एमाले राष्ट्रिय सभा सचेतकमा रोशनी मेचे चयन
नेकपा (एमाले)ले राष्ट्रिय सभातर्फ सचेतकमा रोशनी मेचेलाई चयन गरेको छ । नेकपा (एमाले)का संसदीय दलका नेता रामबहादुर थापा (बादल) ले राष्ट्रिय सभातर्फको सचेतकमा मेचेलाई नियुक्त गर्नुभएको हो। मेचे आदिबासी जनजाति अधिकारको अभियानमा लामो समयदेखि सक्रिय रहँदैआउनुभएको छ ।
राष्ट्रपतिले वैशाख २८ गते सङ्घीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने
सरकारले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष अनुरोध गर्ने निर्णय गरेको छ ।
मन्त्रीपरिषद् बैठक सिंहदरबारमा
प्रधानमन्त्री वालेन्द्र शाहले बोलाउनु भएको मन्त्रीपरिषद्को बैठक सिंहदरबारमा सुरु भएको छ।
बालबालिकालाई राजनीतिक गतिविधिमा प्रयोग नगर्न प्रशासनको चेतावनी
जिल्ला प्रशासन कार्यालय महोत्तरीले बालबालिकालाई राजनीतिक गतिविधिमा संलग्न नगराउन राजनीतिक दल तथा विभिन्न समूहलाई चेतावनी दिएको छ ।
नदी तथा खानीजन्य पदार्थको उत्खनन् स्वीकृत मापदण्डअनुसार नै गराउन निर्देशन
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नदीजन्य तथा खानीजन्य पदार्थको उत्खनन्–सङ्कलनलाई स्वीकृत मापदण्ड, वातावरणीय प्रभाव मूल्याङ्कन तथा प्रचलित कानुनबमोजिम मात्र गराउन सम्बन्धित मन्त्रालय र तहलाई निर्देशन दिएको छ ।
दोस्रो विश्वयुद्धका पीडितको स्मृति दिवस
विश्वका विभिन्न देशमा आज र भोलि दोस्रो विश्वयुद्धका पीडितको स्मृति दिवस मनाइँदै छ ।
प्रेसले लोकतन्त्रलाई अझ बलियो बनाउँछ : राष्ट्रपति
राष्ट्रपति रामचन्द्र पौडेलले जिम्मेवार प्रेसले सङ्घीय लोकतान्त्रिक गणतन्त्र अझै बलियो बनाउने टिप्पणी गर्नुभएको छ । राष्ट्रपतिनिवास शीतलनिवासमा बिहीबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयद्वारा आयोजित ‘राष्ट्रिय पत्रकारिता दिवस, २०८३ का अवसरमा आयोजित राष्ट्रिय पत्रकारिता पुरस्कार तथा वरिष्ठ पत्रकार सम्मान कार्यक्रम’ लाई सम्बोधन गर्दै राष्ट्रपतिले नेपाली जनताले प्रकट गरेको सुशासन, विकास, प्रगति र आर्थिक समृद्धिको युगानुकूल चाहना पूरा गर्ने अभियानमा प्रेसले अझै प्रभावकारी ढङ्गले काम गर्ने विश्वास व्यक्त गर्नुभएको हो ।
प्रस्तावित प्रधान न्यायाधीश डा शर्माको फैसलादर उच्च
सर्वोच्च अदालतको प्रधान न्यायाधीशमा डा. मनोजकुमार शर्मा नियुक्तिका लागि सिफारिस हुनुभएको छ । रोलक्रमको चौथो नम्बरमा रहनुभएका शर्मा प्रधान न्यायाधीशमा सिफारिस हुनुभएको हो । प्रधान न्यायाधीश सिफारिसमा पहिलो पटक रोलक्रम तोडिएको हो । वरिष्ठतामा न्यायाधीश शर्माभन्दा अघि तीन जना हुनुहुन्थ्यो । कायममुकायम प्रधान न्यायाधीश सपना प्रधान मल्ल, वरिष्ठतम न्यायाधीश कुमार रेग्मी र हरिप्रसाद फुँयाल शर्माभन्दा अघि हुनुहुन्थ्यो । संस
परराष्ट्रमन्त्रीसँग सार्क महासचिवको भेट
परराष्ट्रमन्त्री शिशिर खनालसँग दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)का महासचिव मोहम्मद गोलाम सरवारले उहाँको कार्यकक्षमा शिष्टाचार भेट गर्नुभएको छ ।
सांसदको बायोमेट्रिक विवरण सङ्कलन कार्य सुरु
सङ्घीय संसद्का सांसदको बायोमेट्रिक विवरण सङ्कलन कार्य शुरु भएको छ ।
नागरिकका लागि काम गर्नु हाम्रो दायित्त्व हो : सञ्चारमन्त्री डा. तिमिल्सिना
सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले नागरिकका लागि काम गर्नु गोरखापत्रको दात्यिव भएको बताउनुभएको छ । गोरखापत्र प्रकाशनको १२६ औं वर्ष प्रवेशको अवसरमा संस्थानमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मन्त्री तिमिल्सिनाले यस्तो बताउनुभएको हो ।
खानी सञ्चालनको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र
विस्तृत अध्ययन सम्पन्न भएर निजी क्षेत्रले उत्खननको लाइसेन्स प्राप्त गरे पनि खानी सञ्चालन हुन नसकेको भन्दै बैतडीका नागरिक अगुवाले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन् ।
सरकार र सरोकारवाला निकायलाई निरन्तर खबरदारी गर्नुपर्छ : अध्यक्ष दाहाल
राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई समृद्ध र जीवन्त बनाउने काम पत्रकारिताले गर्ने बताउनुभएको छ ।
इतिहासको पहिलो मसौदा
दक्षिण एसियाकै पुराना अखबारमध्येमा पर्ने गोरखापत्र दैनिक बिहीबारदेखि १२६ औँ वर्षमा प्रवेश गरेको छ । स्थापनाकालदेखि विभिन्न आरोहअवरोह पार गर्दै आएको यस अखबारले नेपाली भाषा, साहित्य र संस्कृतिको जगेर्नामा उल्लेखनीय योगदान पु¥याएको यस क्षेत्रका जानकारले बताउनुभएको छ । नेपाली समाजलाई सुसूचित गर्नुका साथै भाषिक र साहित्यक फाँटमा पनि गोरखापत्रको योगदान विशिष्ट रहेको उहाँहरूको अनुभव छ । स्थापनाकालदेखि अहिलेसम्म गोरखापत्रलाई नै आधार मानेर विश्वविद्यालयका विद्यार्थी, अनुसन्धान संस्थाका अध्येतादेखि पत्रकारिता क्षेत्रमै क्रियाशील संस्था तथा व्यक्तिका लागि पनि यो पत्रिका गतिलो खुराक बन्ने गरेको छ ।
राष्ट्रियस्तरका १२ ट्रेड युनियनको दर्ता खारेज
सरकारले निजामती सेवा र स्वास्थ्य सेवाका राष्ट्रियस्तरका १२ वटा ट्रेड युनियनको दर्ता खारेज गरेको छ । श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले आज नेपाल निजामती सेवा ऐन, २०७४ अनुसारका आठ र नेपाल स्वास्थ्य सेवा ऐन, २०५३ अन्तर्गतका चार वटा ट्रेड युनियनको दर्ता खारेज गरेको हो ।
ज्येष्ठ नागरिकमन्त्री वादीसँग राजदूत माओमिङबीच शिष्टाचार भेट
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सीता वादीसँग नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत चाङ माओमिङले शिष्टाचार भेट गर्नुभएको छ ।
संविधान संशोधन कार्यदलद्वारा पूर्वमहान्यायाधिवक्तासँग छलफल
संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलले आज पूर्वमहान्यायाधिवक्ता तथा कानुन क्षेत्रका विज्ञहरुसँग परामर्श गरेको छ ।
स्वास्थ्यमन्त्री मेहतासँग बेलायती राजदूतको शिष्टाचार भेट
स्वास्थ्य, जनसङ्ख्या तथा खानेपानीमन्त्री निशा मेहतासँग नेपालका लागि बेलायती राजदूत रोब फेनले आज शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।
मगर र थारू भाषालाई सरकारी कामकाजी भाषा बनाउन माग
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यलाई आदिवासी जनजाति सङ्घ संस्थाले भाषा, संस्कृति र पहिचानसँग सम्बन्धित माग राख्दै ज्ञापनपत्र बुझाएका छन् । नेपाल मगर संघ लुम्बिनी प्रदेश समितिले मगर भाषालाई प्रदेशस्तरका सरकारी कामकाजको भाषाका रूपमा लागू गर्न माग गरेको हो ।
‘सिआरसी प्रतिवेदन अघि बढाउन मन्त्रालय प्रतिबद्ध छ’
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सीता वादीले बाल अधिकारसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय महासन्धि सिआरसी (कन्भेन्सन अन दी राइट्स टु चाइल्ड) प्रतिवेदन तयार गर्ने प्रक्रियालाई प्रभावकारी रूपमा अघिबढाउन मन्त्रालय प्रतिबद्ध रहेको बताउनुभएको छ ।
कांग्रेसको नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुखसहित सदस्यद्वारा शपथ ग्रहण
नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख विश्वप्रकाश शर्मासहित नवनियुक्त सदस्यले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ।
उपराष्ट्रपति यादव र नर्वेली राजदूत मियोसबिच शिष्टाचार भेट
उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग नेपालका लागि नर्वेकी राजदूत ड्याग्नी मियोसले बुधबार लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेटवार्ता गर्नुभएको छ।
प्रधानमन्त्रीको अवैतनिक स्वास्थ्य सल्लाहकारमा डा. जगदिश अग्रवाल नियुक्त
सरकारले वरिष्ठ चिकित्सक एवं चिकित्सा शिक्षाविद् प्राडा. जगदिशप्रसाद अग्रवाललाई प्रधानमन्त्री वालेन्द्र शाहको अवैतनिक स्वास्थ्य सल्लाहकारमा नियुक्त गरेको छ।
कार्यान्वयन गर्न सकिने योजना मात्र समेट्न निर्देशन
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रममा कार्यान्वयन गर्न नसकिने योजना तथा कार्यक्रम समावेश नगर्न निर्देशन दिनुभएको छ।