• १२ साउन २०८१, शनिबार

खनालको संयोजनमा समाजवादीको पार्टी दस्ताबेज मस्यौदा समिति गठन

blog

केन्द्रीय कार्यालयमा विभागका प्रमुख, उपप्रमुख, सचिव, इन्चार्ज, जनसंगठनका अध्यक्ष र महासचिवहरुको संयुक्त छलफलमा आफ्नो धारणा राख्नुहुँदै नेपा झलनाथ खनाल ।

काठमाडौं, माघ ४ गते । नेकपा (एकीकृत समाजवादी) ले १३ सदस्यीय पार्टीको दस्ताबेज मस्यौदा समिति गठन गरेको छ । बुधबार केन्द्रीय कार्यालयमा विभिन्न विभागका प्रमुख, उपप्रमुख, सचिव, इन्चार्ज, जनसङ्गठनका अध्यक्ष र महासचिवहरूको संयुक्त छलफलले पार्टीको मस्यौदा समिति गठन गरेको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिनुभयो ।

समाजवादीका सम्मानित नेता झलनाथ खनालको संयोजकत्वमा गठन भएको उक्त समितिले पार्टीको सिद्धान्त, आर्थिक, राजनीतिक, सामाजिक, सांस्कृतिक मूल नीति निर्माण, कार्यक्रम एवम् पार्टी निर्माणको मूल दिशाको बारेमा दस्ताबेज मस्यौदा तयार गर्ने जनाइएको छ । खतिवडाले सो समितिले तयार गरेको दस्ताबेज आवश्यक विधिद्वारा पारित गरी कार्यान्वयन गरिने जानकारी दिनुभयो ।

समितिमा केशवलाल श्रेष्ठ, जगन्नाथ खतिवडा, गङ्गालाल तुलाधर, प्रकाश ज्वाला, विजय पौडेल, राजेन्द्र राई, रामकुमारी झाँक्री, सावित्री भुसाल र गणेश विक लगायतका सदस्य हुनुहुन्छ ।