उम्मेदवारका आ–आफ्नै दाबी
प्रतिनिधिसभा निर्वाचन काठमाडौं क्षेत्र नम्बर २ का उम्मेदवारले आगामी निर्वाचनमा जित्ने आ–आफ्ना दावी पेश गर्नुभएको छ । युवादेखि पाका उम्मेदवार रहनुभएको यस क्षेत्रमा सबैले जित निकाल्ने बताउनुभएको छ ।
काठमाडौं–४ मा गठबन्धन र एमालेबीच प्रतिस्पर्धा
विसं. २०७४ को निर्वाचन प्रतिस्पर्धी नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा र एमालेका नेता डा. राजन भट्टराई यसपटक पनि चुनावी मैदानमा हुनुहुन्छ ।
मुलुकको समृद्धि र संविधानको रक्षाका लागि कांग्रेस नेतृत्वको गठबन्धनः प्रवक्ता डा. महत
नेपाली कांग्रेसका प्रवक्ता तथा निर्वाचन प्रचारप्रसार समितिका संयोजक डा. प्रकाशशरण महतले मुलुकको विकास र समृद्धिका लागि कांग्रेस नेतृत्वको गठबन्धन विजयी हुनुपर्ने बताउनुभएको छ ।
विदेशमा आर्जनगरेको सीप सदुपयोग गर्ने वातावरण बनाउँछौँ : नेता पोखरेल
नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले विदेशमा नेपालीहरूले आर्जन गरेको सीपलाई नेपालमा सदुपयोग गर्ने गरी वातावरण बनाउने प्रतिबद्धता जनाउनुभएको छ ।
कांग्रेस मधेश प्रदेशको संकल्पपत्र सार्वजनिक
नेपाली कांग्रेस मधेश प्रदेशले प्रदेशको संकलल्पपत्र आइतबार सार्वजनिक गरेको छ । आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनलाई लक्षित गरी १० बुँदे मधेश प्रदेश संकल्पपत्र सार्वजनिक गरेको हो ।
नेतृत्वले जनतामा भ्रम छर्नु हुन्न : गृहमन्त्री खाण
गृहमन्त्री बालकृष्ण खाणले पाँच दलीय गठबन्धन र आफूले जनतालाई भ्रममा पार्ने कुनै काम नगर्ने र झुट्टा आश्वासन पनि नदिने बताउनुभएको छ । केही राजनीतिक दलका उम्मेदवारले गर्दै नगरेका र गर्न नसकिने काम पनि हामीले गरेको हो भन्दै झुट्टा आश्वासन बाँडेर जनतालाई भ्रममा पार्ने काम गरिरहेको उहाँले बताउनुभयो ।
परिगाउँ क्षेत्रमा पर्ने गरी महाकाली नदीमा पक्की पुल बनाउँछु : प्रधानमन्त्री देउवा
प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महाकाली नदीमा पक्की पुल बनाउने प्रतिबद्धता जनाउनुभएको छ । गृह जिल्ला डडेल्धुराको लालढुङ्गस्थित जोगबुडा रङ्गशालामा आइतबार आयोजित चुनावीसभामा उहाँले सो प्रतिबद्धता जनाउनुभएको हो ।
काठमाडौं– ५ मा गठबन्धन र एमालेका उम्मेदवारबीच मुख्य प्रतिस्पर्धा
निर्वाचनमा प्रतिनिधिसभा सदस्यका लागि काठमाडौं ५ मा नेकपा एमालेकातर्फ बाट उम्मेदवार पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ ।
नेकपा मशाल निर्वाचनमा सहभागी नहुने
नेपाल कम्युनिष्ट पार्टी (मशाल) ले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा सहभागी नहुने निर्णय गरेको छ । संसदीय व्यवस्थाको अन्त्यगरी जनताको जनवादी व्यवस्था स्थापनाको माग गर्दै मशालले निर्वाचनमा सहभागी नहुने निर्णय गरेको हो ।
रुपन्देही २ मा एमाले–राप्रपा–जसपाको प्रतिबद्धतापत्र जारी
रुपन्देहीको निर्वाचन क्षेत्र नं. २ मा नेकपा (एमाले), राप्रपा र जसपाको संयुक्त प्रतिबद्धतापत्र आइतबार सार्वजनिक भएको छ । बुटवलमा पत्रकार सम्मेलन गरी प्रतिबद्धतापत्र सार्वजनिक गरिएको एमालेले जनाएको छ ।
संविधान रक्षाका लागि गठबन्धन : प्रधानमन्त्री देउवा
प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्ता गठबन्धन वर्तमान संविधानको रक्षाका लागि निर्माण भएको र हाल सफलताका साथ अघि बढिरहेको बताउनुभएको छ ।
एमाले नेता गौतमले झाँक्रीलाई सघाउने, विष्टलाई केही समस्या नहुने एमालेको ठहर
नेकपा (एमाले) लुम्बिनी प्रदेश कमिटी सदस्य शेषकान्त गौतमले सत्तारुढ गठबन्धनका उम्मेदवार रामकुमारी झाँक्रीलाई सघाउने घोषणा गर्नुभएको छ ।
गठबन्धन र एमाले उम्मेदवारबीच मुख्य प्रतिस्पर्धा
ओखलढुङ्गामा सत्ता गठबन्धन र नेकपा (एमाले) लगायतका दलहरूले चुनावी अभियानलाई तीव्र बनाएका छन् । कात्तिक १७ अघि सामान्य घरदैलो गरेका दलले अहिले सार्वजनिक तथा ठूला चुनावी सभा गर्न थालेका हुन् ।
चितवनका तीन निर्वाचन क्षेत्रमा उम्मेदवारबीच उच्च प्रतिस्पर्धा
प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीको चितवन निर्वाचन क्षेत्र १, २ र ३ मा उम्मेदवारबीच प्रतिस्पर्धा हुने भएको हो ।
कांग्रेस–माओवादीका नेता कार्यकर्ता एमालेमा प्रवेश
नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका नेता कार्यकर्ता नेकपा (एमाले) मा प्रवेश गरेका छन् । एमाले धनकुटाले जिल्ला पार्टी कार्यालयमा आयोजना गरेको कार्यक्रममा कांग्रेस र माओवादीका नेता कार्यकर्ता एमाले प्रवेश गरेका हुन ।
प्रलोभन, पद र पैसाले निर्वाचनलाई प्रभावित पार्नुहुँदैन : प्रमुख निर्वाचन आयुक्त थपलिया
अभिव्यक्तिको स्वतन्त्रतासँग मिथ्या सूचना, दुष्प्रचार र घृणात्मक अभिव्यक्तिलाई मिलाउनु हुँदैन । त्यो त दूषित हुन्छ । त्यो त विष हो ।
राष्ट्रपतिले अवार्ड पाउनुहुने
राष्ट्रपति विद्यादेवी भण्डारीले यस वर्षको डब्लूपीएल ट्रेलब्लाजर अवार्ड पाउनुहुने भएको छ । प्रतिष्ठित महिला राजनीतिक नेत्रीहरूका लागि दिइने यो अवार्ड विश्वका प्रमुख महिला राजनीतिज्ञहरूको उपलब्धिको कदर गर्दै वर्तमान महिला राष्ट्रपति, पूर्वमहिला राष्ट्रपति तथा महिला प्रधानमन्त्रीहरूलाई हरेक वर्ष प्रदान गरिन्छ । दक्षिण एसियाली मुलुक नेपालमा राष्ट्रपतिजस्तो उच्च पदमा आसीन रहेर नेपाल र विश्वकै महिलाको गरिमा बढाएको ठहर गर्दै राष्ट्रपति भण्डारीलाई सो सम्मान दिन लागिएको हो ।
‘संसद् भङ्ग गर्ने परम्परा हटायौँ’
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसद् भङ्ग गर्ने परम्परा अन्त्य भएको बताउनुभएको छ। गृहजिल्ला डडेल्धुरामा शनिबार आयोजित चुनावी सभालाई सम्बोधन गर्नुहुँदै उहाँले संविधानमा भएको व्यवस्थाअनुसार संसद्बाट सरकार गठनको सम्भावना भएसम्म अबदेखि संसद् भङ्ग नहुने बताउनुभएको हो।
सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गरिन्छ : प्रधानमन्त्री देउवा
प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल–भारतबीच रहेका सीमा विवाद कूटनीतिक सम्बन्ध र वार्ताका माध्यमबाट समाधान गरिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
गठबन्धनका उम्मेदवारलाई विजयी गराउन पुर्व जनमुक्ति सेना प्रतिबद्ध
कात्तिक १९, कोहलपुर। पुर्व जनमुक्ती सेनाका प्रतिनिधिले पाँच दलीय वाम-लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई विजयी गराउने बताएका छन। शनिबार पुर्व जनमुक्ती सेनाका प्रतिनिधि तथा उम्मेदवारबीच कोहलपुरमा भएको छलफलमा वाम–लोकतान्त्रीक गठबन्धनका उम्मेदवारलाई जिताउने प्रतिबद्धता जनाएका हुन।लामो त्याग र बलिदानबाट प्राप्त व्यवस्था र संविधानको रक्षार्थ पाँच दलीय गठबन्धनले खेलेको भुमिका मत्त्वपूर्ण रहेको भन्दै यस्तो प्रतिबद्धता जनाएका हुन्। कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै गठबन्धनको तर्फबाट बाँके क्षेत्र नम्बर १ का प्रतिनिध सभा सदस्य उम्मेदवार महेश्वर गहतराज (अथक) ले अहिलेको व्यवस्था ल्याउनमा जनमुक्ती सेनले खेलेको भूमिका अतुलनीय रहेको बताउनुभयो। कार्यक्रममा बोल्दै प्रदेश सभा (ख) का उम्मेदवार फुलाराम थारुले गठबन्धनका उम्मेदवारलाई जिताउन सबै लाग्नुपर्नेमा जोड दिनुभएको छ।
एमाले उम्मेदवार वलीलाई आयोगले सोध्यो स्पष्टीकरण
काठमाडौं, कात्तिक १९ गते । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य दाङ क्षेत्र नम्बर ३ का नेकपा (एमाले)का उम्मेदवार कोमल वलीलाई निर्वाचन प्रचार-प्रसारका लागि बालबालिकाको प्रयोग गरेको विषयमा स्पष्टीकरण सोधेको छ ।निर्वाचन आचारसंहिता, २०७९ को दफा १३ मा राजनीतिक दल, उम्मेदवार, दलको भातृ सङ्गठन तथा सम्बन्धित व्यक्तिले पालना गर्नुपर्ने आचरणअन्तर्गत उपदफा (१) को खण्ड (ट) मा ‘निर्वाचन प्रचार-प्रसार, आमसभा तथा जुलुसमा बालबालिकाको प्रयोग गर्न वा गराउन नहुने’, व्यवस्था छ ।“तपाईँले निर्वाचन आचारसंहिताको दफा १३ को उपदफा (१) को खण्ड (ट)को प्रतिकूल हुने गरी निर्वाचन प्रचार-प्रसार गर्नु भएको होइन भन्ने आधार, प्रमाण के छ ? निर्वाचनका प्रक्रिया अगाडि बढिसकेको तथा निर्वाचन आचारसंहिता लागू भइसकेको अवस्थामा तपाईँले किन जानाजान रूपमा निर्वाचन आचारसंहिताको उल्लङ्घन हुने कार्य गर्नुभएको हो ?”, आयोगको स्पष्टीकरणमा भनिएको छ ।आयोगले निर्वाचन प्रचार–प्रसारमा बालबालिकाको प्रयोग गर्नु हुँदैन भन्ने जानकारी हुँदाहुँदै सो कार्य गरेको देखिएकाले आचारसंहिताको उल्लङ्घनमा निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ को उपदफा (३) र (४) बमोजिमको कारबाही किन हुनु नपर्ने हो ? भनी पत्र प्राप्त भएको २४ घण्टाभित्र आफैँ वा आफ्नो प्रतिनिधिमार्फत निर्वाचन आयोगमा वा जिल्ला निर्वाचन कार्यालय दाङमा प्राप्त हुने गरी जवाफ पठाउन उम्मेदवार वलीलाई भनेको छ ।
झुटको राजनीति गर्नेका दिन सकिए : रामकुमारी झाँक्री
नेकपा (एकीकृत समाजवादी)की सचिव तथा गुल्मी–२ बाट प्रतिनिधिसभाका उम्मेदवार रामकुमारी झाँक्रीले गुल्मीको पोटफोलियो बदल्ने बताउनुभएको छ। उहाँले चुनाव जितेपछि गुल्मीका अवसर, चुनौतीको पहिचान गरेर इमानका साथ काम गर्ने प्रतिबद्धता जनाउनुभयो।
लोकतन्त्रको नाममा लुटतन्त्र : अध्यक्ष लिङदेन
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले लोकतन्त्रको नाममा देशमा लुटतन्त्र मच्चिरहेको बताउनुभएको छ।
काठमाडौं क्षेत्र ९ लाई धुलोमुक्त बनाउने प्रतिबद्धता
नेकपा (एमाले) काठमाडौं क्षेत्र ९ का प्रतिनिधि सभा र प्रदेश सभाका उम्मेदवारले आफ्नो क्षेत्रलाई धुलो र हिलोमुक्त बनाउने घोषणा गर्नुभएको छ । शनिबार ६ बुँदे प्रतिबद्धतापत्र सार्वजनिक गर्दै उहाँहरूले सो घोषणा गर्नुभएको हो ।