निर्वाचन सफल बनाउन प्रमुख दल र सरकारबिच समझदारी
फागुन २१ गते हुने निर्वाचन सम्पन्न गर्नका लागि वातावरण बनाउने समझदारी भएको छ।
राजनीतिक दल निर्वाचनमा जान प्रतिबद्ध छन्, सरकार चुनाव गर्न तयार छ : सरकार
सरकारका मन्त्रिहरूले मुलुकका प्रमुख राजनीतिक दलको कार्यालयमा पुगेर संवाद गरी उहाँहरूबाट उठाइएका विषय सरकारसमक्ष पुर्याउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
चुनावबाट भाग्न खोजेको आरोप
नेपाल कम्युनिष्ट पार्टी (एमाले) पाँचथरले वर्तमान सरकार देशलाई अस्थिरता, अन्योल र दिशाहिनतातर्फ धकेल्न उद्धत रहेको आरोप लगाएको छ ।
भेरी–बबई आयोजनाको काम छिटो सक्न गृहमन्त्रीको निर्देशन
गृहमन्त्री ओमप्रकाश अर्यालले भेरीगंगा नगरपालिका(११ मा निर्माणाधीन प्रक्रियामा रहेको भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको मङ्गलवार स्थलगत अवलोकन गर्नु भएको छ।
तत्कालीन गृहसचिव, आइजिपी र सिडीओको विदेश भ्रमण र स्थान हद फुकुवा
जेनजी आन्दोलन (भदौ २३ र २४) घटनाको छानबिन गर्न बनेको जाँचबुझ आयोगले तत्कालीन गृहसचिव, प्रहरी प्रमुख र प्रमुख जिल्ला अधिकारीको स्थान हद फुकुवा गरेको छ ।
दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्याउन संवाद थालेका छौँ : मन्त्री सिन्हा
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले राजनीतिक दलहरूको सञ्जाल तल्लो तहसम्म सक्रिय भएकाले उनीहरूमार्फत निर्वाचनको सन्देश प्रवाह गर्न सरकार सक्रिय भएको बताउनुभएको छ ।
देशलाई अभिभावकको खाँचो छ : शेखर कोइराला
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले देशलाई एउटा अभिभावक आवश्यक रहेको बताउनु भएको छ ।
निर्वाचनमा जाने पार्टीको निर्णय कार्यान्वयनको विकल्प छैन : नेता पौडेल
नेपाली काँग्रेसका नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले मुलुकको विद्यमान सङ्कट समाधानका लागि निर्वाचनमा जाने पार्टीको संस्थागत निर्णय कार्यान्वयन गरेर अघि बढ्नुको विकल्प नरहेको बताउनुभएको छ ।
राष्ट्रपति, प्रधानमन्त्रीसहित तीन शीर्ष नेताको बैठक
राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीसहित प्रमुख तीन दलका शीर्ष नेतासँग छलफल गर्नु भएको छ ।
राष्ट्रपति पौडेलसँग चिनियाँ राजदूतको बिदाइ भेट
राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालस्थित चिनियाँ राजदूत छन् सोङले बिदाइ भेट गर्नुभएको छ ।
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बुधबार बस्ने
नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक यही पुस ९ गते बस्ने भएको छ ।
मदुरोमाथि ट्रम्पको दबाब
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोले पदबाट राजीनामा दिनु ‘बुद्धिमानी’हुने धारणा व्यक्त गर्नु भएको छ ।
फागुन २१ मा निर्वाचन गर्नुको विकल्प छैन : सञ्चारमन्त्री खरेल
अन्तरिम सरकारका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले फागुन २१ मा प्रतिनिधि सभा सदस्य निर्वाचन गर्नुको विकल्प नरहेको बताउनुभएको छ ।
यस्तो अवस्थामा हुनेछ समानुपातिकतर्फको सूचीबाट अयोग्य
सरकार, प्रदेश सरकार वा स्थानीय तहबाट अनुदान प्राप्त संस्थामा पारिश्रमिक पाउनेगरी बहाल रहेका कुनै पनि व्यक्ति राजनीतिक दलका तर्फबाट समानुपातिकतर्फको उम्मेदवारको सूचीमा रहेको भए अयोग्य हुने व्यवस्था गरिएको छ ।
महाधिवेशनपछि पनि गुट भेला हानिकारक हुन्छ : नेता ज्ञवाली
नेकपा (एमाले) का नेता प्रदीप ज्ञवालीले पार्टी महाधिवेशनले नेतृत्व अनुमोदन गरिसकेकाले छुट्टै भेला बसाउनु पार्टीका लागि हानीकारक भएको बताउनुभएको छ । नेता ईश्वर पोखरेल समूहको अलग्गै भेलालाई लक्षित गर्दै उहाँले त्यस्तो टिप्पणी गर्नुभएको हो ।
निर्वाचनमा शङ्का गर्ने ठाउँ छैन : कार्यवाहक प्रमुख आयुक्त भण्डारी
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले सरकारले निर्वाचनका लागि शान्ति–सुरक्षाको पूर्ण सुनिश्चितता गरिसकेकाले निर्वाचनबारे शंका–उपशंका गर्नुपर्ने अवस्था नरहेको बताउनुभएको छ ।
निर्वाचनलाई परिवर्तनको उत्सवका रूपमा लिनुस् : प्रधानमन्त्री कार्की
प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनलाई परिवर्तनको उत्सवका रूपमा लिन राजनीतिक दलका नेताहरूसँग आग्रह गर्नु भएको छ ।
व्यक्तिको आस्थामाथिको प्रहार अस्वीकार्यः मुख्यमन्त्री बानियाँ
बागमती प्रदेशका मुख्यमन्त्री एवम् नेपाली कांग्रेस बागमती प्रदेश समितिका सभापति ईन्द्रबहादुर बानियाँले व्यक्तिको आस्थामाथिको प्रहार अस्वीकार्य भएको बताउनुभएको छ ।
सिंहदरबारमा सर्वपक्षीय छलफल, निर्वाचनबारे मिश्रित धारणा
प्रतिनिधि सभा सदस्य निर्वाचन समयमै हुनेमा नागरिक अगुवाहरुले आशंका व्यक्त गरेका छन् ।
निर्धारित मितिमै निर्वाचन हुन्छ : मन्त्री घिसिङ
उर्जा जलस्रोत एवं सिंचाई मन्त्री कुलमान घिसिङले सरकारले निर्धारित मितिमै प्रतिनिधिसभाको निर्वाचन गराउने जिकिर गर्नुभएको छ ।
देशभर १० लाखभन्दा बढी नयाँ मतदाता थपिए
देशभर १० लाख १६ हजार ७ सय ५४ जना नयाँ मतदाता थपिएका छन्, जसले कुल मतदाता सङ्ख्यामा ५.६५ प्रतिशतले वृद्धि गरेको निर्वाचन आयोगले जनाएको छ ।
एमसिए-नेपालद्वारा दुई वटा सम्झौतामा हस्ताक्षर
मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति (एमसिए-नेपाल) अन्तर्गत बन्ने दुई वटा सडक आयोजनाका लागि करिब दुई करोड ३७ लाख अमेरिकी डलर बराबरको सम्झौता भएको छ ।
कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीबिच भेटवार्ता
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबिच भेटवार्ता भएको छ ।
'पूर्ण समानुपातिक निर्वाचन प्रणाली आवश्यक छ'
जनता समाजवादी पार्टी नेपालका केन्द्रीय सचिव शैलेन्द्रप्रसाद साहले निर्वाचन लोकतन्त्रको आधारशिला भएको बताउँदै अब पूर्ण समानुपातिक निर्वाचन प्रणाली अवलम्बन गर्नुपर्ने आवश्यकता औँल्याउनुभएको छ।