• १२ साउन २०८१, शनिबार

वर्षमान पुनको स्वास्थ्य अवस्था बुझ्न उपराष्ट्रपति पुन अस्पतालमा

blog

काठमाडौँ, माघ ४ गते । उपराष्ट्रपति नन्दकिशोर पुन उपचाररत पूर्व अर्थमन्त्री एवम् माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनको स्वास्थ्य अवस्था बुझ्न ललितपुरको सुमेरु अस्पताल पुग्नुभएको छ । उपराष्ट्रपति पुनले बुधवार बिहानै अस्पताल पुगेर नेता पुनको स्वास्थ्य अवस्थाबारेमा जानकारी लिनु भएकाे हाे ।

भेटका क्रममा चिकित्सकहरूले नेता पुनको अवस्था क्रमिक रुपमा सुधार हुँदै गएको जानकारी गराएका थिए । पुस ३० गते अस्पतालमा भर्ना हुनुभएका नेता पुनको उपचार प्रभावकारी बनाउन अस्पताललाई उपराष्ट्रपति पुनले निर्देशन दिनुभएकाे सचिवालयले जनाएकाे छ ।