• १२ साउन २०८१, शनिबार

मुख्यमन्त्री यादवद्वारा पदभार ग्रहण

blog

पदभार ग्रहण गर्नुहुँदै मुख्यमन्त्री सरोजकुमार यादव । तस्बिर : धीरेन्द्रप्रसाद साह

धीरेन्द्रप्रसाद साह

जनकपुर, पुस २९ गते । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले शपथ ग्रहणपछि शुक्रबार पदभार ग्रहण गर्नुभएको छ । मधेश भवनस्थित मुख्यमन्त्रीको कार्यालयमा उहाँले पदभार ग्रहण गर्नुभएको हो ।

पदभार ग्रहण गर्नुहुँदै मुख्यमन्त्री यादवले एक साताभित्र मन्त्रिपरिषद् विस्तार गर्ने र विश्वासको मत लिने जानकारी दिनुभयो । उहाँले पदभारको क्रममा विद्युतीय शासनको गुरुयोजना तयार गर्ने निर्णयमा हस्ताक्षर गर्नुभएको छ । प्रदेशका कार्यालयलाई पेपरमुक्त बनाउने योजना रहेको उहाँले भन्नुभयो, ‘सेवाग्राहीको कामकाज सहज सरल र पारदर्शी बनाउँछौ ।

प्रदेशमा सुशासन कायम गराउने, भ्रष्टाचारमुक्त प्रदेश बनाउन कटिबद्ध रही उहाँले भ्रष्टाचार नियन्त्रणका लागि प्रदेशमा गठित जनलोकपाललाई शक्तिशाली बनाइ क्रियाशील बनाउने छौँ ।’