कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीबिच भेटवार्ता
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबिच भेटवार्ता भएको छ ।
'पूर्ण समानुपातिक निर्वाचन प्रणाली आवश्यक छ'
जनता समाजवादी पार्टी नेपालका केन्द्रीय सचिव शैलेन्द्रप्रसाद साहले निर्वाचन लोकतन्त्रको आधारशिला भएको बताउँदै अब पूर्ण समानुपातिक निर्वाचन प्रणाली अवलम्बन गर्नुपर्ने आवश्यकता औँल्याउनुभएको छ।
मधेश प्रदेशसभाका नवनियुक्त सभामुख यादवद्वारा पदभार ग्रहण
मधेस प्रदेशसभाका नवनियुक्त सभामुख रामअशीष यादवले आज पदभार ग्रहण गर्नु भएको छ ।
विपद् व्यवस्थापनमा नयाँ दृष्टिकोणसहित पूर्वतयारी र पूर्वानुमानलाई जोड दिऔंः गृहमन्त्री अर्याल
गृहमन्त्री ओमप्रकाश अर्यालले परम्परागत प्रतिकार्य केन्द्रित विपद् व्यवस्थापनको दृष्टिकोणलाई परिवर्तन गरी जोखिमको ज्ञान, पूर्वतयारी र पूर्वानुमानमा आधारित पूर्व कार्य तर्फ रूपान्तरणको यात्रा सरकारले सुरु गरिसकेको बताउनुभएको छ ।
पार्टीको महाधिवेशन सम्पन्न गरेर निर्वाचनमा भाग लिनुपर्छ : महामन्त्री थापा
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीले १५औँ महाधिवेशन सम्पन्न गरेर निर्वाचनमा भाग लिनुपर्ने बताउनुभएको छ ।
निर्वाचनको तयारी तीव्र, दलका गतिविधि भने सुस्त
आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र गतिमा अगाडि बढाइएको छ । जिल्लाका सबै सुरक्षा निकाय र निर्वाचन कार्यालयले चुनावका लागि आन्तरिक तयारी तीव्र गतिमा अघि बढाएको छ ।
संविधान संशोधन आवश्यक : राप्रपा उपाध्यक्ष प्रधान
। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता, उपाध्यक्ष एवम् पूर्व मन्त्री ध्रुवबहादुर प्रधानले वर्तमान सङ्घीय ढाँचा र प्रादेशिक संरचना देशको अर्थतन्त्र र व्यवस्थाका लागि “ठुलो भारी’’ भएको टिप्पणी गर्नुभएको छ ।
तोकिएको मितिमै निर्वाचन हुनुपर्छ : केन्द्रीय सदस्य संग्रौला
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. डिला संग्रौलाले निर्वाचनको विकल्प नरहेको बताउनुभएको छ । मधेश भ्रमणको क्रममा आइतबार रौतहट आउनुभएको उहाँले देशलाई निकास दिन र जेनजी पुस्ताको माग सम्बोधनका लागि तोकिएको मितिमा प्रतिनिधि सभा निर्वाचन हुनुपर्ने बताउनुभएको छ ।
‘उम्मेदवारमा जनअपेक्षाअनुसार काम गर्न सक्ने क्षमता र पारदर्शिता हुनुपर्छ’
जेनजी आन्दोलनपछि पूर्व प्रधानन्यायाधीश शुशिला कार्कीको नेतृत्वमा बनेको सरकारले आगामी फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन गर्ने मिति तय गरेसँगै मुलुक राजनीतिक रुपमा फेरि निर्वाचन केन्द्रित बनेको छ ।
यस्तो छ आयोगले तोकेको समानुपातिक तर्फ समावेशी समूहको प्रतिशत
राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणाली बमोजिम हुने निर्वाचनका लागि उम्मेद्वारको बन्द सूची पेस गर्दा बढीमा ११० र कम्तीमा ११ जनाको नाम सूचीकृत गर्नुपर्ने भएको छ ।
तीन महिनामा तिस उपलब्धि
सरकारले दुर्गम जिल्लाका थप पाँच गाउँपालिकामा फोरजी इन्टरनेट सेवाको पहुँच विस्तार गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आफ्नो तीन महिनाको उपलब्धि सार्वजनिक गर्दै नेपाल टेलिकमको सक्रिय ग्राहक सङ्ख्या तीन महिनामा दुई लाख वृद्धि भएको बताउनुभएको छ । उहाँले आफू मन्त्री भएको तीन महिनामा ३० वटा उपलब्धि सार्वजनिक गर्नुभएको छ ।
लामिछाने पुनः कार्यकारी भूमिकामा
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पुनः पार्टीको कार्यकारी (सभापति) जिम्मेवारीमा फर्किनुभएको छ । आइतबार बसेको पार्टीको ६४ औँ केन्द्रीय कमिटीको बैठकमा पार्टीका कार्यवाहक सभापति डिपी अर्यालले आफूले समाल्दै आएको कार्यकारी सभापतिको जिम्मेवारी लामिछानेलाई हस्तान्तरण गर्नुभएको थियो ।
‘ओभरस्टे’ को अवधारणा शरणार्थीलाई लागु नहुने
सामूहिक पुनर्वास कार्यक्रम स्थगनपछि नेपाल सरकारले ‘एक्जिट पर्मिट’ नदिँदा रोकिएका भुटानी शरणार्थीले प्रक्रियासम्मत रूपमा तेस्रो मुलुक जाने अनुमति मागे अनुमति प्रदान गर्न सर्वोच्च अदालतले सरकारलाई परमादेश आदेश जारी गरेको छ ।
मतपत्र छपाइको तयारी पूरा
आगामी फागुन २१ गतेका लागि निर्धारण गरिएको प्रतिनिधि सभा निर्वाचनका लागि मतपत्र छपाइको तयारी पूरा भएको छ । सरकारी स्वामित्वको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले मतपत्र छपाइ गर्न लागेको हो । यसअघि निर्वाचन आयोगले मौखिक र पत्रमार्फत मतपत्र छपाइका लागि तयारी अवस्थामा रहन केन्द्रलाई अनुरोध गरेको थियो ।
पूर्व प्रधानमन्त्री खनाल र चिनियाँ राजदूतबिच भेटवार्ता
नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनाल र नेपालका लागि चिनियाँ राजदूत छन सोङबिच आज बिदाइ भेटवार्ता भएको छ । चिनियाँ दूतावासमा भएको शिष्टाचार भेटवार्तामा उहाँहरूबिच आपसी हित एवं चासोको विषयमा कुराकानी भएको हो ।
मागहरू पूरा गर्न सरकारसँग प्रसाईंको आग्रह
नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईंले आफूहरू तथा जेन–जी युवा पुस्ताका मागहरू गर्न सरकारसँग आग्रह गर्नु भएको छ ।
प्रधानमन्त्रीसँग भेट गर्नुहुँदै रास्वपा सभापति लामिछाने
प्रधानमन्त्री सुशीला कार्कीसँग राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले भेट गर्नुभएको छ ।
कांग्रेसले आगामी संसदीय निर्वाचनमा भाग लिन तयारी सुरु गरेको छः नेता कोइराला
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले आगामी फागुन २१ गते हुने संसदीय निर्वाचनमा भाग लिन पार्टीले तयारी सुरु गरेको बताउनुभएको छ।
बागमती प्रदेशको मुख्यन्याधिवक्तामा बस्नेत नियुक्त
बागमती प्रदेशको मुख्य न्यायाधिवक्तामा अधिवक्ता अप्सरा बस्नेत नियुक्त हुनुभएको छ।
अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गरिने
सरकारले नयाँ मूल धारको मिडियाको रुपमा रहेका अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको छ।
निर्वाचन आयोगद्वारा समावेशी समूहको प्रतिशत निर्धारण
निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश, २०८२ बमोजिम आसन्न निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फ समावेशी समूहको प्रतिशत निर्धारण गरेको छ ।
खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न भएका तयारीबारे प्रधानमन्त्रीको चासो
प्रधानमन्त्री सुशीला कार्कीले सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न भएका तयारीबारे सम्बन्धित निकायहरुसँग जानकारी लिनुभएको छ ।
निर्वाचनको तयारीमा लाग्न प्रधानमन्त्रीको आग्रह
प्रधानमन्त्री सुशीला कार्कीले मुलुकमा शान्ति र स्थिरताका लागि प्रतिनिधिसभाको निर्वाचन तोकिएकै समयमा हुनुपर्ने बताउनुभएको छ ।
गृहमन्त्री अर्यालद्वारा सानोठिमीस्थित बाल सुधार गृहको निरीक्षण
गृहमन्त्री ओमप्रकाश अर्यालले आइतबार भक्तपुरको सानोठिमीमा रहेको बाल सुधार गृहको निरीक्षण गर्नु भएको छ।