कांग्रेसको १५ औँ महाधिवेशन भदौमा
नेपाली कांग्रेसले आफ्नो १५ औँ महाधिवेशनका लागि प्रस्तावित कार्यतालिका सार्वजनिक गरेको छ ।
गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित पाँचविरुद्ध भ्रष्टाचार मुद्दा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बझाङको बित्थडचिर गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत चक्रदेव भट्टसहित पाँचजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
मुलुकमा सुशासन कायम गर्न सरकारसँग सहकार्य गर्छौँ : सभापति थापा
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मुलुकमा सुशासन कायम गर्न तथा शासकीय सुधारका सन्दर्भमा अब बन्ने सरकारसँग सहकार्य गर्न पार्टी तयार रहेको बताउनुभएको छ ।
रास्वपा केन्द्रीय समितिको बैठक आगामी बिहीबार
यही चैत १२ गते अपराह्न २ः०० बजे प्रतिनिधिसभा सदस्यहरूको शपथ समारोह हुँदैछ । सोही दिनको दिउँसो ४ः०० बजे रास्वपाले आफ्नो संसदीय दलको नेता चयनसम्बन्धी छलफलका लागि बैठक बोलाएको हो ।
कार्यान्वयनमा सरोकारवाला आश्वस्त
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ मार्फत करिब दुई तिहाइ सिट जितेपछि शक्तिशाली सरकार गठनको अन्तिम तयारीमा छ । सरकार गठनको तयारीमा लाग्दै गर्दा उक्त पार्टीले निर्वाचनको पूर्वसन्ध्यामा व्यक्त गरेको वाचापत्रको कार्यान्वयन कसरी हुन्छ भन्ने विषयमा पनि चासो बढ्न थालेको छ । विशेष गरी सरकारी बजेटको सबैभन्दा धेरै हिस्सा ओगट्ने शिक्षा क्षेत्रको सुधारका लागि वाचापत्रमा व्यक्त गरिएका प्रतिबद्धता र ती प्रतिबद्धता कार्यान्वयनको पक्षमा चासो बढ्न थालेको छ ।
उपराष्ट्रपति यादवसँग बङ्गलादेशका राजदूत रहमानको शिष्टाचार भेट
उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि बङ्गलादेशका राजदूत मो शफिकुर रहमानले शिष्टाचार भेट गर्नुभएको छ ।
गाउँ पुगेर मतदाता भेट गर्दै सांसद थेबे
गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा ताप्लेजुङबाट निर्वाचित सांसद क्षितिज थेबे यतिबेला मतदाता भेट गर्नमा व्यस्त रहनुभएको छ ।
सिंहदरबारमा ६ दलका संसदीय कार्यालय तयार
सङ्घीय संसद् सिंहदरबारभित्रबाटै सञ्चालन हुने तयारीसँगै नवनिर्वाचित ६ राष्ट्रिय दलका संसदीय कार्यालयहरू व्यवस्थापन अन्तिम चरणमा पुगेका छन् ।
गृहमन्त्रीद्वारा कर्मचारी र सुरक्षा निकाय सम्मानित
गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिनिधिसभा सदस्य निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने गृह मन्त्रालयका कर्मचारी र सुरक्षा निकायलाई सम्मान गर्नुभएको छ ।
सुशासन, विकास र समृद्धिमा केन्द्रित रहने थापाको प्रतिबद्धता
करिब ४१ हजारभन्दा बढी मतान्तरसहित विजयी हुनुभएका थापा यसअघि २०७९ सालको निर्वाचनमा तेस्रो स्थानमा रहनुभएको थियो । सिभिल इन्जिनियरिङ अध्ययनसँगै कलेज सञ्चालन र समाजसेवामा सक्रिय रहँदै आएका थापा तीन वर्षअघि राजनीतिक यात्रामा प्रवेश गर्नुभएको हो ।
संसद् अधिवेशन नयाँ सरकारको सिफारिसमा
प्रतिनिधि सभाका नवनिर्वाचित सदस्यको शपथलगत्तै सङ्घीय संसद्को बैठक बस्ने गरी नयाँ निर्वाचित सरकारले अधिवेशन आह्वान गर्ने भएको छ । वर्तमान सरकारबाट संसद्को अधिवेशन आह्वानसम्बन्धी सिफारिस नहुने धारणा आएपछि नयाँ सरकारले नै सङ्घीय संसद्को अधिवेशनका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने बताइएको छ ।
जनताले अनुभूति गर्ने गरी काम गर्नुपर्छ : मुख्यमन्त्री शाह
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले जनताले अनुभूति गर्ने गरी काम गर्नुपर्ने बताउनुभएको छ ।
मुलुकलाई लोकतान्त्रिक निकास दिन प्रधानमन्त्री सफल : सभापति लामिछाने
प्रधानमन्त्री सुशीला कार्कीसँग राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आज बालुवाटारमा शिष्टाचार भेट गर्नुभएको छ ।
कांग्रेस केन्द्रीय समिति बैठक सम्पन्न : सभापति गगन थापाको राजीनामा सर्वसम्मतिले अस्वीकृत
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले सभापति गगनकुमार थापाले दिनुभएको राजीनामा सर्वसम्मतिले अस्वीकृत गरेको छ ।
सांसदको शपथ र अधिवेशनलाई लक्षित गरी सुरक्षा व्यवस्था कडा पार्न निर्देशन
सिंहदरबारको सुरक्षा प्रबन्धका विषयमा गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा आइतबार गृह मन्त्रालयमा बैठक बसी सुरक्षा तयारीबारे छलफल भएको छ ।
प्रधानमन्त्री कार्कीसमक्ष निर्वाचनको मत परिणामसहितको प्रतिवेदन पेश
प्रधानमन्त्री सुशीला कार्कीलाई आइतबार बालुवाटारमा गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको मत परिणामसहितको प्रतिवेदन पेश गर्नुभएकाे छ ।
अब एउटै विवरणका लागि छुट्टाछुट्टै फारम भर्नु पर्दैन : गृहमन्त्री अर्याल
सरकारले एकीकृत नागरिकता व्यवस्थापन सूचना प्रणाली र राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीबिच अन्तरआबद्धता गरी सेवा प्रवाह सुरु गरेको छ ।
नेविसङ्घको ऐतिहासिक योगदान कसैले बिर्सन सक्दैन : महामन्त्री घिमिरे
नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) को ऐतिहासिक योगदानलाई कसैले पनि कम आँक्न नसक्ने बताउनुभएको छ ।
सभापतिको राजीनामा फिर्ता हुनुपर्नेमा सबै सदस्य एकमत : प्रवक्ता चालिसे
नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टी सभापति गगन थापाले दिनुभएको राजीनामा फिर्ता गर्नुपर्ने पक्षमा शतप्रतिशत केन्द्रीय सदस्य एकमत रहेको बताउनुभएको छ ।
‘अध्ययनबाट प्राप्त ज्ञान देश निर्माणमा लगाउँछु’
समकालीन राजनीतिमा उच्च शैक्षिक योग्यता भएका विरलै व्यक्तिमध्ये डा. कृष्णहरि बुढाथोकी एक हुनुहुन्छ । एकमात्र निर्वाचन क्षेत्र रहेको रामेछापबाट उहाँले संसदीय यात्रा तय गर्नुभएको हो ।
बालविवाह अन्त्यका लागि प्रदेश सांसदसँग नीति–संवाद
नेपालमा बालविवाह अन्त्यका लागि लुम्बिनी प्रदेशका सांसदहरूले नीतिनिर्माण तहमा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएका छन् । बालविवाह न्यूनीकरणमा प्रदेशसभा सदस्यको भूमिका विषयक नीति–संवाद कार्यक्रममा सहभागी सांसदहरूले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् ।
संसद् अधिवेशनका लागि तयारी पूरा
नवनिर्वाचित प्रतिनिधि सभा सदस्यको शपथ तथा संसद् अधिवेशन सञ्चालनका लागि सभाकक्षलगायतको सबै तयारी पूरा भएको छ । अन्ततः निर्माणाधीन संसद् भवन तयार हुन नसकेपछि नयाँ संसद् भवनभित्रको बहुउद्देश्यीय कक्षलाई सांसदको शपथग्रहण तथा संसद् अधिवेशन सञ्चालनका लागि तयारी गरिएको हो । निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक भएको ३० दिनभित्र संसद्को अधिवेशन आह्वान गर्नुपर्ने संवैधानिक प्रावधान छ ।
सरकार गठनको तयारीमा रास्वपा
प्रतिनिधि सभामा झन्डै दुई तिहाइ (१८२ स्थानमा) जित हासिल गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकार गठनको आन्तरिक तयारीमा जुटेको छ । प्रतिनिधि सभामा स्पष्ट बहुमत प्राप्त गरेको रास्वपाको नेतृत्वमा एकल सरकार गठन हुने भएसँगै पार्टीका शीर्ष नेता आन्तरिक छलफल र तयारीमा जुटेका छन् ।
‘सहमति, सहकार्य र एकता’ का प्रवर्धक
पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति स्व. गिरिजाप्रसाद कोइरालाको नायकत्वमा नेपाल सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामा प्रवेश ग¥यो । उहाँले नै देशलाई क्रान्तिकारी रूपान्तरणमार्फत नवीन गन्तव्यतर्फ अघि बढाउने नेतृत्व गर्नुभएको थियो । उहाँको सूत्र थियो, ‘सहमति, सहकार्य र एकता ।’