सानेपामा कांग्रेसको ‘संसदीय सचेतना कार्यक्रम’
नेपाली कांग्रेसको पार्टी कार्यालय सानेपामा प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूलाई अभिमुखीकरण सुरु भएको छ ।
ओलीको पक्राउको तीनवटै मोर्चाबाट प्रतिवाद गर्ने एमालेको चेतावनी
नेकपा (एमाले) का उपमहासचिव योगेश भट्टराईले पार्टी अध्यक्ष केपी शर्मा ओलीको पक्राउलाई संसद्, सडक र न्यायालय तीनवटै मोर्चाबाट प्रतिवाद गर्ने बताउनुभएको छ ।
पार्टी अध्यक्ष ओली र कांग्रेस नेता लेखकलाई रिहाई गर्न एमालेको माग
नेकपा (एमाले)ले पार्टी एवं पूर्वप्रधानमन्त्री अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता एवं पूर्वगृहमन्त्री रमेश लेखकलाई तत्काल रिहाई गर्न माग गरेको छ ।
कानुन कार्यान्वयनमा लाग्न गृहमन्त्रीको निर्देशन
गृहमन्त्री सुधन गुरुङले कानुन कार्यान्वयनमा दह्रोसँग उभिन सुरक्षाकर्मीहरूलाई निर्देशन दिनुभएको छ । जावलाखेलस्थित जिल्ला प्रहरी परिसर ललितपुरको निरीक्षणका क्रममा उहाँले पारदर्शी ढङ्गबाट कार्यसम्पादन गर्न निर्देशन दिनुभएको हो ।
ओली र लेखकको गिरफ्तारीप्रति एमालेको आपत्ति, तत्काल रिहाइको माग
नेकपा (एमाले) ले पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता रमेश लेखकको गिरफ्तारीलाई प्रतिशोधपूर्ण र गैरकानुनी ठहर गरेको छ।
चिनियाँ प्रधानमन्त्रीद्वारा प्रधानमन्त्री शाहलाई बधाई, सहकार्य सुदृढ गर्ने प्रतिबद्धता
चीनका प्रधानमन्त्री ली छ्याङले नेपालको प्रधानमन्त्रीमा श्री बालेन्द्र शाह नियुक्त हुनुभएकामा हार्दिक बधाई ज्ञापन गर्दै द्विपक्षीय सहकार्य र साझेदारीलाई सुदृढ गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
ओली पक्राउपछि च्यासलमा एमाले सचिवालय बैठक सुरु
नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक पार्टी मुख्यालय च्यासलमा सुरु भएको छ। पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई सरकारले ज्यानसम्बन्धी कसुरमा पक्राउ गरेसँगै बैठक बसेको हो। सचिवालय बैठकमा अब आन्दोलनको रणनीति तय गर्ने योजना रहेको छ।
एमालेको आपत्ति : ओलीमाथि गिरफ्तारी राजनीतिक प्रतिशोध
नेकपा एमालेका नेताहरूले पार्टी अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीमाथि सरकारको गिरफ्तारीलाई ‘राजनीतिक प्रतिशोध’ भन्दै कडा आपत्ति जनाएका छन्।
अध्यक्षओलीमाथि लगाइएको कानुनी दफामा आपत्ति : उपाध्यक्ष पन्त
नेकपा एमालेका उपाध्यक्ष रघुजी पन्तले पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथि लगाइएका कानुनी दफाहरुको कुनै आधार नभएको दाबी गर्नुभएको छ।
अध्यक्ष ओलीको शिक्षण अस्पतालमा स्वास्थ्य परीक्षण हुँदै
प्रधानमन्त्री एवम् नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल लगिएको छ ।
‘सधैँ जनताको माझमा रहेर सेवा गर्छु’
भरतकुमार स्वाँरले २०३४ सालमा बिपी कोइरालाबाट नेपाली कांग्रेसको सदस्यता लिनुभयो । निरङ्कुश पञ्चायतविरुद्धको आन्दोलनमा सक्रिय रहनुभएका स्वाँर उक्त अवसर पाउनु आफ्नो शौभाग्य भएको बताउनुहुन्छ । राजनीतिक यात्राको ४६ वर्षपछि यस पटक अछाम क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्य पदमा विजयी हुनुभयो । उहाँले १० हजार ७५९ मत प्राप्त गर्नुभएको थियो । अछाममा स्वाँर जब्बर राजनीतिज्ञ मानिनुहुन्छ । उहाँको जीवनयापन निकै साधारण र सरल किसिमको छ । प्रतिनिधि सभा सदस्य स्वाँर संसद् अधिवेशन र अरू काम विशेषले काठमाडौँमा रहनुपर्नेबाहेक अधिकांश समय विगतमा झैँ अछामी जनतामाझ नै बिताउने बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “अछामी जनतालाई कुनै किसिमको अन्याय र पीरमर्का नपरोस् भन्नेमा म सधैँ लागिपर्ने छु ।”
कानुनभन्दा माथि कोही छैन : गृहमन्त्री गुरुङ
गृहमन्त्री सुधन गुरुङले कानुनभन्दा माथि कोही नहुने बताउनुभएको छ । शनिबार बिहान पूर्वप्रधानमन्त्री एवम् नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ पर्नुभएपछि सामाजिक सञ्जालमा लेख्नुहुँदै गृहमन्त्री गुरुङले यो प्रतिसोध नभइ न्यायको सुरुवात भएको बताउनुभयो ।
राजस्व अनुसन्धान विभाग खारेज हुने
नवनियुक्त अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राजस्व अनुसन्धान विभाग र ऐन खारेजीका लागि कार्यदल गठन गर्ने निर्णय गर्नुभएको छ । अर्थमन्त्रीका रूपमा शुक्रबार पदबहाली गर्दै उहाँले उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग, २०८१ को प्रतिवेदनका आधारमा मन्त्रीपरिषद्मा लानु्पर्नेलाई मन्त्रीपरिषद्मै र संसद्मा लानुपर्नेलाई संसद्मै लैजाने बताउनुभयो । यससँगै प्रतिवेदनमा उल्लिखित १५ वटा ऐन पनि खारेज गर्ने प्रक्रिया सुरु हुने भएको छ ।
पूर्वप्रधानमन्त्री ओली पक्राउ
नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली उहाँको निवासबाटै पक्राउ पर्नुभएको छ ।
जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गरिने
प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वको पहिलो मन्त्रीपरिषद् बैठकले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका विषयमा जाँचबुझ गर्न गठित न्यायिक आयोगको प्रतिवेदन कार्यान्वय गर्ने निर्णय गरेको छ ।
जनादेश प्राप्त सरकारलाई सत्ता हस्तान्तरण
राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता एवं झापा–५ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य बालेन्द्र शाहले जननिर्वाचित सबैभन्दा कान्छो प्रधानमन्त्रीका रूपमा शुक्रबार पदभार ग्रहण गर्नुभएको छ । पद तथा गोपनीयताको शपथग्रहण गरेलगत्तै प्रधानमन्त्री सुशीला कार्कीले शाहलाई आसन हस्तान्तरण गर्नुभयो ।
सुशासनप्रति दृढ सङ्कल्प
नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को पहिचान २०७८ सालभन्दा अघि जागरणका गीतसँगै सुधारका पक्षमा निरन्तर खबरदारी गर्ने गायक एवं अभियन्ताका रूपमा थियो । २०७९ सालको स्थानीय तह निर्वाचनले उहाँको पहिचान फेरिदियो । स्थानीय तहको निर्वाचनमा उहाँ काठमाडौँ महानगरपालिका प्रमुखमा निर्वाचित हुनुभयो ।
यस्तो बन्यो बालेन्द्र मन्त्रिपरिषद्
प्रधानमन्त्री बालेन्द्र शाह नेपालको संविधानको धारा ७६ (१) बमोजिम प्रधानमन्त्री नियुक्त हुनुभएको हो ।
प्रधानमन्त्री बालेन्द्र पूजापाठपछि बालुवाटार निवासमा
प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) पूजापाठ गरेर प्रधानमन्त्री निवास बालुवाटार प्रवेश गर्नुभएको छ ।
शिक्षामन्त्री पोखरेल बन्नुभयो सरकारको प्रवक्ता
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेल सरकारको प्रवक्ता बन्नुभएको छ । बालेन्द्र शाह (बालेन) नेतृत्वको पहिलो मन्त्रिपरिषद् बैठकले पोखरेललाई सरकारको प्रवक्ता नियुक्त गरेको हो ।
सामान्य प्रशासन र भूमिमन्त्री रावलद्वारा पदभार ग्रहण
नवनियुक्त सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले पदभार ग्रहण गर्नुभएको छ।
मन्त्रिपरिषद् बैठक : कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय
बालेन्द्र साह (बालेन) नेतृत्वमा बसेको पहिलो मन्त्रिपरिषद् बैठकले गौरीबहादुर कार्कीको अध्यक्षतामा गठन भएको छानबिन आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको छ ।
मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण प्राथमिकतामा रहने छः वनमन्त्री चौधरी
वन तथा वातावरणमन्त्री गीता चौधरीले मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणलाई आफ्नो कार्यकालको प्रमुख प्राथमिकतामा राख्ने बताउनुभएको छ ।
प्रधानमन्त्री शाहलाई अध्यक्ष ओलीको बधाई
नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह सहित नवगठित मन्त्रिपरिषद्का सदस्यलाई नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले समाजिक सञ्जालमार्फत बधाई तथा शुभकामना दिनुभएको छ ।