्वर पोखरेलले मङ्सिर ४ पछि बन्ने एमाले नेतृत्वको सरकारले वृद्धभत्ता पाँच हजार रुपियाँ बनाउने प्रतिबद्धता जनाउनुभएको छ ।
उम्मेदवार थापाको निधनप्रति कांग्रेसद्वारा शोक व्यक्त
नेपाली कांग्रेसले मोरङ ३ (क) का प्रदेश सभा उम्मेदवार शेखरचन्द्र थापाको निधनप्रति शोक व्यक्त गरेको छ ।
मोरङमा उम्मेदवारको मृत्यु : मङ्सिर ४ मै मतदान
मोरङ ३ (क) का नेपाली कांग्रेसका प्रदेशसभा उम्मेदवार शेखरचन्द्र थापाको निधन भएसँगै उक्त क्षेत्रमा नयाँ निर्वाचनको कार्यक्रम तय हुने भएको छ ।
भूकम्प प्रभावितको उद्धार र राहतमा जुट्न कार्यकर्तालाई अध्यक्ष दाहालको निर्देशन
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले डोटीको पूर्वीचौकी गाउँपालिका–३ गैरागाउँमा केन्द्रविन्दु बनाइ गएको भूकम्प प्रभावितको उद्धार तथा राहतमा जुट्न पार्टीका नेता कार्यकर्तालाई निर्देशन दिनुभएको छ ।
प्रधानमन्त्रीद्वारा वनमन्त्री तथा प्रदेशसभा उम्मेदवार थापाको निधनप्रति दुःख व्यक्त
प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदेश १ का वन, वातावरण तथा भू–संरक्षण मन्त्री शेखरचन्द्र थापाको निधनको खबरले स्तव्ध भएको बताउनुभएको छ ।
प्रधानमन्त्रीद्वारा भूकम्प पीडितको उद्धार, उपचार र राहतका लागि निर्देशन
प्रधानमन्त्री शेरबहादुर देउवाले डोटी भूकम्पमा परेका पीडितहरूको तत्काल उद्धार र राहतको व्यवस्थापन गर्न सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ । प्रधानमन्त्री देउवाले भूकम्पमा परि मृत्यु हुनेहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजनमा गहिरो समवेदना प्रकट गर्नु भएको छ ।
नागरिकता समस्या समाधान हुनुपर्छ : लोसपा
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । मधेश आन्दोलनसँग जोडिएकै मुद्दालाई लोसपाले आफ्नो चुनावी घोषणापत्रमा समावेश गरेको छ । लोसपाले नागरिकता समस्याको समाधान, मधेश आन्दोलनमा संलग्नमाथि चलाइएको मुद्दा फिर्तालाई घोषणापत्रमा प्रमुखताका साथमा समावेश गरेको छ ।
घोषणापत्रमा प्रचारका लागि मात्र स्वास्थ्य !
नेपाल चिकित्सक संघका पूर्वअध्यक्ष डा. मुक्तिराम श्रेष्ठले राजनीतिक दलका घोषणापत्रमा स्वास्थ्यको सवाल प्रचारका लागि मात्र समेटिएको बताउनुभएको छ।
सकियो खग्रास चन्द्रग्रहण (फोटो फिचर)
खग्रास चन्द्रग्रहण सकिएको छ। मङ्गलबार) साँझ ५ः११ मा सुरु भएको ग्रहण ६ बजेर ३४ मिनेटमा सकिएको हो। अग्नि तत्त्वीय राशि मेष तथा भरणी नक्षत्रमा लागेको ग्रस्तोदित खग्रास चन्द्रग्रहण नेपालबाट स्पष्ट देखिएको थियो।
केन्द्रीय सदस्य कोइरालासहित ७४ जना कांग्रेसबाट निष्काशन
काठमाडौं, कात्तिक २२ गते। नेपाली कांग्रेसले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पार्टीका आधिकारी उम्मेदवार र पार्टीले समर्थन गरेका उम्मेदवारलाई असहयोग गर्ने नेतालाई पार्टीबाट निष्कासन गरेको छ। केन्द्रीय सदस्य दिनेश कोइरालासहित ७४ जना नेताको नाम पार्टीको अभिलेखबाट हटाउने निर्णय भएको केन्द्रीय अनुशासन समिति संयोजक आनन्दप्रसाद ढुङ्गानाले जानकारी दिनुभयो। आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन-२०७९ मा पार्टीका आधिकारिक र पार्टीले समर्थन गरेका उम्मेदवारलाई असहयोग गर्ने नेतालाई विधान अनुसार पाँच वर्ष पार्टी सदस्य नरहने गरी कारबाहीको सिफारिस भएको उहाँको भनाइ छ। कांग्रेसको विधान को धारा ३४ को उपधारा ४ (क) बमोजिम पाँच वर्षका लागि सदस्यतासमेत नरहने गरी पार्टीको अभिलेखबाट हटाउन निर्देश दिएको उहाँको भनाइ छ। कांग्रेसले पार्टीका बागी निजका प्रस्तावक एवं समर्थक र अन्य पार्टीमा गएर उम्मेदवार भएकाको नामावलीसमेत अभिलेखबाट हटाउन भनेको छ। अभिलेखबाट हटाउनु पर्ने व्यक्तिको नामावली१. मीनाकुमारी गुरुङ्ग, महाधिवेशन प्रतिनिधि एवं नेपाल महिला संघ जिल्ला अध्यक्ष, ताप्लेजुङ्ग२. सन्तमान केरुङ्ग, पूर्व गाउपालिका अध्यक्ष, पाँचथर३. वालानन्द दाहाल, नेपाल विद्यार्थी संघ जिल्ला अध्यक्ष, धनकुटा४. सुरेशकुमार पोखरेल, क्रियाशील सदस्य, झापा५. फणिन्द्र थापा, क्षेत्रीय प्रतिनिधि, क्षेत्र नं. २ मोरङ्ग६. जयराज संयोग लिम्वु, महाधिवेशन प्रतिनिधि, मोरङ्ग७. नन्दु सरदार, क्रियाशील सदस्य, मोरङ्ग८. गोपाल रेग्मी, क्रियाशील सदस्य, मोरङ्ग९. जनाद्र्धन निरौला, महाधिवेशन प्रतिनिधि, मोरङ्ग१०. रोहित सुव्वा, महाधिवेशन प्रतिनिधि, सुनसरी११. प्रेम भट्टराई, महाधिवेशन प्रतिनिधि, सुनसरी१२ दिपेन्द्र घिमिरे, इटहरी उपमनपा वडा नं. २ का वडा सभापति, सुनसरी१३. प्रदिप चौधरी, जिल्ला कार्यसमिति सदस्य, सुनसरी१४. धर्मराज पोखरेल, महाधिवेशन प्रतिनिधि एवं पूर्व जिल्ला उपसभापति खोटाङ्ग१५. हेमराज तातेड, महाधिवेशन प्रतिनिधि एवं पूर्व केन्द्रीय सदस्य, सप्तरी१६. रामलगन साह, सप्तरी१७. विजेता झा, धनुषा१८. हरिशंकर साह, क्षेत्रीय सभापति क्षेत्र नं. ३, धनुषा१९. सन्तोष यादव, धनुषा२०. अमरेशकुमार सिंह, पूर्व सांसद, सर्लाही२१. रोशन यादव, महाधिवेशन प्रतिनिधि, बारा२२. अरुण ज्ञवाली, महाधिवेशन प्रतिनिधि, बारा२३. प्रभु पटेल, महाधिवेशन प्रतिनिधि, बारा२४. अजयकुमार द्विवेदी, पूर्व जिल्ला सभापति, पर्सा२५. सुधिर पटेल, क्रियाशील सदस्य, पर्सा२६. चन्द्रकिशोर चौधरी, क्षेत्रीय प्रतिनिधि, पर्सा२७. लिलाबहादुर न्यौपाने, क्षेत्रीय प्रतिनिधि, रसुवा२८. शारदाकुमार (सरोज) न्यौपाने, क्रियाशील सदस्य, रसुवा२९. टिकाप्रसाद काप्री, क्षेत्रीय प्रतिनिधि, धादिङ्ग३०. श्रीकृष्ण जोशी, गोकर्णेश्वर नगर सभापति, काठमाण्डौ३१. दिपेन्द्र लामा, काठमाण्डौ ३ (क)३२. मोहन खड्का, काठमाण्डौ ५ (क)३३. भरत विडारी, महाधिवेशन प्रतिनिधि, काठमाण्डौ३४. वलाराम थापा, क्रियाशील सदस्य, काठमाण्डौ३५ जयराम कार्की, जिल्ला सदस्य, काठमाण्डौ३६. गोविन्द घिमिरे, क्षेत्रीय प्रतिनिधि, ललितपुर३७. दिपेश के.सी., क्रियाशील सदस्य, ललितपुर३८. गंगाराम रिजाल, क्षेत्रीय प्रतिनिधि, ललितपुर३९. रामकुमार जिसी, सुनकोशी गापा वडा नं. ३ का इकाइ सभापति, सिन्धुपाल्चोक४०. भक्तवहादुर भण्डारी, सिन्धुपाल्चोक १ ख)४१. वद्री चौलागाई, पूर्व क्षेत्रीय सभापति, क्षेत्र नं. २ सिन्धुपाल्चोक४२. दिनेश कोइराला, केन्द्रीय सदस्य, नेपाली कांग्रेस४३. तारा पौडेल, क्षेत्रीय प्रतिनिधि, क्षेत्र नं. ३ चितवन४४. महादेव गुरुङ्ग, महाधिवेशन प्रतिनिधि, कास्की४५. चित्रध्वज जि.सी., क्रियाशील सदस्य, नवलपुर४६. नरवहादुर गुरुङ्ग, पूर्व क्षेत्रीय प्रतिनिधि, क्षेत्र नं. २ वाग्लुङ्ग४७. ललित गुरुङ्ग, जिल्ला कार्यसमिति सदस्य, नेपाली कांग्रेस कपिलवस्तु४८. ध्रुव पुन (दुत कुमार), महाधिवेशन प्रतिनिधि, रुकुम पूर्व४९. सुवास पोखरेल, क्षेत्रीय प्रतिनिधि, क्षेत्र नं. १ बर्दिया५०. कृष्ण ढुंगाना, पूर्व गाउँ कार्य सभापति, नवलपरासी५१. राजेन्द्रबहादुर शाह, महाधिवेशन प्रतिनिधि एवं पूर्व राज्य मन्त्री, सल्यान५२. देवेन्द्र शाही, जुम्ला५३. धनबहादुर वस्नेत, जुम्ला५४. तारक के.सी., नेपाल विद्याथी संघ पूर्व केन्द्रीय सदस्य, रुकुम पश्चिम५५. हर्कजंग वहादुर सिंह, पूर्व जिल्ला पार्टी सभापति, बझाङ्ग५६. गणेश भण्डारी, बझाङ्ग५७. नरेन्द्रबहादुर खड्का, क्षेत्रीय प्रतिनिधि, क्षेत्र नं. १ डोटी५८. राजन कुँवर, अछाम५९. चन्द्रप्रसाद ढुंगाना, अछाम६०. नृप विष्ट, नगर सचिव कमलवजार नगरपालिका, अछाम६१. केशववहादुर चन्द, वैतडी६२. हरिमोहन भण्डारी, वैतडी६३. गिरीराज पाण्डे, कंचनपुर६४. दिपकवहादुर सिंह, कंचनपुर६५. गोपालसिंह वुढा, कंचनपुर६६. पिताम्वर जोशी, प्रदेश प्रतिनिधि, कंचनपुर६७. शारदा चन्द, महाधिवेशन प्रतिनिधि, कंचनपुर६८. दुर्गादत्त पाण्डे, कंचनपुर६९. मदन नेपाल, कंचनपुर७०. भरतकुमार शाही, कैलाली७१. गोविन्दराज जोशी : पूर्व जिल्ला सभापति, कैलाली७२. लक्ष्मण शाही : महाधिवेशन प्रतिनिधि, कैलाली७३. क्षितिज भण्डारी: महासमिति सदस्य, कैलाली७४. विजयकुमार वस्नेत, पूर्व जिल्ला सदस्य, काठमाण्डौ।
निर्वाध प्रचारप्रसारको वातावरणका लागि आयोगको निर्देशन
प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका सन्दर्भमा राजनीतिक दल तथा उम्मेदवारलाई स्वतन्त्रतापूर्वक निर्वाधरूपमा प्रचारप्रसार गर्न गराउन निर्वाचन आयोगले निर्देशन दिएको छ।
प्रतिबद्धतामा कुनै बेइमानी हुँदैन : अध्यक्ष ओली
नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले घोषणापत्र जनतालाई झुक्क्याउने उद्देश्यले नल्याएको बताउनुभएको छ । देशको विकास एमालेले कसरी गर्छ भन्ने विषय घोषणापत्रमा प्रष्ट लेखिएको उहाँले प्रष्ट पार्नुभएको छ ।
प्रधानमन्त्री देउवा धनगढीमा भेटघाटमा व्यस्त
प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा धनगढीमा नेता, कार्यकर्तासँग भेटघाटमा व्यस्त रहनु भएको छ।
चुनावपछि कांग्रेस पहिलो पार्टी बन्छ : सिटौला
नेपाली कांग्रेसका नेता एवं पूर्व उपप्रधानमन्त्री कृष्णप्रसाद सिटौलाले नेपाली कांग्रेस पहिलो पार्टी बन्ने बताउनु भएको छ।
१० वर्षमा मुलुकको राजनीतिलाई सुधार गर्ने गगन थापाको प्रतिबद्धता
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले १० वर्षमा मुलुकको राजनीतिलाई पूरै सुधार गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।
बैतडीको चुनावी सभालाई देउवा र दाहालले सम्बोधन गर्नुहुने
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल बुधबार बैतडी आउने कार्यक्रम तय भएको छ।
निजी व्यवसायीसँग निर्वाचन आयोगको अन्तरक्रिया
राजेश चाम्लिङ राई कठमाडौं, कात्तिक २२ गते। निर्वाचन आयोगले निजी क्षेत्रका व्यवसायीलाई चुनावको थप माहोल बनाउन सहयोग गरिदिन आग्रह गरेको छ। मङ्गलबार आयोगको कार्यालयमा ‘प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन २०७९ को सन्दर्भमा ‘निजी क्षेत्रसँग अन्तरक्रिया’ कार्यक्रम आयोजना गर्दै आयोगले यस्तो आग्रह गरेको हो। विभिन्न नेतृत्वदायी सङ्गठन तथा व्यक्ति सहभागी कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले ‘व्यवसायिक सामाजिक उत्तरदायित्व अन्तर्गत आफ्नो सूचना सम्प्रेषण संयन्त्रमार्फत आयोगका सूचना तथा सन्देश प्रवाह गरिदिन’ आग्रह गर्नुभयो। उहाँले आयोगमार्फत उत्पादित मतदाता शिक्षा, आचारसंहिता पालना तथा निर्वाचनसँग सम्बन्धित सूचना तथा सन्देश प्रवाह गरेर सहयोग गर्न आग्रह गर्नुभयो। व्यवसायीको सहयोग मुलुक र लोकतन्त्रका लागि महत्त्वपूर्ण हुने विश्लेषण गर्नुहुँदै उहाँले आ–आफ्नो संस्थामा कार्यरत कर्मचारीलाई मतदान गर्न पाउनेगरी सहजीकरण गरिदिन आग्रह गर्नुभयो। उहाँले हाल देशको अर्थतन्त्र निक्कै अप्ठ्यारो स्थितिमा रहेका तथ्य विश्लेषण गर्दै निर्वाचनपछि यो माहोलमा परिवर्तन आउने विश्वास व्यक्त गर्नुभयो। उहाँले संसारको अभ्यासबाट निर्वाचनमा गरिने खर्च अनुत्पादक हुने देखिएको विश्लेषण गर्नुहुँदै आयोगले निर्वाचन मितव्ययी बनाउने क्रममा निजी व्यवसायीलाई असर परेको भए क्षमा गरिदिन आग्रह गर्नुभयो। कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका कार्यवाहक अध्यक्ष चन्द्र ढकालले निर्वाचन सफल बनाउने सन्दर्भमा आयोगले निजी व्यवसायीलाई पनि सम्झिएकोमा खुसी व्यक्त गर्नुभयो। यसअघि स्थानीय निर्वाचनमा मतपत्रमा धेरै निर्वाचन चिह्न हुँदा मतदाताहरू सही ढङ्गले मतदान गर्नेबारे अन्योलमा परेको उल्लेख गर्दै उहाँले यसपटक निर्वाचन आयोगले मतपत्रमा गरेको फेर बदलले राम्रो नतिजा ल्याउने विश्वास व्यक्त गर्नुभयो। कार्यक्रममा नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाटा)का अध्यक्ष रमेश थापाले निर्वाचन आयोगको आग्रह कार्यान्वयनमा आफ्नो पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गर्दै निर्वाचनको दिन यातायातको सहज सञ्चालनमा सहयोग गरिदिन आग्रह गर्नुभयो। यसअघि पर्यटकका लागि निश्चित प्रावधानसहित बसको व्यवस्था गरिदिने अभ्यास रहेको स्मरण गराउँदै उहाँले यो मुख्य पर्यटकीय सिजन भएकोले यातायातको सहज आवागमन आवश्यक भएको बताउनुभयो। कार्यक्रममा सहभागी अन्य विभिन्न व्यवसायीले आयोगको आग्रह बमोजिम आफ्नो सहयोग रहने प्रतिबद्धता व्यक्त गर्दै निर्वाचन सम्पन्न गर्ने क्रममा स्थानीय तहसम्म निजी क्षेत्रको संयन्त्रलाई सहभागी गराउन आग्रह गर्नुभयो।
किन आकर्षित भयो नयाँ पुस्ता
प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन आउन अब १२ दिन मात्रै बाँकी छ । निर्वाचन नजिकिएसँगै उम्मेदवारहरू चुनावी एजेण्डा मतदाताका घर-घर पुर्याउन दिनरात खटिएका छन् ।
बायोग्यास प्रवर्धनमा निजी क्षेत्रसँगको सहकार्यमा जोड
नेपालमा बायोग्यास प्रविधिको प्रवर्धनमा निजी क्षेत्रको अग्रणी भूमिका भए पनि समयसापेक्ष अनुदान नीतिमा वृद्धि हुन नसक्नु तथा निजी क्षेत्रमैत्री नीति र कार्यविधि बन्न नसक्दा यस प्रविधिको विकास र विस्तारमा समस्या आएको सरोकारवालाहरुले बताएका छन् ।
अमेरिकामा आज मध्यान्तर निर्वाचन
यही मङ्गलबार अर्थात् नोभेम्बर ८ मा सम्पन्न हुने मध्यान्तर निर्वाचनले अमेरिकी राजनीतिको फैसला गर्नेछ । अमेरिकामा राष्ट्रपतीय निर्वाचनको दुई वर्षपछि हुने निर्वाचनलाई मध्यान्तर निर्वाचन भन्ने गरिएको छ । यो निर्वाचनमा तल्लो सदन हाउसका सबै ४३५ र माथिल्लो सदन सिनेटका सयमध्ये ३५ स्थानमा निर्वाचन हुँदै छ ।
गुरु नानक शान्ति सद्भावका प्रतीक
राष्ट्रपति विद्यादेवी भण्डारीले गुरु नानक जयन्तीको सन्दर्भमा मङ्गलबार शुभकामना सन्देश दिनुभएको छ । उहाँले सिख धर्मावलम्बीहरूको विशेष पर्व गुरु नानक जयन्तीको अवसरमा विश्वभर छरिएर रहनुभएका सम्पूर्ण सिख धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति तथा समृद्धिका लागि हार्दिक शुभकामना व्यक्त गर्नुभएको हो ।
पार्टी र सत्ता गठबन्धनको पक्षमा लाग्न सभापति देउवाको आग्रह
धनगढीस्थित आफ्नो निजी निवासमा रहनुभएका नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा पार्टीका नेता कार्यकर्तासँगको भेटघाटमा व्यस्त रहनुभएको छ ।
जुम्लाका अध्यक्षसहित एमालेमा समाहित
नेकपा एकीकृत समाजवादी जुम्लाका अध्यक्षसहितका बहुमत कार्यसमिति सदस्य नेकपा (एमाले) मा समाहित भएका छन् ।