एमालेले सचिवालय बैठक बोलायो
नेकपा (एमाले)ले केन्द्रीय सचिवालय बैठक बोलाएको छ। एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार यही भदौ १९ गते (बिहीबार) अपराह्न ३ बजे सचिवालय बैठक बोलाइएको जानकारी दिनुभयो।
प्रधानमन्त्री ओली र चीनका उपराष्ट्रपति हानबिच भेटवार्ता
बेइजिङस्थित सरकारी अतिथिगृह देउथाई स्टेट गेस्टहाउसमा आज भएको भेटवार्तामा उहाँहरूबिच द्विपक्षीय आपसीहितका विविध विषयमा कुराकानी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।
मदुरोको चेतावनी : भेनेजुएला क्यारेबियनमा अमेरिकी सैन्य उपस्थितिको जवाफ दिन तयार
भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोले सोमबार आफ्नो देश ‘अधिकतम तयारी’ मा रहेको र संयुक्त राज्य अमेरिकाले क्यारेबियनमा तैनाथ गरेको सेनाबाट आक्रमण भएमा जवाफ दिन तयार रहेको चेतावनी दिनुभएको छ ।
श्रम सम्झौता भएका देशमा हुलाक पुग्नुपर्नेमा जोड
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले नेपालसँग श्रम सम्झौता भएका देशहरूमा अनिवार्य रूपमा हुलाक सेवा सम्झौता गर्नुपर्ने बताउनु भएको छ ।
अर्थमन्त्री पौडेल र विश्व बैँक क्षेत्रीय उपाध्यक्ष जुटबिच शिष्टाचार भेट
उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र विश्व बैँकका दक्षिण एसिया क्षेत्र हेर्ने उपाध्यक्ष जोहानेस जुटबिच शिष्टाचार भेटघाट भएको छ ।
'स्मार्ट वर्क, टिम वर्क' र नवीन सोचबाट मात्रै समृद्धि सम्भव : भौतिकमन्त्री देवकोटा
बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री डा. दिनेशचन्द्र देवकोटाले परम्परागत र प्रक्रियामुखी कार्यशैलीबाट प्रदेशले अपेक्षित समृद्धि हासिल गर्न नसक्ने बताउनुभएको छ ।
'मधेश प्रदेश सरकारको नेतृत्व गर्ने पालो आएको छ'
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरले मधेश प्रदेशमा अब सरकार बनाउने पालो हाम्रो पार्टीको आएको बताउनुभएको छ ।
प्रधानमन्त्री ओली बेइजिङमा
प्रधानमन्त्री केपी शर्मा ओली थियाजिनमा आयोजित शाङ्घाई सहयोग सङ्गठन (एससिओ) ‘प्लस’को शिखर सम्मेलनमा सहभागी भई आज यहाँ आइपुग्नुभएको छ ।
संघ र प्रदेशसँग आक्रोशित स्थानीय सरकार
जिल्ला समन्वय समिति गुल्मीले बर्सेनी वार्षिक प्रगती समीक्षा गर्ने गर्दछ । समीक्षामा जिल्लाका १२ स्थानीय तह, विकासे अड्डा, संस्थान र भूमि आयोगले समेत आफ्नो कार्यसम्पादनको अवस्था प्रस्तुत गरे ।
प्रधानमन्त्री ओली आज बेइजिङ जानुहुँदै
चीनको थियानजिन सहरमा आयोजित शाङ्घाई सहयोग सङ्गठन (एससिओ) प्लसको शिखर सम्मेलन सकिएसँगै प्रधानमन्त्री केपी शर्मा ओली मङ्गलबार बेइजिङ जाँदै हुनुुहुन्छ ।
‘लिपुलेक समझदारी’ संवादबाटै हल गर्छौं
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले सरकारले कूटनीतिक माध्यमबाट संवाद गरी भारत र चीनबिच भएको ‘लिपुलेक समझदारी’ को विषय समाधान गरिने प्रस्ट पार्नुभएको छ । भदौ १३ गतेको मन्त्रीपरिषद् बैठकका निर्णय सोमबार सिंहदरबारमा सार्वजनिक गर्दै मन्त्री गुरुङले भारत र चीनबिच नेपालको भूमि लिपुलेक प्रयोग गर्ने समझदारीको विषय संवादबाटै हल गरिने उल्लेख गर्नुभयो ।
‘विश्वलाई विभाजन होइन साझेदारी चाहिन्छ’
प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वलाई विभाजन होइन, साझेदारी चाहिने बताउँदै क्षेत्रीय र विश्वव्यापी रूपमा मिलेर काम गरे मात्र न्यायपूर्ण, समावेशी, लचिलो व्यवस्था र दिगो विकास गर्न सकिनेमा जोड दिनुभएको छ ।
जनसम्पर्क विस्तारमा जुट्न निर्देशन
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सङ्गठन निर्माणका लागि आत्मसमीक्षासहित जनसम्पर्क विस्तारमा जुट्न निर्देशन दिनुभएको छ । पार्टीको सुदूरपश्चिम प्रदेश समिति सचिवालयको भर्चुअल बैठकलाई सम्बोधन गर्दै यस्तो निर्देशन दिनुभएको हो ।
विधान महाधिवेशनपछि थप एकताबद्ध हुने दाबी
नेपाल कम्युनिस्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले विधान महाधिवेशनपछि पार्टी थप व्यवस्थित र एकताबद्ध भएर अघि बढ्ने विश्वास व्यक्त गर्नुभएको छ । एमाले पोलिटब्युरो सदस्य आनन्द पोखरेल लिखित ‘कम्युनिस्ट पार्टी निर्माणका आधार’ पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पोखरेलले पार्टी निर्माणका लागि आफैँले तयार गरेको वैधानिक सीमालाई पनि परिष्कृत गर्दै जानुपर्ने बताउनुभयो । उहाँले परिवर्तनको उद्देश्यसँग गाँसेर स्थापित हुने पार्टी एमाले भएको दाबी गर्नुभयो ।
निजामती विधेयकमा जुटेन सहमति
निजामती कर्मचारीको अवकाशको उमेरसम्बन्धी प्रक्रियामा सरकार र विपक्षमा रहेका दलले आआफ्ना अडान कायमै राखेपछि राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिले सो विषय मतविभाजनमा गएर टुङ्ग्याउनुपर्ने भएको छ । समितिमा अल्पमतमा रहेको सत्तापक्षले भने आफ्नो अडानबमोजिम सहमति हुुनुपर्नेमा जोड दिइरहँदा विपक्षका दलले सत्तापक्षले अडान नछोडे मङ्गलबार मतविभाजनबाट सो विषय टुङ्ग्याइने जनाएका छन् ।
एमाले दोस्रो विधान महाधिवेशन : कस्तो छ तयारी ?
नेकपा (एमाले) को दोस्रो विधान महाधिवेशन आउन चार दिन बाँकी छ । भदौ २० देखि २२ गतेसम्म ललितपुरको गोदावरीस्थित सनराइज हलमा हुने महाधिवेशनको तयारी करिव पूरा भएको केन्द्रीय कार्यालयका पदाधिकारीहरुको भनाइ छ ।
विवादित चिट्ठा विधेयकमाथि प्रदेश सभामा छलफल
बागमती प्रदेशमा विवादित बन्दै आएको चिट्ठा विधेयकमाथि प्रदेश सभा बैठकमा छलफल सुरु भएको छ ।
ऐन कानुन कार्यान्वयनमा सबै पक्ष गम्भीर हुनुपर्छ : मन्त्री लेखी
मधेश प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीले मधेश प्रदेशमा निर्माण भएका ऐन कानुनको प्रभावकारी कार्यान्वयनका लागि सबै पक्ष गम्भीर हुनुपर्ने बताउनुभएको छ ।
‘छिमेकी राष्ट्रसँग नेपालले प्रष्टसँग अडान राख्नुपर्छ’
नेपालले छिमेकी राष्ट्रसँग आफ्नो अडान प्रष्टसँग राख्नुपर्नेमा परराष्ट्र विज्ञहरूले सुझाव दिनुभएको छ । प्रेस चौतारी नेपालले सोमबार आयोजना गरेको प्रधानमन्त्रीको चीन भ्रमणका बारेमा परराष्ट्रविद्हरुसँग साक्षात्कार कार्यक्रममा उहाँहरुले सो विषयमा सुझाव दिनुभएको हो ।
कर्मचारीको अवकाश उमेरबारे विवाद कायमै
सङ्घीय निजामती सेवा विधेयकमा प्रस्ताव गरिएको अनिवार्य अवकाश उमेर हदबारे राष्ट्रियसभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठक आज पनि निष्कर्षमा पुग्न सकेन ।
मन्त्रिपरिषद् बैठकका २४ निर्णय सार्वजनिक
भदौ १३ गते बसेको मन्त्रिपरिषद्का बैठकका निर्णय सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले मङ्गलबार सार्वजनिक गर्नुभएको हो ।
उपप्रमुख डङ्गोल जेनेभा प्रस्थान
भदौ १७ गते देखि १९ (सेप्टेम्बर २–४) सम्म स्वीजरल्यान्डको जेनेभामा आयोजना हुने विश्व युवा शिखर सम्मेलनमा भाग लिन काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डंगोल आज त्यसतर्फ प्रस्थान गर्नुभएको छ ।
प्रधानमन्त्री ओली र माल्दिभ्सका राष्ट्रपति मिज्जुबिच भेट
प्रधानमन्त्री केपी शर्मा ओली र गणतन्त्र माल्दिभ्सका राष्ट्रपति डा. मोहमद मिज्जुबिच दुईपक्षीय भेटवार्ता भएको छ । साङ्घाई सहयोग सङ्गठन (एससिओ) को शिखर सम्मेलनका लागि चीनको थियानजिनमा रहनुभएका प्रधानमन्त्री ओली र राष्ट्रपति मिज्जुबिच भेटवार्ता भएको हो ।
गण्डकीको नयाँ ओएनएम पारित
प्रशासनिक पुनर्संरचनालाई अघि बढाउँदै गण्डकी प्रदेश सरकारले नयाँ सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण(ओएनएम) प्रतिवेदन पारित गरेको छ । आइतबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले ओएनएम प्रतिवेदन पारित गरेको हो ।