• १६ भदौ २०८१, आइतबार

राष्ट्रपतिसमक्ष चीनका राजदूतले बुझाउनुभयो ओहोदाको प्रमाणपत्र

blog

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष ओहोदाको प्रमाणपत्र पेश गर्नुहुँदै जनवादी गणतन्त्र चीनका आवासीय राजदूत छन् सोङ।तस्बिर : राष्ट्रपति कार्यालय

काठमाडौं, पुस २९ गते। राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपालका लागि जनवादी गणतन्त्र चीनका आवासीय राजदूत छन् सोङले ओहोदाको प्रमाणपत्र पेश गर्नुभएको छ।

राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यका अनुसार शुक्रबार दिउँसो नेपालका लागि चिनियाँ राजदूत सोङले ओहोदाको प्रमाणपत्र पेश गर्नुभएको हो।उक्त अवसरमा नेपाल सरकारका उच्चपदस्थ अधिकारीको उपस्थिति रहेको प्रवक्ता आचार्यले जानकारी दिनुभयो।