दक्ष जनशक्ति सिर्जना गर्ने योजना गर्ने नवनियुक्त श्रममन्त्री साहको निर्णय
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपककुमार साहले पदभार ग्रहण गरेलगत्तै दक्ष जनशक्ति सिर्जना गर्ने निर्णय गर्नुभएको छ ।
शिक्षक, लेखक हुँदै पर्यटनमन्त्री
वि. सं. २०३२ सालमा विमानस्थल निर्माणका लागि पोखराको तीन हजार एक सय छ रोपनी जग्गा अधिग्रहण भयो । जग्गा अधिग्रहण हुँदा विस्थापित हुनेमा खडकराज पौडेलको परिवार पनि थियो ।
ऊर्जाबाट कोही पनि वञ्चित नहोस्ः ऊर्जामन्त्री श्रेष्ठ
नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले ऊर्जाबाट कोही पनि वञ्चित हुन नहुने बताउनुभएको छ ।
प्रधानमन्त्री बालेन्द्र साह प्रधानमन्त्री कार्यालयमा
राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरे लगत्तै उहाँ प्रधानमन्त्रीको कार्यालय सिंहदरबार पुग्नुभएको हो ।
कृषिमन्त्री चौधरीद्वारा पदभार ग्रहण
नवनियुक्त कृषि तथा पशुपक्षी विकास र वन तथा वातावरणमन्त्री गीता चौधरीले पदभार ग्रहण गर्नुभएको छ ।
सुधार गर्नुपर्ने कानुन निर्माणमा ध्यान दिन्छौँः कानुनमन्त्री गौतम
नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले सुधार गर्नुपर्ने कानुन निर्माणमा ध्यान दिने बताउनुभएको छ ।
परराष्ट्रमन्त्री शिशिर खनालद्वारा पदभार ग्रहण
परराष्ट्रमन्त्री शिशिर खनालले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । शपथ लगत्तै उहाँले मन्त्रालयमा पुगेर पदभार ग्रहण गर्नुभएको छ ।
सेवा प्रवाह सरल र भ्रष्टाचारप्रति शून्य सहनशीलता अपनाउन गृहमन्त्री गुरुङको निर्देशन
नवनियुक्त गृहमन्त्री सुधन गुरुङले सेवा प्रवाहलाई सहज बनाउँदै भ्रष्टाचारप्रति शुन्य सहनशीलताको नीति अपनाउन निर्देशन दिनुभएको छ ।
शिक्षा र युवा मन्त्रालयको जिम्मेवारी सस्मित पोखरेललाई
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का केन्द्रीय सदस्य सस्मित पोखरेल शिक्षा, विज्ञान तथा प्रविधि र युवा तथा खेलकुदमन्त्री नियुक्त हुनुभएको छ । उहाँले शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पद तथा गोपनीयताको शपथ लिनुभयो ।
कानुन सुधारको जिम्मा अब सोविता गौतमको काँधमा (जीवनीसहित)
नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम चितवन क्षेत्र नं ३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य समकालीन नेपाली राजनीतिमा उदाउँदो युवा नेतृत्वका रूपमा चिनिनुहुन्छ ।
अर्थमन्त्री वाग्लेद्वारा पदभार ग्रहणः १५ वटा ऐन र राजस्व अनुसन्धान विभाग खारेज प्रक्रिया अघि बढाउने निर्णय
नवनियुक्त अर्थमन्त्री डा स्वार्णिम वाग्लेले पदभार ग्रहण गर्नुभएको छ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष शपथ ग्रहण गरेपछि उहाँ आज अर्थ मन्त्रालय पुगेर औपचारिक रूपमा जिम्मेवारी सम्हाल्नुभएको हो ।
सञ्चारमन्त्री डा. तिमल्सिनाद्वारा पदभार ग्रहण
नुवाकोट–१ बाट निर्वाचित सांसद डा. विक्रम तिमल्सिना सञ्चार तथा सूचना प्रविधि मन्त्रीमा नियुक्त हुनु भएको छ ।
तस्बिरमा प्रधानमन्त्री र मन्त्रीको शपथ समारोह
नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा १५ सदस्यीय मन्त्रिपरिषद् गठन भएको छ ।
देशको अर्थतन्त्र सुधार्ने जिम्मा अर्थशास्त्री डा. वाग्लेलाई
लन्डन स्कुल अफ इकोनोमिक्सबाट अर्थशास्त्रमा स्नातक गर्नुभएका डा.स्वर्णिम वाग्ले नेपालको स्थापित अर्थशास्त्रीमध्येको एक हुनुहुन्छ ।
श्रममन्त्रीमा दीपककुमार साह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता दीपककुमार साह श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री बन्नुभएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्रीमा निशा मेहता नियुक्त
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्रीमा निशा मेहता नियुक्त हुनुभएको छ ।
१५ सदस्यीय मन्त्रिपरिषद् : प्रधानमन्त्रीसहित नवनियुक्त मन्त्रीको शपथ
प्रधानमन्त्रीका रूपमा बालेन्द्र शाहले पद तथा गोपनीयताको शपथ लिनुभए लगत्तै १५ जना नवनियुक्तमन्त्रीले पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।
नवनियुक्त मन्त्रीहरूले लिनुभयो शपथ
नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।
राष्ट्रपतिसमक्ष प्रधानमन्त्री बालेन्द्र शाहले लिनुभयो पद तथा गोपनीयताको शपथ
प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ ।
प्रधानमन्त्री बालेन्द्र शाहको शपथ समारोह (प्रत्यक्ष प्रसारण)
नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहको शपथग्रहण समारोह राष्ट्रपति भवन शीतल निवासमा शुरु भएको छ ।
शीतल निवासमा नवनियुक्त प्रधानमन्त्रीसहित मन्त्रीको शपथको तयारी
राष्ट्रपति भवन, शीतल निवासमा नवनियुक्त प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथका लागि तयारी भइसकेको छ ।
बालेन बेग : रास्वपा प्रवेशको तीन महिनामै प्रधानमन्त्री
बालेन्द्र शाह (बालेन) नेपालको ४३ औँ प्रधानमन्त्री पदमा नियुक्त हुनुभएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाहलाई शुक्रबार नेपालको संविधानको धारा ७६ (१) अनुसार प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको हो ।
बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त
राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता तथा प्रतिनिधि सभाका सदस्य बालेन्द्र शाहलाई प्रधानमन्त्री पदमा नियुक्त गर्नुभएकाे छ ।
सांसदद्वय शाह र लामिछानेलाई डा. चन्द्र भण्डारीको सुझाव
नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीले प्रधानमन्त्रीको शपथ लिन लाग्नुभएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह र सभापति रवि लामिछानेलाई शुभकामना दिँदै मुलुकको समग्र रूपान्तरणका लागि सारथि बन्न सुझाव दिनुभएको छ ।