डिजिटल माध्यमबाट हुने हिंसा न्युनीकरणका लागि सबै जुटौँ : सञ्चारमन्त्री खरेल
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले डिजिटल माध्यमबाट हुने हिंसा न्युनीकरणका लागि सबै गम्भीरतापूर्वक लाग्नु पर्नेमा जोड दिनुभएको छ।
एमाले केन्द्रीय नेतृत्वमा लमजुङबाट १४ आकांक्षी
नेकपा (एमाले) को मङ्सिर २७ गतेबाट सुरु हुने ११ औं राष्ट्रिय महाधिवेशनमा केन्द्रीय नेतृत्वका लागि लमजुङबाट दर्जन बढी नेताहरु आकांक्षी देखिनुभएको छ ।
यथास्थितिबाट माथि उठेर नयाँ चुनौतीको सामना गर्नसक्ने नेतृत्व आवश्यक छः सचिव विष्ट
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सचिव गोकर्णराज विष्टले पार्टीको आसन्न ११औँ महाधिवेशनले राष्ट्रिय राजनीतिमा देखिएका मुद्धालाई सम्बोधन गर्नेगरी नेतृत्व हस्तान्तरण गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।
मानव अधिकारको सबैभन्दा ठुलो चुनौती भ्रष्टाचार : प्रधानमन्त्री कार्की
प्रधानमन्त्री सुशीला कार्कीले मानव अधिकारको सबैभन्दा ठुलो चुनौती भ्रष्टाचार नै रहेकाे बाउनुभएकाे छ । बुधबार ७७औँ अन्तर्राष्ट्रिय मानवअधिकार दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले यस्तो बताउनुभएको हो ।
बागलुङ–२ मा कांग्रेसबाट प्रत्यक्षमा १० जनाको नाम सिफारिस
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेस बागलुङ प्रतिनिधिसभा क्षेत्र नं.–२ बाट प्रत्यक्षका लागि १० जनाको नाम सिफारिस गरिएको छ ।
निर्वाचनका लागि उम्मेदवार चयन गर्दै कांग्रेस
नेपाली कांग्रेस दैलेखले फागुन २१ गतेका लागि तय प्रतिनिधि सभा निर्वाचनका लागि धमाधम उम्मेदवार चयन गर्न थालेको छ ।
प्रतिनिधिसभा निर्वाचन : धमाधम उम्मेदवारको नाम सिफारिस गर्दै मोरङ कांग्रेस
नेपाली कांग्रेस मोरङका ६ वटै सङ्घीय निर्वाचन क्षेत्रका क्षेत्रीय समितिले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि आफ्नो निर्वाचन क्षेत्रबाट उम्मेदवारको नाम छनोट गरी जिल्ला समितिमा पठाएको छ ।
सल्यानबाट कांग्रेसका १६ जना उम्मेदवार सिफारिस
सल्यानबाट नेपाली कांग्रेसका १६ जना उम्मेदवार सिफारिस भएका छन् । आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा सदस्य तथा माघ ११ गते हुने राष्ट्रिय सभा सदस्यको निर्वाचन प्रक्रियालाई लक्षित गर्दै पार्टीले १६ जना उम्मेदवार सिफारिस गरेको हो ।
कांग्रेसबाट पाल्पा–१ मा राना एकल सिफारिस
प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेसले पाल्पा क्षेत्र नं. १ बाट सन्दीप रानाको नाम एकल सिफारिस गरेको छ । फागुन २१ मा हुने निर्वाचनका लागि प्रत्यक्ष तर्फ रानाको नाम सर्वसम्मत रुपमा सिफारिस गरेको हो ।
समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता
समानुपातिक निर्वाचन प्रणालीका लागि १०० राजनीतिक दलले निर्वाचन आयोगमा आवेदन दिएका छन् । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फ निवेदन दिने समयसीमा भित्र ती राजनीतिक दलले निवेदन दिएका हुन् ।
नयाँ पुस्ताको माग पूरा गर्न जरुरी छः उपराष्ट्रपति यादव
उपराष्ट्रपति रामसहायप्रसाद यादवले अघिल्लो भदौ २३ र २४ गते ‘जेनजी’ पुस्ताले गरेको आन्दोलनले देखाएको असन्तोषले पनि मानव अधिकारको सुनिश्चितता अझै अपूर्ण रहेको तथ्यलाई उजागर गरेको बताउनुभएको छ ।
निर्वाचनलाई मानव अधिकारमैत्री बनाउन सबैको सहयोग हुनुपर्छः राष्ट्रपति पौडेल
राष्ट्रपति रामचन्द्र पौडेलले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई मानव अधिकारमैत्री बनाउँदै लोकतान्त्रिक व्यवस्थाको सुदृढीकरणका लागि सबैको सहयोगको अपेक्षा गर्नुभएको छ ।
आयोगले केही मतदानस्थलको पुनरावलोकन गर्दै
निर्वाचन आयोगले मतदाताको सहजताका लागि देशका विभिन्न मतदानस्थलको पुनरावलोकन गर्ने भएको छ ।
भ्रष्टाचारविरुद्ध सरकार कठोर : प्रम
प्रधानमन्त्री सुशीला कार्कीले भ्रष्टाचारविरुद्ध सरकार कठोर रूपमा प्रस्तुत हुने बताउनुभएको छ । भ्रष्टाचारविरुद्धको २२ औँ अन्तर्राष्ट्रिय दिवसका अवसरमा मङ्गलबार प्रधानमन्त्री कार्यालयमा आयोजित कार्यक्रममा प्रधानमन्त्री कार्कीले भ्रष्टाचारविरुद्ध जुनसुकै हदसम्मको कठोर कदम चाल्न पनि सरकार पछि नहट्नेसमेत बताउनुभएको छ ।
स्वीकृत भयो राहत कार्यविधि
सरकारले भदौ २३ र २४ गतेको जेनजी प्रदर्शन तथा आन्दोलनमा घाइते तथा अपाङ्गता भएका व्यक्तिलाई राहत सहायता उपलब्ध गराउनेसम्बन्धी कार्यविधि, २०८२ स्वीकृत गरेको छ । यस्तै २०८१ चैत १५ गते काठमाडौँको तीनकुनेमा भएको प्रदर्शन
एमालेको महाधिवेशन विचार निर्माण गर्ने मञ्च हो : सचिव भट्ट
नेकपा (एमाले) का सचिव तथा एमाले महाधिवेशनको खाद्य व्यवस्थापन समितिका संयोजक लेखराज भट्टले पार्टीको आगामी महाधिवेशन विचार र नेतृत्व निर्माण गर्ने महत्वपूर्ण मञ्च सावित हुने बताउनुभएको छ ।
ककनीमा डा. महतलाई स्वागत
नेपाली कांग्रेसका प्रवक्ता तथा पूर्व अर्थमन्त्री डा. प्रकाशशरण महतलाई ककनीमा स्थानीयले स्वागत गरेका छन्। गाउँसम्म पिच सडक पुगेपछि महतलाई धन्यवाद दिँदै स्थानीयले स्वागत गरेका हुन्।
‘निर्वाचन सम्पन्न गरेर मात्र तपाईं निस्कनुपर्छ’
प्रधानमन्त्री सुशीला कार्कीले पितृशोकमा रहनुभएका पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठसँग भेट गर्नुभएको छ।
जेनजी योद्धाका अधुरा सपना पुरा गर्नु सरकारको प्रमुख दायित्त्व हो: गृहमन्त्री अर्याल
गृहमन्त्री ओमप्रकाश अर्यालले जेनजी योद्धाका अधुरा सपना पुरा गर्दै भ्रष्टाचारको अन्त्य र सुशासन कायम गर्नु नै यो सरकारको प्रमुख कार्यभार भएको बताउनु भएको छ।
सिग्रेदोभान पुल वैशाखभित्र सम्पन्न गर्न मुख्यमन्त्री बानियाँको निर्देशन
बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले मकवानपुर र काभ्रेपलाञ्चोक जिल्ला जोड्ने सिग्रेदोभान पक्की पुल आगामी वैशाखभित्र निर्माण सम्पन्न गर्न निर्देशन दिनुभएको छ ।
सञ्चारमन्त्री खरेलसँग भारतीय अतिरिक्त सचिवको शिष्टाचार भेट
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलसँग भारतका विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरले आज शिष्टाचार भेट गर्नुभएको छ।
कैलाली क्षेत्र नम्बर ५ बाट चार जना सिफारिस
नेपाली कांग्रेसले कैलालीको निर्वाचन क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्यका लागि चार जनाको नाम सिफारिस गरेको छ ।
मुख्यमन्त्री यादव र सभापति देउवाबिच भेटवार्ता
मधेश प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादव र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबिच भेटवार्ता भएको छ
नयाँ समझदारीका लागि सरकारले नेतृत्व लिनु पर्छ : राप्रपा
राजसंस्था, राजनीतिक दल र जेनजी पुस्ताबिच नवीन सहमतिको नेतृत्व प्रधानमन्त्री सुशीला कार्कीले लिनुपर्ने भन्दै सरकारकोे ध्यानार्कषण गराएको छ ।