• १४ चैत २०८२, शनिबार

ओलीलाई रिहाइ गर्न माग गर्दै एमाले सडकमा

blog

प्रदर्शनमा सहभागी एमाले कार्यकर्ता ।

काठमाडौँ, चैत १४ गते । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको पक्राउको विरोधमा एमालेका भ्रातृ सङ्गठन र समर्थक सडकमा उत्रिएका छन् । काठमाडौँका विभिन्न स्थानमा प्रदर्शन गरेका हुन् । शनिबार काठमाडौँ माइतीघर,  प्रदर्शनीमार्ग, बबरमहल र अनामनगरमा प्रदर्शन भएको हो ।