मन्त्री घिसिङद्वारा निर्माणाधीन चार लेनको पुलको निरीक्षण
मुग्लिन पोखरा सडकखण्डअन्तर्गत व्यास नगरपालिका–४ र ५ स्थित मादी नदीमा निर्माणाधीन चार लेनको पुलको भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले निरीक्षण गर्नुभएको छ ।
गोकर्णेश्वर नगरपालिकाका तत्कालीन प्रमुखविरुद्ध तीन करोड ६८ लाखको भ्रष्टाचार मुद्दा
गोकर्णेश्वर नगरपालिका नगर कार्यपालिकाको कार्यालय जोरपाटी, काठमाडौँका तत्कालीन नगर प्रमुख सन्तोष चालिसेविरुद्ध तीन करोड ६८ लाख ४७ हजार ७६१ रुपियाँको भ्रष्टाचार मुद्दा दायर भएको छ ।
एमालेको निर्वाचन कार्यतालिका सार्वजनिक : पुस १ गते मतदान
नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनका लागि निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ।
यसरी छनोट हुँदैछन् ३०१ केन्द्रीय कमिटी सदस्य
नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११औँ महाधिवेशनबाट निर्वाचित हरेक भूगोल र क्षेत्रमा ४० वर्ष मुनिका युवालाई अनिवार्य सहभागिता हुनेगरी ३०१ सदस्यीय केन्द्रीय कमिटीको संरचना तय गरिएको छ ।
राष्ट्रपतिबाट चुनावको मितिमा दाँयाबाँया नहुने गरी सम्पूर्ण ध्यान केन्द्रित गर्न सरकारलाई सुझाव
राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधि सभाको फागुन २१ गतेको निर्वाचनको मितिमा दाँयाबाँया नहुने गरी सम्पूर्ण ध्यान चुनावमा केन्द्रित गर्न सरकारलाई सुझाव दिनुभएको छ ।
राष्ट्रपतिसमक्ष राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन पेस
प्रधानमन्त्री तथा राष्ट्रिय सुरक्षा परिषद् अध्यक्ष सुशीला कार्कीले राष्ट्रपति कार्यालयमा पुगेर आइतबार वार्षिक प्रतिवेदन पेस गर्नु भएको हो ।
‘समावेशी विकासमा सरकारले काम गरिरहेको छ’
प्रधानमन्त्री तथा आदिबासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका अध्यक्ष सुशीला कार्कीले देशको समावेशी विकासमा सरकारले काम गरिरहेको बताउनुभएको छ ।
गृहमन्त्रीद्वारा जेनजी आन्दोलनमा मारिएका अमृत गुरुङको परिवारसँग भेट
गृहमन्त्री ओमप्रकाश अर्यालले आइतबार जेनजी आन्दोलनमा मारिनुभएका प्रहरी हवल्दार अमृत गुरुङको परिवारसँग भेट गर्नुभएको छ।
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको छ । पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार सोमबारका लागि आकस्मिक बैठक बोलाइएको हो । बैठक सोमबार बिहान ९ बजे पार्टी केन्द्रीय कार्यालय, ललितपुरमा बस्नेछ ।
म केपी ओलीसँग टाढा भएको छैनः गोकुल बास्कोटा
नेकपा (एमाले)का पोलिटब्युरो सदस्य गोकुल बास्कोटाले पार्टीको ११ औँ महाधिवेशनले एकताबद्ध एमाले बनाउने बताउनुभएको छ।
सेती नदी र अन्नपूर्ण हिमश्रृङ्खला
पोखरा महानगरपालिका–१७, पार्दीबाट देखिएको सेती नदी र अन्नपूर्ण हिमश्रृङ्खला ।
एमाले महाधिवेशनको बन्दसत्र सुरु
नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत बन्दसत्र दिउँसो ३ बजेदेखि सुरु भएको छ।
एमालेका उपाध्यक्षद्वय ज्ञवाली र शाक्यले कुनै पदमा उम्मेदवारी नदिने
नेकपा (एमाले) का उपाध्यक्षद्वय युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनमा कुनै पनि पदमा उम्मेदवारी नदिने घोषणा गर्नुभएको छ।
एमाले केन्द्रीय कमिटी तीन सय एक सदस्यीय हुने
नेपाल कम्युनिस्ट पार्टी (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनको बन्दसत्र सुरु हुनुअघि सम्पन्न बैठकले १० औँ महाधिवेशनमा कायम केन्द्रीय कमिटी तीनसय एक सदस्यीय हुने निर्णय गरेको छ ।
जसपाद्वारा उम्मेदवारको नाम सिफारिस गर्न सर्कुलर
जनता समाजवादी पार्टी, (जसपा) नेपालले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारको नाम सिफारिस गर्न मातहत समितिमा सर्कुलर जारी गरेको छ ।
मुग्लिन-पोखरा सडक शीघ्र सम्पन्न गर्न मन्त्री घिसिङको निर्देशन
भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले निर्माणाधीन मुग्लिन-पोखरा सडक शीघ्र सम्पन्न गर्न निर्देशन दिनु भएको छ ।
एमाले केन्द्रीय कमिटी बैठक : विधान संशोधन प्रस्तावमा छलफल
नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनको बन्दसत्र सुरु हुनुअघि पार्टी केन्द्रीय कमिटीको अन्तिम बैठक भएको छ ।
कांग्रेस तनहुँद्वारा प्रतिनिधिसभा र राष्ट्रियसभाका उम्मेदवारको नाम केन्द्रमा सिफारिस
नेपाली कांग्रेस तनहुँ जिल्ला कार्यसमितिले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि जिल्लाका दुवै निर्वाचन क्षेत्रबाट प्रत्यक्ष तथा समानुपातिक उम्मेदवारहरूको नाम केन्द्रमा सिफारिस गरेको छ ।
सङ्घीयता जोगाउँदै मधेश समृद्ध बनाउने कांग्रेस नेतृत्वको सरकारको प्रतिबद्धता
मधेश प्रदेशका नयाँ मुख्यमन्त्री तथा नेपाली कांग्रेस मधेश प्रदेश सभापति कृष्णप्रसाद यादवले सङ्घीयताको उद्गमस्थलका रूपमा चिनिने मधेशमा कांग्रेस नेतृत्वको सरकार सङ्घीयता जोगाउने र प्रदेशलाई समृद्ध बनाउने दिशामा केन्द्रित रहने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
कांग्रेस बाजुराद्वारा १३ जना उम्मेदवारको नाम सिफारिस
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेस बाजुराले १३ जना उम्मेदवारको नाम सिफारिस गरेको छ ।
बागलुङ कांग्रेसले केन्द्रमा पठायो उम्मेदवार आकाङ्क्षीको नाम
नेपाली कांग्रेस बागलुङले क्षेत्रीय समितिबाट सिफारीस भएर आएको उम्मेदवार आकाङ्क्षीहरूको नामावली प्रदेश समिति मार्फत केन्द्रीय समितिमा पठाएको छ ।
उम्मेदवारको नाम सिफारिस गर्न मातहत समितिलाई जसपा नेपालको सर्कुलर
जनता समाजवादी पार्टी (जसपा) नेपालले आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि उम्मेदवारहरूको नाम सिफारिस गर्न मातहत समितिमा सर्कुलर जारी गरेको छ ।
विभिन्न कार्यक्रमका साथ संसद् सेवा दिवस मनाइँदै
निजामती सेवाबाट अलग भई स्वायत्त संसद् सेवा गठन भएको स्मरणमा हरेक वर्षको मङ्सिर २८ गते अर्थात् आइतबार विभिन्न कार्यक्रमका साथ सङ्घीय संसद् सेवा दिवस मनाइँदैछ ।
‘जनप्रतिनिधिमार्फत शासन सञ्चालन हुने अवस्था छिटो स्थापित गर्न प्रतिबद्ध बनौँ’
। उपसभामुख इन्दिरा रानाले संसद्को सर्वोच्चता कायम राख्दै संविधानले परिकल्पना गरेअनुसार छिटो जनप्रतिनिधिमार्फत नै शासन सञ्चालन हुने अवस्था स्थापित गर्न साझा प्रतिबद्धताको आवश्यकता औँल्याउनुभएको छ ।