• २३ वैशाख २०८३, बुधबार

आगामी संसदीय रणनीति तय गर्न कांग्रेस संसदीय दलको बैठक सुरु

blog

कांग्रेस संसदीय दलको बैठक। तस्बिर : अनुप प्रधान

काठमाडौँ, वैशाख २३ गते । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस संसदीय दलको बैठक सिंहदरबारस्थित दलको कार्यालयमा सुरु भएको छ ।

आगामी सङ्घीय संसद्को अधिवेशनमा पार्टीको भूमिका र समसामयिक राजनीतिक विषयवस्तुमा केन्द्रित रहेर छलफल गर्न उक्त बैठक बोलाइएको हो ।

बैठकमा पार्टीका शीर्ष नेतृत्वसहित राष्ट्रिय सभा र प्रतिनिधि सभाका सांसदको उपस्थिति  छ । मुख्यतया आगामी संसद् बैठकमा पार्टीका तर्फबाट सदनमा कस्तो रणनीति अपनाउने र जनसरोकारका मुद्दालाई कसरी सशक्त रूपमा उठाउने भन्ने विषयमा केन्द्रित रहेर सांसदहरूबीच छलफल हुने बताइएको छ ।

यसका साथै बैठकमा मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम र समसामयिक विषयमा समेत समीक्षा गरिने कार्यसूची रहेको छ ।

संसदीय अभ्यासलाई थप प्रभावकारी बनाउन र पार्टीको तर्फबाट सदनमा एकरूपता कायम गर्न यो बैठकलाई महत्वका साथ हेरिएको छ ।