उम्मेदवारपहिला घरबास त्यसपछि भोट
बाजुराका बाढीपहिरो पीडितले उम्मेदवारलाई घरबासको व्यवस्था गरेपछि मात्र भोट दिने बताएका छन्।
मोरङ ३ (ख) मा कांग्रेसबाट लिम्बुको उम्मेदवारी दर्ता
मोरङ निर्वाचन क्षेत्र नं. ३ (ख) मा नेपाली काङ्ग्रेसका महासमिति सदस्य मानबहादुर लिम्बूले मनोनयन दर्ता गराउनुभएको छ । यसअघि मनोनयन दर्ता गराएका काङ्ग्रेस उम्मेदवार एवम् प्रदेश नं. १ का वन, वातावरण तथा भूसंरक्षण मन्त्री शेखरचन्द्र थापाको बुधबार मृत्यु भएको थियो ।
प्रतिस्पर्धी बन्ने वातावरण बनाउँछौँ : अध्यक्ष ओली
नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सबै नागरिकलाई प्रतिस्पर्धी बनाइने बताउनुभएको छ । सबै नागरिक सक्षम र प्रतिस्पर्धी भएमा आरक्षणको पनि आवश्यकता नहुने उहाँको भनाइ छ ।
पार्टी परित्याग गर्ने समाजवादीका प्रदेश १ अध्यक्ष चाम्लिङको घोषणा
जनता समाजवादी पार्टी, नेपालका प्रदेश १ अध्यक्ष प्रवीण चाम्लिङले प्रदेशका विभिन्न तह र तप्कामा रहेका दुई सयभन्दा बढी नेता कार्यकर्तासहित पार्टी परित्याग गरेको बताउनु भएको छ। झापाको दमकमा बिहीबार पत्रकार सम्मेलन गरेर उहाँले पार्टी परित्याग गरेको घोषणा गर्नु भएको हो।
समृद्ध राष्ट्र निर्माणका लागि अर्थतन्त्रमा सुधार गर्नुपर्छ : कार्यवाहक राष्ट्रपति पुन
कार्यवाहक राष्ट्रपति नन्दबहादुर पुनले आर्थिक, सामाजिक रूपान्तरण सहितको समृद्ध राष्ट्र निर्माणका लागि अर्थतन्त्रमा सुधार गर्नुपर्ने बताउनुभएको छ ।
समस्या समाधानको पहल गर्ने गठबन्धन निर्वाचन परिचालन समितिको निर्णय
सत्तारुढ गठबन्धनमा आबद्ध दलको निर्वाचन परिचालन सचिवालय समितिको संयुक्त बैठकले निर्वाचनका क्रममा देखिएका समस्या समाधान गर्न पहल गर्ने निर्णय गरेको छ।
मोरङ १ मा लिम्बू र खतिवडाको प्रतिस्पर्धा
मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन अन्तर्गत मोरङ क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका मोरङ सभापति डिगबहादुर लिम्बू र निवर्तमान सांसद नेकपा (एमाले)का घनश्याम खतिवडा तेस्रो पटक प्रतिस्पर्धा गर्दै हुनुहुन्छ ।
विकास अलपत्र परेकाले राजनीति छाड्न सकिनँ : वरिष्ठ नेता पौडेल
नेपाली कांग्रेसका वरिष्ठ नेता तथा तनहुँ-१ बाट प्रतिनिधिसभा सदस्यमा वाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार रामचन्द्र पौडेल विकास अलपत्र परेकाले उम्मेदवार बनेको बताउनुभयो।
नेपालका नेता धेरै बेइमान भए : भण्डारी
नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले देशमा भइरहेको भ्रष्टाचारलाई आगामी निर्वाचनबाट निमिट्यान्न बनाउने शक्ति निर्वाचित गर्न आवश्यक रहेको बताउनुभएको छ।
नयाँ प्रचार शैली : ‘सेल्फी विथ केपी बा’
राजनीतिक दल तथा यसका नेता कार्यकर्ता, पार्टीका तथा स्वतन्त्र उम्मेदवारहरू कतै खेतबारीमा त कतै भजनकिर्तन भएको ठाउँमा गएर मतदातासँग मत माग्ने काम गरिरहेका छन् । यही क्रममा झापा ५ मा मतदाताहरू नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग सेल्फी लिन व्यस्त देखिएका छन् ।
राष्ट्रपति भण्डारीसमक्ष विभिन्न मुलुकका नेत्रीद्वारा शिष्टाचार भेट
राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष विभिन्न देशका महिला नेताहरूले शिष्टाचार भेटघाट गर्नुभएको छ ।
बहत्तर घण्टाअघि सीमा सिल
आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको सुरक्षा थप मजबुत बनाउन मतदान सुरु हुनुभन्दा ७२ घण्टाअघि छिमेकी मुलुकका सीमा सिल गरिने भएको छ। भारत र चीनसँग जोडिएका सिमाना मतदान सुरु हुनुभन्दा तीन दिनअघि सिल गरिने सशस्त्र प्रहरी बलले जनाएको छ।
गणेशमानको १०८औँ जन्मजयन्ती मनाइँदै
प्रजातन्त्र स्थापनाका लागि जीवन समर्पण गर्नुभएका लौहपुरुष गणेशमान सिंहको १०८औँ जन्मजयन्ती बिहीबार मनाइँदै छ । वि.सं. १९७२ कात्तिक २४ गते काठमाडौँको यट्खाटोलमा जन्मनुभएका सिंह २००७ सालमा राणा शासनविरुद्धको आन्दोलनमा सक्रिय रूपमा सहभागी हुनुभएको थियो भने २०१७ सालपछिको पञ्चायती व्यवस्थाविरुद्धको आन्दोलनमा पनि उहाँको उत्तिकै सशक्त नेतृत्व रहेको थियो ।
नेपाल लोकतन्त्र संस्थागत गर्ने मार्गमा छ : राष्ट्रपति भण्डारी
राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल मानव अधिकार, समानता, भेदभावरहित, रुपान्तरणका सिद्धान्त आत्मसात् गरिएको समावेसी लोकतन्त्र संस्थागत गर्ने मार्गमा रहेको बताउनुभएको छ।
कांग्रेसद्वारा भूकम्पले निधन भएकाप्रति दुःख व्यक्त
डोटीमा मङ्गलबार गएको भूकम्पले घर भत्किँदा छ जनाको मृत्यु भएकोप्रति नेपाली कांग्रेसले दुःख व्यक्त गरेको छ।
उद्योगग्राम स्थापना गरेर रोजगारी उपलब्ध गराउँछौँ : वरिष्ठ नेता पौडेल
नेपाली कांग्रेसका वरिष्ठ नेता तथा प्रतिनिधिसभा सदस्यको तनहुँ क्षेत्र नम्बर १ का उम्मेदवार रामचन्द्र पौडेलले जिल्लामा उद्योगग्राम र औद्योगिक स्थापना गरेर रोजगारीको व्यवस्था मिलाइने बताउनुभएको छ।
संविधानलाई गतिशील दस्ताबेज स्वीकार्ने प्रतिबद्धता
बी.पी. कांग्रेसले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । आज बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर सो पार्टीले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि आठ पृष्ठको घोषणापत्र जारी गर्दै संविधानलाई गतिशील दस्ताबेजको रूपमा स्वीकार्ने प्रतिबद्धता जनाएको हो ।
पश्चिम सेती बनेपछि सुदूरपश्चिमको कायापलट हुन्छ : प्रधानमन्त्री देउवा
नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले पश्चिम सेती परियोजना निर्माण कार्यको सम्झौता भइसकेकाले परियोजना छिट्टै बन्ने बताउनुभएको छ।
निर्वाचनमा दुई लाख ५० हजार कर्मचारी परिचालन हुने
मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले दुई लाख ४६ हजार ९६० कर्मचारी परिचालन गर्ने भएको छ।
सबल प्रदेश बनाउने एमालेको प्रतिबद्धता
नेकपा (एमाले) का केन्द्रीय सचिव तथा सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टले सुदूरपश्चिमलाई सबल प्रदेशको रूपमा विकास गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।
कांग्रेसद्वारा बागी उम्मेदवार, तिनका प्रस्तावक र समर्थकलाई कारबाही
नेपाली कांग्रेसले पार्टी र गठबन्धनका आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिएका नेतासहित पाँच जनालाई कारबाही गरेको छ ।
कसैलाई अवसरबाट वञ्चित गरिँदैन : अध्यक्ष ओली
नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले कसैलाई पनि अधिकार र अवसरबाट वञ्चित नगर्ने व्यवस्था ल्याउने प्रतिबद्धता जनाउनुभएको छ ।
प्रतिगमनलाई हराउन गठबन्धन बनाएका हौँ : अध्यक्ष दाहाल
पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले प्रतिगमन हराउन गठबन्धन बनाएको बताउनुभएको छ।
दुई वर्षमा दार्चुला अँध्यारोमुक्त हुन्छ : प्रधानमन्त्री देउवा
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दार्चुला जिल्लालाई दुई वर्षभित्रमा अँध्यारोमुक्त बनाउने बताउनुभएको छ।