उम्मेदवारको नाम सिफारिस गर्दै दल
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि ताप्लेजुङबाट राजनीतिक दलहरुले उम्मेदवारको नाम धमाधम सिफारिस गर्न थालेका छन्। दलहरुले प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ र समानुपातिक तर्फका उम्मेदवारको नाम सिफारिस गर्न थालेका हुन्।
कांग्रेसले समानुपातिक सूची सोमबार आयोगमा बुझाउने
नेपाली कांग्रेसले आगामी प्रतिनिधि सभा सदस्यका लागि समानुपातिक सूची सोमबार निर्वाचन आयोगमा बुझाउने भएको छ।
राष्ट्रियसभाको अधिवेशन अविलम्ब बोलाउन कांग्रेसको माग
नेपाली कांग्रेसले राष्ट्रियसभाको अधिवेशन अविलम्ब बोलाउन माग गर्दै राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालसँग भेटवार्ता गरेको छ ।
मुलुकमा निर्वाचनको वातावरण बनेको छः सञ्चारमन्त्री खरेल
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पछिल्लो समय सबै राजनीतिक दल निर्वाचनमा होमिएकाले मुलुकमा निर्वाचनको वातावरण बनेको बताउनुभएको छ ।
कांग्रेसद्वारा कार्यसम्पादन समितिको बैठकको निर्णय कार्यान्वयन गर्न निर्देशन
नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको यही पुस १२ गते बसेको बैठकले गरेका निर्णय कार्यान्वयनका लागि निर्देशन दिएको छ ।
एमाले बाँकेद्वारा उम्मेदवार सिफारिस
आसन्न फागुन २१ गतेका लागि तय गरिएको निर्वाचनलाई लक्षित गर्दै नेकपा (एमाले) ले समानुपातिक तर्फका उम्मेदवार सिफारिस गरेको छ ।
एमाले सचिवालय बैठक सुरु
नेकपा (एमाले) को सचिवालय बैठक सुरु भएको छ । पार्टी मुख्यालय च्यासल ललितपुरमा जारी बैठकमा समानुपातिक उम्मेदवारको अन्तिम सूचीबारे छलफल हुने एमाले सचिव महेश बस्नेतले बताउनुभयो ।
नेकपा बाँकेद्वारा पूर्वमन्त्री अथकसहित २३ जनाको नाम सिफारिस
फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि विभिन्न राजनितिक दलहरूद्वारा केन्द्रमा उम्मेद्वार सिफारिस गर्ने कार्य तीव्र रुपमा चलिरहेको छ ।
मुलुक निर्वाचनमा अघि बढिसक्योः सञ्चारमन्त्री खरेल
सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले देश चुनावको बाटो हुँदै समृद्धि, सुशासन र विकासको मार्गमा अघि बढिसकेका बताउनुभएको छ ।
कांग्रेस मिक्लाजुङ सभापतिमा गणेश वाजी सर्वसम्मत
नेपाली कांग्रेस मिक्लाजुङ गाउँपालिका सभापतिमा गणेश वाजी सर्वसम्मत चयन हुनुभएको छ । पार्टीको १५ औं महाधिवेशनका लागि वाजीलाई सभापति बनाउन मिक्लाजुङ कांग्रेसमा सहमति जुटेको हो ।
तथ्यमा आधारित समाचार अझ विश्वसनीय हुन्छ : मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले नेपाल र भारतबीचको सम्बन्धलाई थप बलियो बनाउन दुवै देशको पत्रकारिता क्षेत्रको योगदान महत्त्वपूर्ण रहेको बताउनुभएको छ ।
प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा तनहुँद्वारा उम्मेदवार सिफारिस
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) तनहुँले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारहरूको नामावली सिफारिस गरेको छ ।
एक करोड ८९ लाख मतदाताले छान्नेछन् प्रतिनिधिसभा सदस्य
आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि एक करोड ८९ लाख तीन हजार ६८९ मतदाता समावेश हुने भएका छन् ।
समानुपातिकको सूची बनाउन कांग्रेसको मापदण्ड
नेपाली कांग्रेसले फागुन २१ गतेका लागि तय भएको समानुपातिकतर्फका उम्मेदवारको नामावली चयन प्रक्रिया प्रारम्भ गरेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा शनिबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले ११० उम्मेदवार चयनको मापदण्ड तयार गरेर नाम चयन गर्ने निर्णय गरेको हो ।
समानुपातिकतर्फको बन्दसूची भोलिसम्म
आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राजनीतिक दलले पुस १३ (आज) र १४ गते समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचनका लागि उम्मेदवारको बन्दसूची पेस गर्दै छन् । आयोगको निर्वाचन कार्यक्रमबमोजिम दलले उम्मेदवारको बन्दसूची पेस गर्न लागेका हुन् ।
रवि–बालेनबिच सात बुँदे सहमति
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)बिच ‘बृहत् एकता’ गर्ने सहमति भएको छ ।
नेताहरुमाथिको स्थान हद हटाउनु स्वागतयोग्य : नेता बस्नेत
नेकपा (एमाले) का सचिव महेश बस्नेतले पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथि लगाइएको स्थान हद हटाउने सरकारको संकेतलाई सकारात्मक र स्वागतयोग्य भन्नुभएको छ ।
‘काँग्रेसले पुस २८ भित्र विशेष महाधिवेशन बोलाउनैपर्छ’
कानून व्यवसायीहरूले नेपाली काँग्रेसले विधानअनुसार विशेष महाधिवेशन अनिवार्य रूपमा बोलाउनुपर्ने निष्कर्ष निकालेका छन् ।
सबै दल निर्वाचनमा जान तयार, तर सुरक्षा चुनौति छ : सभापति देउवा
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सबै राजनीतिक दलहरु निर्वाचनमा जान तयार रहेको बताउनु भएको छ ।
कांग्रेसले कारबाहीमा परेका नेताको कारबाही फुकुवा गरी क्रियाशील सदस्यता नवीकरण गर्ने
नेपाली कांग्रेसले विगतका निर्वाचनमा पार्टीका नेतालाई असहयोग गर्ने पार्टी हितविपरीत लागेका नेता तथा कार्यकर्तालाई कारबाही मिनाहा गरी क्रियाशील सदस्य नवीकरण गर्ने निर्णय गरेको छ ।
बालुवाटार बैठक : निर्वाचनमा जान सबै दल तयार
फागुन २१ गतेका लागि तोकिएको निर्वाचनमा सहभागी हुन प्रमुख राजनीतिक दल तयार भएका छन्।
बालुवाटारमा प्रधानमन्त्रीले शीर्ष नेतालाई भन्नु भयो : यो घर तपाईंहरूकै हो
छलफलमा सहभागी नेतालाई सम्बोधन गर्नुहुँदै उहाँले भन्नु भयो, ‘यो घर तपाईंहरूकै हो। म त न्याय क्षेत्रको मान्छे। राष्ट्रपतिज्यूबाट चुनाव गराउने कार्यादेश पाए बमोजिम हामी चुनावको तयारी गरिरहेका छौँ।’
परिस्थितिको नेतृत्व गर्दै मुलुकलाई निकास दिनु पर्छ : मुख्यमन्त्री शाह
सुदूरपश्चिम प्रदेशका मुख्ययमन्त्री कमलबहादुर शाहले असहज परिस्थितिमा नेतृत्व लिँदै मुलुकलाई निकास दिने पार्टी नेपाली कांग्रेस रहेको बताउनु भएको छ।
प्रधानमन्त्री कार्की र प्रमुख दलका शीर्ष नेताबिच छलफल
प्रधानमन्त्री सुशीला कार्की र प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताबिच आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका विषयमा छलफल सुरु भएको छ ।