• १२ साउन २०८१, शनिबार

नवनियुक्त पर्यटन राज्यमन्त्री ठकुरीद्वारा शपथ

blog

नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला सिर्पाली ठकुरीलाई पद तथा गोपनीयताको शपथ गराउनुहुँदै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’। तस्बिर : रासस

काठमाडौं, माघ ४ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला श्रीपालि ठकुरीलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज (बुधबार) उहाँलाई प्रधानमन्त्री दाहालले शपथ गराउनुभएको हो ।

मङ्गलबार राज्यमन्त्री नियुक्त हुनुभएका ठकुरी उपत्यकाबाहिर रहेका कारण हिजो शपथ लिन सक्नुभएको थिएन । सो अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीलगायतको उपस्थिति थियो ।

यो पनि पढ्नुहोस

राष्ट्रपतिसमक्ष नवनियुक्त मन्त्रीद्वारा शपथ ग्रहण