• १२ साउन २०८१, शनिबार

अहिलेकै नियमित प्रक्रियाबाट सभामुख छान्न न्यायाधिवक्ताकाे सुझाव

blog

प्रकाशविक्रम शाह

धनगढी, पुस ३० गते । सुदूरपश्चिम प्रदेश सभाको सभामुख अहिलेकै प्रक्रियालाई नियमित गरेर छान्न सुदूरपश्चिम प्रदेशको न्याधिवक्ता कार्यालयले राय दिएको छ ।  

सभामुख छान्न आवश्यक सङ्ख्या २७ नपुगेपछि अव कसरी सभामुख छान्ने भन्ने अन्यौलता रहेका बेला प्रदेशको न्यायाधिवक्ताको कार्यालयले नियमित प्रक्रियाबाटै सभामुख छान्ने राय दिएको हो । सभामुख नछानिएपछि एउटा पक्षले पूरै नयाँ प्रक्रियाबाट जानु पर्ने र अर्को पक्षले पुरानै प्रक्रियाबाट जानुपर्छ भनेपछि प्रदेश सभाले न्यायाधिवक्ताको कार्यालयसँग सुझाव मागेको थियो । प्रदेश सभाले शुक्रवार सुझाव मागेको पत्रको जवाफ शुक्रवार दिउँसो नै पठाएको न्यायाधिवक्ता  कुलानन्द उपाध्यायले बताउनुभयो । 

न्यायाधिवक्ताको कार्यालयले नेपालको संविधानको धारा १८२ र सुदूरपश्चिम प्रदेश सभा नियमावली २०७४ अनुसार सभामुखको निर्वाचनको प्रक्रिया नियमित रुपमा अगाडि बढाउने राय दिएको छ । कामचलाउ सभामुख शिवराज भट्टले शनिवार दिउँसो ११ बजे सर्वदलीय बैठक बसेर अहिलेकै सभामुखका उम्मेदवारका बिच चुनाव गराउने बताउनुभयो । 

पुस २८ गते साँझ भएको सभामुखको निर्वाचनमा भएको थियो । सो निर्वाचनमा ५३ सदस्यीय प्रदेश सभाको ५१ प्रतिशत अर्थात् २७ जनाको मत पाएर सभामुख छानिन नसकेपछि अन्यौलता सृजना भएको थियो ।

सो निर्वाचनमा सत्तापक्षका उम्मेदवार भीमबहादुर भण्डारीले २६ र प्रतिपक्षका मानबहादुर रावलले २३ मत पाउनु भएको थियो । निर्वाचनमा सत्ता पक्षको एक मत बदर भएको थियो । यस्तै गरेर सत्तापक्षकै नेकपा (एमाले) का चक्रबहादुर मल्ल र नागरिक उन्मुक्ति पार्टीका लक्ष्मण किशोर चौधरी मतदानमा सहभागी हुन भएन । यस्तै सभामुखको भूमिकामा रहेकोले प्रतिपक्षका शिवराज भट्टले मतदान गर्न पाउनु भएन । 

प्रदेश सभामा सत्तापक्षका दल नेकपा (माओवादी केन्द्र) का ११, नेकपा (एमाले) का १०, नागरिक उन्मुक्तिका सात र राप्रपाका १ गरेर २९ जना प्रदेश सभा सदस्य हुनुहुन्छ । यो सङ्ख्या सभामुख छान्नलाई  आवश्यक पर्ने भन्दा दुई बढी हो । यस्तै प्रतिपक्षमा नेपाली काँग्रेसका १९, नेकपा (एकीकृत समाजवादी) का चार र स्वतन्त्र एक गरेर २४ जना हुनुहुन्छ । 


मोबाइलको चार्ज सकिएको थियो कानुनी परामर्श लिँदै थिए– भट्ट

सुदूरपश्चिम प्रदेश सभाका कामचलाउ सभामुखको काम गरिरहेका दोस्रो ज्येष्ठ सदस्य शिवराज भट्टले आफ्नो मोबाइलको चार्ज सकिएकोले आफू केही समय सम्पर्कबाहिर रहेको बताउनु भएको छ । 

शुक्रवार मलाई मोबाइल अफ गरेर भाग्यो भनियो यसमा मेरो आपत्ति छ, मेरो मोबाइलको चार्ज सकियो, कानुनी परामर्श पनि लिँदै थिए उहाँको भनाइ छ ।

कामचलाउ सभामुख भट्टले भन्नुभयो,  एउटा पक्षले अहिले चुनाव गर भन्छ, अर्कोले हाम्रा प्रदेश सभा सदस्य घर गइसके भन्छ, दलबिच सहमति नभए पनि शुक्रवारै बैठक बसाउन सकिएन ।